रास्वपा सरकारको बजेटले सरकार पुँजीवादी भएको पुष्टि
- जेष्ठ १८, २०८३
– पि.एस.कृष्ण
हुन त शिक्षा समाज परिवर्तनको द्योतक हो । शिक्षाले मानिसको विचारमा पनि परिवर्तन ल्याउँछ । शिक्षाकै कारणले मानिसको जीवनस्तरमा फेरबदल ल्याउँछ । जस्तोसुकै अनपढ व्यक्तिमा मानसिक रूपमा तयार भएमा उनको सकारात्मक सोच आउँछ । समस्या कहाँनेर छ भने नसिकेकालाई सिकाउन सकिन्छ । नबनेकालाई बनाउन सकिन्छ । तर, बनेर पनि कुम्भकर्णजस्तै निदाएको अभिनय गर्नेको केही लाग्दैन । यो यथार्थ सत्य सामुदायिक विद्यालयहरूमा जिम्मेवारी लिएर पनि उक्त जिम्मेवारी पूरा नगर्ने प्र.अ. प्रशासकहरूमा देखिन्छ । समुदायले तत्कालीन समयमा समुदायका व्यक्तिहरूले खाइनखाई केही अन्न र श्रमदानले बनाएका र सरकारी निकायसँग सङ्घर्ष गरी अनुमति लिएका आजका सामुदायिक विद्यालयमा यस्तो स्थिति आइपर्नु दुःखद अवस्थाका रूपमा लिन सकिन्छ । पहिलाको जिल्ला शिक्षा कार्यालय रहेको अवस्थामा त विद्यालयहरूको अनुगमनमा गतिलो थिएन । आज शिक्षाको सम्पूर्ण अधिकार स्थानीय निकायको अधिकार क्षेत्रमा आएपनि नगरक्षेत्र भित्रमा नै पनि नियमित अनुगमन हुन सकेको छैन ।
कतिपय अवस्थामा जिम्मेवार व्यक्तिहरू नै आफ्नो विद्यालयको वास्ता गर्नुभन्दा बाहिर अन्तैमात्र व्यस्त हुने गर्नाले विद्यालय सञ्चालनमा समस्या देखिएका छन् । यस प्रकारको व्यक्तिको दैनिकजसोको व्यवहारले विद्यालयको अवस्थामा सुधार होला भनी कल्पनायोग्य छ । यो त ठूलो अपराधी क्रियाकलापबाहेक केही होइन जस्तो लाग्छ । साथै यसले समुदायको शिक्षाप्रतिको सकारात्मक सोचमाथि नै कुठाराघात भइरहेको छ । शिक्षाक्षेत्रका देखिएका यस्ता भाइरसहरू आउनु कुण्ठित र सङ्कीर्ण विचारको उपज मान्न सकिन्छ । यसले उनीहरूमा पुराना सोच र मानसिकताले कार्य गरिरहेको नहोला भन्न सकिन्न । सायद कतिपय अवस्थामा सामुदायिक विद्यालयमा स्थायी सेवा गर्दै आएका यस्ता कर्मचारी तथा व्यक्तिहरूको अवकाश हुन केही वर्ष बाँकी हुँदाका बखत देखिन्छन् । एउटा विचारणीय कुरा के छ भने यस्तो अवस्था आउनासाथ केही तयारी स्वरूप सोही क्षेत्र वा विद्यालय अफिसमा कार्यरतहरूमध्ये जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने हो नत्र ‘ताकपरे तिवारी नत्र गोतामे’ हुने हो भने विद्यालय समुदाय र विद्यार्थीहरूको शैक्षिक गुणस्तर त खस्किन्छ नै साथै यसले उब्जने नकारात्मक प्रभावहरूलाई ठीक लाइनमा ल्याउन अझ समय लिने भन्ने कुरामा किन ध्यान जाँदैन ? अन्यौलपूर्ण अवस्थाका यस्ता कारणहरूले जिम्मेवारी बोध कस्लाई मान्ने ? समस्या यहाँनेर देखिन्छ । कम्युकेशनको अभावले विद्यालयभित्र अभिभावकहरूको सोचमा कस्तो असर पर्ला ? विचारणीय छ ।
Leave a Reply