राजकुमार स्मृति पुस्तकालयको आयोजनामा वडास्तरीय टेबलटेनिस प्रतियोगिता
- कार्तिक ६, २०८३
दुल्लु, ४ चैत (रासस) । चोर पक्राउ गर्न बहानामा भारतीय प्रहरी औपचारिक पोशाकसहित सोमबार साँझ दैलेख सदरमुकाममा आएका छन् । उनीहरूले दैलेखकै एक युवकले भारु ५० लाख चोरी गरेर दैलेखमा आएको भने पनि उनीहरूले किन त्यहाँ बर्दी लगाएर घुमे भन्ने कुरा खुलेको छैन । मङ्गलबार बिहान पोशाकसहित जिल्ला सदरमुकाममा निस्फिक्री हिँडिरहेका भारतीय प्रहरी पोशाकसहित जिल्ला प्रहरी कार्यालय दैलेखमा गएका थिए ।
भारतीय प्रहरी स्थानीय प्रशासन र प्रहरीलाई कुनै पनि जानकारी नदिई दैलेख आएको पाइएको छ । उनीहरूले बिहानमात्रै जिल्ला प्रहरी कार्यालयमा आफूहरू दैलेख आएको जानकारी गराएका थिए । भारतीय प्रहरीका सई विजय विवेकको नेतृत्वमा तीन प्रहरीसहित चार जनाको टोली दैलेख आएको हो । भारत, हरियाणा प्रदेश यमुना नगर जिल्लाबाट तीन प्रहरीसहितको चार जनाको टोली दैलेख आएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । भारतमा काम गर्दै आएका दैलेखका एक युवक झण्डै रु. ५० लाख चोरी गरी फरार भएपछि खोजी गर्न दैलेख आएको भारतीय प्रहरीले दैलेख प्रहरीलाई जानकारी गराएका छन् । “उनीहरूले पोशाक लगाउनु हुँदैन भन्ने थाहा नभएको बताएपछि हामीले सादा पोशाकमा हिँड्न भनेका छाँै,” प्रहरी निरीक्षक आचार्यले भन्नुभयो, “भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छैन, उनीहरू हाम्रो सम्पर्कमा आफैँ आएका हुन् ।”
प्रदेश नं ५ र कर्णाली प्रदेश हँुदै सदरमुकाममा भारतीय प्रहरी सूचना र अनुमतिविना नेपाल आउनु आपत्तिजनक भएको नेपाल मजदुर किसान पार्टीका जिल्ला समितिका सचिव लक्ष्मी विकले बताउनुभयो ।
धमिलो पानीमा माछा मार्न सिपालु भारतीय विस्तारवादले यतिबेला सिङ्गो संसारको ध्यान कोभिड–१९ को प्रतिरोधमा केन्द्रित भएको अवस्थामा बर्दीसहित नेपाली भूमिमा आउन निन्दनीय छ । भारतकै एक राज्यबाट अर्को राज्यमा जान बर्दी नलगाउने प्रहरीले अलग देश नेपालमा आउन बर्दी लगाउन नहुने थाहा नभएको भन्नु बहानाबाजी मात्र हो । उनीहरू सिमानाबाट कसरी नेपालभित्र प्रवेश गरे र दैलेख पुग्दासमेत किन बीचमा कसैले पनि त्यसबारे खबर गरेन भन्ने कुरा छानबिनको विषय हो । भारतीय प्रहरी नेपाली भूमिमा बर्दीसहित आउँदा समेत सरकारले औपचारिकरूपमा कुनै धारणा सार्वजनिक नगर्नु खेदजनक विषय हो । सरकारले यससम्बन्धी तत्काल छानबिन गरी आगामी दिनमा यस्तो गल्ती दोहोरिन दिनुुहुन्न ।
Leave a Reply