सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
लेरी रामानफ
नयाँ कोरोना भाइरसको सङ्क्रमणको सुरुआत कहाँबाट भयो भन्ने विषयमा पश्चिमा मिडियाले तत्कालै हल्लाबाजी सुरु गरेर भाइरसको सङ्क्रमण चीनबाट सुरु भएको व्याख्या स्थापित गर्नतिर लागे । उनीहरूले चीनको उहान सहरको एउटा समुद्री खाना बेच्ने बजार (सी फुड मार्केट) मा बेच्न राखिएको जनावरबाट त्यो भाइरस मानिसमा सङ्क्रमण भएको दाबी गरे ।
लामो समयसम्म नयाँ कोरोना भाइरसको उत्पत्ति अन्योलको विषय रह्यो । तर, आज लगभग सबै कुरा प्रष्ट हुँदैछ । चिनियाँ र जापानी विशेषज्ञहरूले यो भाइरसको सङ्क्रमण एक ठाउँबाट मात्र भएको थिएन, धेरै ठाउँबाट गरिएको थियो भन्ने निष्कर्ष निकाले । तर, उहानको बजारबाट सबभन्दा पहिले फैलाएपछि मात्र भाइरस अन्यत्र पनि फैलाइएको हुनुपर्ने उनीहरूको भनाइ छ ।
जापानी सञ्चारमाध्यमहरूले जनाएअनुसार यो भाइरसको उत्पत्ति चीनबाट भएको थिएन, बरु संरा अमेरिकाबाट भएको हुनसक्छ ।
भाइरस चीनबाहिर जन्माइएको चिनियाँ अध्येताहरूको निष्कर्ष
चीनमा नोबेल कोरोना भाइरसको जीवाणुको नमुना सङ्कलन गरेपछि मेडिकल अनुसन्धानकर्ताहरूले सुरुमै त्यो भाइरस समुद्री खाना बेचिने बजारबाट उत्पत्ति भएको थिएन भन्ने निष्कर्ष निकाले । भाइरस उत्पत्तिका धेरै अपुष्ट स्रोत भएको उनीहरूले निक्र्योल गरे । सुरुमा समुद्री खाना बेचिने बजारबाट फैलाएपछि यो अन्यत्र पनि फैलाइयो ।
ग्लोबल टाइम्सले लेखेका छ ः
“चिनियाँ अध्येताहरूको एक नयाँ अध्ययनअनुसार नोबेल कोरोना भाइरस नोभेम्बरको अन्तिम साता मानिसबाट मानिसमा सङ्क्रमण भएको देखाप¥यो । तर, भाइरसको मानिसबाट मानिसमा सङ्क्रमण उहानको हौनान समुद्री खाना बजारभन्दा अन्यत्रबाट नै भएको देखिन्छ ।
चिनियाँ वैज्ञानिक अध्येताहरूको खुला सङ्गठन चाइनासिभ (ChinaXiv) ले प्रकाशित गरेको अध्ययनअनुसार समुद्री खाना बेचिने बजारबाट सङ्क्रमण भएको नयाँ कोरोना भाइरस अन्यत्रबाट ल्याएर त्यहाँ फैलाइएको थियो । बजारमा धेरै मानिस आपसी सम्पर्कमा आउने र त्यहींबाट यसको शीघ्र सङ्क्रमण हुन सक्ने भएकोले त्यो ठाउँलाई सङ्क्रमण फैलाउनको लागि उपयुक्त मानियो । जीवाणुको तथ्याङ्क सङ्कलन, सङ्क्रमणको स्रोत र चीनभरि नोबेल भाइरसको सङ्क्रमणको गतिबारे अध्ययन गरी सो निष्कर्ष निकालिएको थियो ।
अध्ययनअनुसार सुरूमा हौनान बजारका कामदार वा व्यापारीलाई यो भाइरस सङ्क्रमण गरियो र उनीहरूमार्फत बजारमा लाग्ने मानिसको भीडले भाइरस धेरै मानिसमा फैलियो । अनि अन्ततः सन् २०१९ को डिसेम्बरबाट सङ्क्रमणले व्यापकता लियो । (ग्लोबल टाइम्स, २२ फेब्रुअरी, २०२०)
चिनियाँ स्वास्थ्य निकाय र गुप्तचर निकायले भाइरसको उत्पत्ति स्रोतको तीब्रतर गतिमा व्यापक खोजीनीति गरे । उनीहरूले चार महादेशबाट १२ विभिन्न देशबाट झन्डै एक सय नमुना सङ्कलन गरी विभिन्न प्रकारका कोरोना भाइरसको पहिचान गरी तिनको विकासक्रमबारे अध्ययन गरे । सो अध्ययनबाट भाइरसको सङ्क्रमण सम्भवतः नोभेम्बर महिनाबाट नै सुरु भइसकेको निष्कर्ष निकालियो । उहानमा संसारभरका सेनाहरूको अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता भएको केही समयपछि नै त्यो भाइरसको सङ्क्रमण भइसकेको देखियो ।
भाइरोलोजिस्टले संरा अमेरिकामा हालै दुईसय भन्दा बढी मानिसको ‘पलमोनेरी फाइब्रोसिस’को कारण निधन भएको बताइयो । बिरामीलाई श्वास फेर्न गा¥हो भएको कारण निधन भएको थियो । तर, पलमोनेरी फाइब्रोसिस भन्न नसकिने बिरामीको निधनको कारण के थियो, केही कुरा बाहिर ल्याइएन । ताइवानका ती विशेषज्ञले सो विषयमा संरा अमेरिकी स्वास्थ्य अधिकारीहरूलाई पत्राचार गरेको बताए । ती मानिसहरू कोरोना भाइरसको कारण मरेको हुनसक्ने उनको दाबी थियो । तर, संरा अमेरिकी अधिकारीहरूले ती मानिसहरू (विद्युत्तीय चुरोट (ई–सिगरेट)को प्रयोगको कारण मरेको भनी आलटाल गर्न खोजे, थप छलफल गर्न चाहेनन् ।
अनि चिनियाँ अध्येताहरू केही जापानी अध्येताहरूले निकालेको निष्कर्षमै पुगे–‘भाइरस चीनमा उत्पत्ति भएको थिएन, कहीं बाहिरबाट उत्पत्ति गरिएको हुनुपर्छ ।’
जनवरी ७ मा चीनका श्वासप्रश्वाससम्बन्धी वरिष्ठ विशेषज्ञ झोङ नानशानले भने, “कोभिड–१९ सबभन्दा पहिले चीनमा देखिएको थियो । तर, त्यसको अर्थ यसको उत्पत्ति चीनबाटै भएको नहुन सक्छ ।”
स्वभावतः यसले भाइरसको खास उत्पत्ति कहाँबाट भएको थियो भन्ने प्रश्न उठाएको छ । बा¥ह देशका एक सय जीवाणुका नमुनाको अध्ययन गरी स्वास्थ्य अधिकारीहरूले यो विश्लेषण गरेका हुन् भने चीनबाहिर यसको वास्तविक स्रोत खोज्नुुको कुनै जर्बरजस्त कारण हुनुपर्छ । ‘सुरूको बिरामी’ (प्यासेन्ट जिरो) को पहिचान गर्न किन यस्तो कठिनाइ भयो भन्ने कुराको व्याख्या यसले गरेको छ ।
जापानी मिडियाः कोरोना भाइरसको उत्पत्ति संरा अमेरिकाबाट
सन् २०२० को फेब्रुअरीमा जापानी आशाही समाचारको टीभी तथा प्रिन्टिङ समाचारले कोरोना भाइरस चीनबाट नभई संरा अमेरिकाबाट उत्पत्ति भएको दाबी ग¥यो । समाचारमा इन्फ्लुयन्जाबाट मारिएका भनिएका झन्डै (वा त्यो भन्दा बढी) १४ हजार अमेरिकीहरूमध्ये केही कोरोना भाइरसबाट सङ्क्रमित हुन सक्ने बतायो ।
“जापानको एउटा टेलिभिजनको समाचारले ‘केही अमेरिकी कोरोना भाइरसबाट सङ्क्रमित भएको हुनसक्ने’ आशङ्कापूर्ण खुलासा चिनियाँसामाजिक सञ्जालमा भाइरल भयो । यसबाट नोबेल कोरोना भाइरस वास्तवमा संरा अमेरिकामा उत्पत्ति भएको हुनसक्ने आशङ्का चीनमा अझ बलियो बन्यो । जापानको आशाही टेलिभिजनको समाचारमा भाइरस आफ्नै देशमा कसरी भयावह बन्दैछ भन्ने कुरा बुझ्न संरा अमेरिकी सरकार असफल भएको बताइएको छ ।
यद्यपि आशाही टीभीको समाचारअनुसार नै इन्फ्लुयन्जाले मारिएका मानिसहरू कोरोना सङ्क्रमणको कारण मारिएका थिए वा थिएनन्, प्रमाणित भइसकेको छैन ।” (पिपुल्स डेली, अङ्ग्रेजी, २३ फेब्रुअरी, २०२०)
फेब्रुअरी १४ मा संरा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले लस एन्जलस, सान फ्रान्सिस्को, सियाटल, सिकागो र न्यु योर्क सिटीका जनस्वास्थ्य प्रयोगशालामा इन्फ्लुयन्जा जस्तो बिरामी नोबेल कोरोना भाइरस हो वा होइन भन्ने कुराको परीक्षण गर्ने बतायो ।
आशाही टीभीले आफ्नो दाबीलाई पुष्टि गर्ने केही वैज्ञानिक दस्तावेज पनि सार्वजनिक ग¥यो । आफ्नो दाबीमा उसले संरा अमेरिकाको इन्फ्लुयन्जाको कारण मरेको भनिएका मानिसको परीक्षण गर्न वा परीक्षण गरिएको भए नतिजा निकाल्न नसक्नुको कारण ती मानिसहरू मर्नुका कारण कसैलाई थाहा नभएको विषय उठान ग¥यो । जापानी समाचार स्रोत यो भाइरस प्राकृतिक हो वा कृत्रिम अथवा दुर्घटनावश बाहिरिएको हो वा जानाजान भन्ने प्रश्नमा जान चाहेन । उसले प्रष्टतः यो भाइरसको सङ्क्रमण उहानमा फैलिनुअघि नै संरा अमेरिकामा फैलिएको हुन सक्ने कुरामा जोड दिइरह्यो । पश्चिमा मिडियाले यो सूचनालाई अस्वीकार गरेको छ । तर, चिनियाँ मिडियाले भने यसलाई लगातार जोड दिइरहेका छन् ।
यी दाबीले जापानमा मात्र होइन, चीनमा पनि तहल्का मच्चायो । चीनका सामाजिक सञ्जालमा पनि यो समाचार निकै चर्चित बन्यो । अक्टोबरमा उहानमा भएको विश्व सैनिक खेलकुद प्रतियोगितामा नै यो भाइरस सङ्क्रमण भएको हुनसक्ने समाचारको व्यापकतासँगै भाइरस चीनमा होइन, विदेशबाटै आएको छलफल व्यापक बन्यो ।
“संरा अमेरिकी प्रतिनिधिमण्डलले नै कोरोना भाइरस उहानमा ल्याएको हुनुपर्छ र उहानमा कुनै प्रकारको उत्परिवर्तन भएर भाइरसले प्राणघातक र सङ्क्रामकरूप लिएको हुनुपर्छ । जुन यो वर्ष यति व्यापक सङ्क्रमण भइरहेको छ ।” (पिपुल्स डेली, फेब्रुअरी २३, २०२०)
साङ्घाईको फुदान विश्वविद्यालयअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक शेन यीले संसारभरका भाइरस विशेषज्ञहरू गुप्तचर निकायसँग मिलेर यो भाइरसको उत्पत्तिबारे खोज अनुसन्धान गरिरहेको बताए । चीन सरकारले पनि यो खोजीनीतिको ढोका बन्द गरेको छैन । एउटा समाचारमा भनिएको छ,“सामाजिक सञ्जालका प्रयोगकर्तालाई यो बहसमा सक्रियतापूर्वक भाग लिन उत्साहित गरिएको छ । तर, बहस तर्कसङ्गत हुनुपर्छ ।”
चीनमा यसरी छलफलमा भाग लिन उत्साहित गर्नुका विशेष अर्थ छ । यदि कुनै समाचार गलत र निराधार हो भने सरकारले नै यसलाई गलत हल्लाबाजी भनी रोक्ने गर्छ ।
नोबेल कोरोना भाइरस संरा अमेरिकामा बनेको ताइवानी भाइरोलोजिस्टको भनाइ
फेब्रुअरी २७ मा ताइवानको एउटा टीभीको समाचारमा नोबेल कोरोना भाइरस संरा अमेरिकामा नै उत्पत्ति भएको हो भन्ने पुष्टि गर्न तथ्याङ्क चित्रहरू प्रस्तुत गरियो ।
समाचारमा ताइवानका एक जना वरिष्ठ भाइरोलोजिस्ट र औषधि विज्ञानका विज्ञले भाइरसको स्रोतबारे आफ्नो लामो र विस्तृत खोजको निष्कर्ष प्रस्तुत गरेका छन् । उनले भाइरसका विभिन्न प्रकारबारे चर्चा गर्दै ती भाइरस एक आपसमा कसरी जोडिएका हुन्छन्, कसरी एउटा भाइरसबाट अर्को भाइरसको विकास हुन्छ र कसरी एउटा भाइरसबाट अर्कोको उत्पत्ति हुन्छ भन्ने कुराको व्याख्या गरेका छन् । उनले त्यसमा कुनै भूराजनीतिक मुद्दाको चर्चा गरेका थिएनन् । उनले आधारभूत विज्ञानकै कुरा मात्र गरेका थिए । उनको तर्क सामान्य थियोः ३ अङ्क सधैं २ पछि नै आउने गर्छ ।
उनको एउटा तर्क थियो, मानौँ, ताइवानलाई सङ्क्रमण गरेको भाइरस अस्टे«लिया र अमेरिकामा मात्र छ । यदि ताइवानलाई अस्टे«लियाबाट सङ्क्रमण भएको होइन भने स्पष्टतः अमेरिकाबाट नै त्यो सङ्क्रमण भएको मान्नुपर्छ ।
धेरैथरी भाइरसको भएको भूगोल नै अहिले फैलिएको भाइरसको स्रोत हुनुपर्छ भन्ने सामान्य तर्क हो किनभने भाइरस पनि कुनै शून्यबाट विकास हुन सक्दैन । समाचारमा प्रस्तोताले भाइरसका पत्ता लागिसकेका पाँच प्रकार संरा अमेरिकासँग मात्र छ । ताइवान, दक्षिण कोरिया, थाइल्यान्ड, भियतनाम, सिङ्गापुर, बेलायत, बेल्जियम र जर्मनीसँग जस्तै उहान अथवा चीनसँग पनि एकैथरीको भाइरस मात्र छ । त्यसकारण अरू देशमा देखिएको भाइरसको स्रोत संरा अमेरिका नै हुनुपर्छ ।
कोरिया र ताइवानसँग चीनसँग भएको भाइरसभन्दा भिन्न खालको भाइरस छ । कोरिया र ताइवानसँग भएको भाइरस चीनसँग भएको भाइरसभन्दा बढी सङ्क्रामक छ तर कम खतरनाक छ । त्यसले चीनमा भएको मृत्युदरको एकतिहाइ मात्र घातक छ ।

इरान र इटाली दुवैसँग भएका भाइरसबारे अध्ययन भइसकेको छ । ती दुवैसँग भएका भाइरस चीनसँग भएका भाइरसभन्दा भिन्न खालका छन् । यसको अर्थ तिनको उत्पत्ति र प्रसार चीनभन्दा अन्य स्रोतबाट भएको हो । इटाली र चीनमा देखिएको भाइरसको मृत्यु दर समान खालको छ भने इरानमा फैलिएको भाइरस अझ बढी घातक छ । त्यसको मृत्यु दर १० प्रतिशतदेखि २५ प्रतिशत छ ।
पश्चिमा मिडियाको चीनकेन्द्रित व्यापक प्रचारको कारण आज संसारका अधिकांश देशमा फैलिएको कोरोना भाइरस चीनबाट फैलिएको बताइएको छ । तर, अहिले यो कुरा अहिले असत्य साबित हुँदैछ । यो लेख लेख्दासम्म संसारभरका पचास देशमा यो भाइरसको सङ्क्रमण फैलिसकेको छ । ती सबै देशबाट कम्तीमा एक–एक वटा नमुना सङ्कलन गरी तिनको उत्पत्ति र विश्वव्यापीरूपमा यसको सङ्क्रमणको गति निक्र्योल गर्न सके राम्रो हुने थियो ।
ती भाइरोलोजिस्टले संरा अमेरिकामा हालै दुईसय भन्दा बढी मानिसको ‘पलमोनेरी फाइब्रोसिस’को कारण निधन भएको बताइयो । बिरामीलाई श्वास फेर्न गा¥हो भएको कारण निधन भएको थियो । तर, पलमोनेरी फाइब्रोसिस भन्न नसकिने बिरामीको निधनको कारण के थियो, केही कुरा बाहिर ल्याइएन । ताइवानका ती विशेषज्ञले सो विषयमा संरा अमेरिकी स्वास्थ्य अधिकारीहरूलाई पत्राचार गरेको बताए । ती मानिसहरू कोरोना भाइरसको कारण मरेको हुनसक्ने उनको दाबी थियो । तर, संरा अमेरिकी अधिकारीहरूले ती मानिसहरू (विद्युत्तीय चुरोट (ई–सिगरेट)को प्रयोगको कारण मरेको भनी आलटाल गर्न खोजे, थप छलफल गर्न चाहेनन् ।
ताइवानी चिकित्सकले कोरोना भाइरसको सङ्क्रमण प्रचार गरेभन्दा अघिबाट नै भएको हुनसक्ने तर्फ सङ्केत गर्दै भने, “सेप्टेम्बर महिनासम्म फर्केर हेर्नु जरुरी छ ।”
उनले सन् २०१९ को सेप्टेम्बरमा केही जापानीहरू हवाईको यात्रा गरेर घर फर्किंदा सङ्क्रमित फेला परेको कुरा खुलासा गरे । ती मानिसहरू कहिल्यै पनि चीन गएका थिएनन् । चीनमा सङ्क्रमण फैलिन दुई महिनाअघिको कुरा थियो त्यो । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले फोर्ट डेट्रिक जैविक हतियार प्रयोगशाला पूर्णतः बन्द गरेको लगत्तै ती मानिसमा सङ्क्रमण देखापरेको थियो । सीडीसीले जीवाणु नष्ट हुनबाट रोक्न त्यो प्रयोगशालाको पूर्वाधार अपुग भएको भन्दै बन्द गरिएको थियो ।
त्यसपछि ताइवानका ती चिकित्सक स्वयम्ले ती मानिसको निधनबारे गम्भीरतापूर्वक अध्ययन गरेका थिए । उनी पनि जापानी भाइरोलोजिस्टकै निष्कर्षमा पुगेका थिए । यसको अर्थ नोबेल कोरोना भाइरस संरा अमेरिकामा पहिला नै फैलिसकेको थियो । तर, त्यसका लक्षणलाई अरु नै रोगसँग जोडेर सङ्क्रमण रोक्न खोजियो ।
चिनियाँ समाचार वेभसाइट ह्वानकुईले संरा अमेरिकामा निधन भएकी एक जना महिलाको घटनालाई प्रकाशमा ल्यायो । चिकित्सकहरूले मृतकका आफन्तलाई फ्ल्युको कारण ती महिलाको निधन भएको बताए । तर, उनको मृत्यु प्रमाण पत्रमा निधनको कारणमा कोरोना भाइरस पनि समावेश छ । फेब्रुअरी २६ मा केजीसीटी ८ न्युज नेटवर्कसम्बद्ध एबीसी न्युजले हालै एक जना महिलाले आफ्नी दिदीको कोरोना भाइरसको सङ्क्रमणको कारण निधन भएको खुलासा गरेको समाचार प्रसारण ग¥यो । कोलोराडोका बासिन्दा अल्मेटा स्टोनले भने,“उनीहरू(स्वास्थ्यकर्मी)ले हामीलाई फ्ल्युको कारण निधन भएको जानकारी दिए । तर, मृत्यु प्रमाणपत्रमा भने कोरोना भाइरसको कारण निधन भएको उल्लेख छ ।”
संरा अमेरिकामा यस्ता कति घटना छन्, हामी भन्न सक्दैनौं किनभने सीडीसीसित कुनै भरपर्दो परीक्षण सामग्री छैन । भाइरसको सङ्क्रमणबारे उसले कम मात्र परीक्षण गरेको छ वा परीक्षण नै गरेको छैन । (जापानी र ताइवानी सरुवा रोग विशेषज्ञ र औषधि वैज्ञानिकहरूले नयाँ कोरोना भाइरसको उत्पत्ति संरा अमेरिकाबाट भएको दाबी चर्चा गरिएको थियो । अन्य सबैथरी भाइरसको मूलस्रोत मानिने पाँच प्रकारका भाइरस संरा अमेरिकासँग मात्र भएको तथ्यको आधारमा उनीहरूले त्यस्तो दाबी गरेका हुन् । चीनको उहानमा भएको भाइरस ‘एउटा हाँगा’ मात्र हो । ‘रुख’ नै नभई कसरी ‘हाँगा’ मौलाउन सक्छ । ‘रुख’ भने संरा अमेरिकासँग मात्र छ ।)
सन् २०१९ को अगस्टमा फोक्सोको निमोनिया वा त्यस्तै प्रकृतिको अज्ञात रोग संरा अमेरिकामा पैmलिएको थियो । संरा अमेरिकाले त्यो रोग ई–चुरोटबाट फैलिएको बतायो । तर, ताइवानका चिकित्सकले त्यो रोगको लक्षण र अवस्था हेर्दा ई–चुरोटको कारण त्यस्तो प्रकृतिको संक्रमण भएको नदेखिने बताए । संरा अमेरिकामा फैलिएको त्यो रोगको कारण निधन भएका मानिसहरू कोरोना भाइरसबाट मरेको हुनसक्छ भनी ताइवानी चिकित्सकले सम्बन्धित संरा अमेरिकी अधिकारीहरूलाई पत्र समेत लेखेका थिए । तर, आफ्नो सावधानीलाई अमेरिकीहरूले बेवास्ता गरेको उनको दाबी छ ।
संरा अमेरिकामा त्यो रोग फैलिन ठीक अगाडि संरा अमेरिकी रोग नियन्त्रण केन्द्र
(सीडीसी) ले मेरील्यान्डको फोर्ट डेट्रिकस्थित संरा अमेरिकी सेनाको प्रमुख जीवशास्त्रीय प्रयोगशाला बन्द गरेको थियो । जीवाणु चुहावटको सुरक्षा अभाव देखाएर सो प्रयोगशाला बन्द गरिएको थियो । अमेरिकी सेनालाई प्रयोगशाला पूर्णतः ‘बन्द’ गर्न आदेश दिइएको थियो । प्रयोगशाला बन्द भएको केही समयपश्चात कथित ‘ई–चुरोट’ को सङ्क्रमण फैलिएको थियो ।
सन् २०१९ को सेप्टेम्बरमा संरा अमेरिकी टापु हवाईमा केही जापानी नागरिकलाई पनि यस्तै रोग लागेको थियो । रोग लागेका कोही पनि मानिसले कहिल्यै पनि चीनको भ्रमण गरेका थिएनन् । यो रोग उहानमा महामारी फैलिनुअघि नै संरा अमेरिकी भूमिमा फैलिसकेको थियो । फोर्ट डेट्रिकको प्रयोगशाला बन्द गरेको केही समय पछि नै यो रोगको सङ्क्रमण फैलिएको थियो ।
उल्लेखित तथ्याङ्कको आधारमा एउटा चिनियाँ विद्युत्तीय सञ्चारमाध्यमले थप जानकारीसहित एउटा लेख प्रकाशित गरे । सन् २०१९ को अक्टोबर १८–२७ सम्म चीनको उहानमा भएको विश्व सैनिक खेलकुद प्रतियोगितामा सहभागी बन्न आएका पाँच जना ‘विदेशी’ खेलाडी वा व्यक्तिहरू अपुष्ट रोगको कारण उहानका अस्पतालमा भर्ना भएका थिए ।
त्यो लेखले उहानमा फैलिएको भाइरस संरा अमेरिकाबाट मात्र त्यहाँ आएको हुनसक्ने थप प्रष्टताका साथ व्याख्या ग¥यो । उहानको भाइरस भनेको मूल भाइरसको ‘हाँगो’ मात्र हो । ‘बीउ’ नभई त्यो हाँगो रचना सम्भव नै हुँदैन । उहानमा फैलिएको भाइरस मूल बीउबाट विकास गरिएको नयाँ थरीको भाइरस मात्र हो । त्यो बीउ संरा अमेरिकासँग मात्र छ ।
आम रूपमा कोरोना भाइरस प्रष्टतः चीनबाट फैलिएको जस्तो देखाइएको छ । तर, सो लेखले वास्तविकता भने त्यो भन्दा भिन्न हुने सम्भावनातिर सङ्केत गरेको छ । फोर्ट डेट्रिकको प्रयोगशालामा दुर्घटनावश भएको सङ्क्रमणबाट सङ्क्रमित केही मानिस अक्टोबर १८–२७ सम्म उहानमा भएको विश्व सैनिक खेलकुद प्रतियोगितामा सहभागी संरा अमेरिकी टोलीमा सामेल भएको हुनसक्छ । त्यत्ति बेला भाइरस लामो अवधिको उत्परिवर्तन (इन्कुबेसन) को अवस्थामा हुनुपर्छ । त्यस्तो अवस्थामा भाइरसका लक्षण बाहिर देखिहाल्दैन । उहान बसाइको क्रममा ती सङ्क्रमितहरूले भाइरस उहान सहरमा छोडेको हुनसक्छ । उनीहरूले छोडेको भाइरसबाट नै हजारौं स्थानीय बासिन्दालाई सङ्क्रमित बनाएको हुनसक्छ । तिनै मानिसमध्ये कोही उहानको समुद्री खाना बजारमा गएर सङ्क्रमण गरेको भाइरस नै जङ्गली आगोसरह फैलिएको हुनसक्छ । त्यसै कारण यो सङ्क्रमणको पहिलो सङ्क्रमित (जिरो प्यासेन्ट) फेला पर्न सकेको छैन ।
वाशिङ्टनको जर्जटाउन विश्वविद्यालयमा सरुवा रोगका विशेषज्ञ डानियल लुसीले ‘साइन्स’ म्यागाजिनमा प्रकाशित एउटा लेखमा मानिसमा नोबेल कोरोना भाइरसको पहिलो सङ्क्रमण सन् २०१९ को नोभेम्बरमा भएको (उहानमा होइन, अन्यत्र) दाबी गरेका छन् । उनले यो भाइरस कहींबाट उत्पत्ति गरेर उहानको समुद्री खाना बजारमा फैलाइएको हुनसक्छ । ‘एउटा समूहले सङ्क्रमणको सुरुवात सन् २०१९ को सेप्टेम्बर १८ भन्दा अघि नै भएको हुन सक्ने बताएको छ ।’
त्यसको अर्थ अहिले प्रचार गरिए जस्तै उहानको समुद्री खाना बजार नै नोबेल कोरोना भाइरसको उद्गम नहुन सक्छ । माथिका सबै तथ्यले यसको सङ्क्रमण कहीं अरू ठाउँबाटै सुरु भएको देखाउँछ ।
लेखमा भनिएको छः “नोबेल कोरोना भाइरस आज संसारभर चिन्ताजनक गतिमा फैलिरहेको छ । यस्तो बेला सबैको आँखा भने चीनको उहानस्थित एउटा समुद्री खाना बजारमा परेको छ । तर, ‘द लानसेट’ मा प्रकाशित पहिलो क्लिनिकल परीक्षणको व्याख्याले भने त्यो निष्कर्षलाई चुनौती दिएको छ ।”
विभिन्न संस्थासम्बद्ध चिनियाँ अध्येताहरूको एउटा समूहले तयार गरेको एक अनुसन्धान पत्रमा नोबेल कोरोना भाइरसबाट सङ्क्रमित भएर सुरुमा अस्पतालमा भर्ना भएका ४१ जना बिरामीबारे विस्तृत जानकारी उल्लेख छ ।
सन् २०१९ को डिसेम्बर १ मा बिरामी भएका एक जना मानिसको उहानको समुद्री खाना बजारसँग कुनै सम्बन्ध नभएको सो अनुसन्धान पत्रमा उल्लेख छ । “पहिलो बिरामी र पछिल्ला बिरामीबीच कुनै प्रकारको सरुवा सम्बन्ध देखिंदैन”, त्यसमा लेखिएको छ । तथ्याङ्कले सुरुका ४१ जना मध्ये १३ जनाको त्यो बजारसँग कुनै खालको सम्बन्ध नरहेको देखाएको छ । “१३ जना भनेको धेरै ठूलो सङ्ख्या हो”, डानिएल लुसीले भने ।
चिनियाँ सरकारी स्वास्थ्य निकाय र विश्व स्वास्थ्य सङ्गठनबाट प्राप्त जानकारीअनुसार पहिलो बिरामीमा सन् २०१९ को डिसेम्बर ८ मा सुरुवाती लक्षण देखिएको थियो । सो जानकारीअनुसार ती लक्षणमध्ये ‘अधिकांश’ लक्षण मात्र समुद्री खाना बजारबाट सङ्क्रमित मानिसमा देखिएका लक्षणसँग मिलेको थियो । सो बजार जनवरी १ बाट बन्द गरिएको थियो ।
“यदि नयाँ तथ्यहरू सही भए नोबेल कोरोना भाइरस पहिलो पटक मानिसमा सङ्क्रमण सन् २०१९ को नोभेम्बर वा त्योभन्दा अघि नै सङ्क्रमण भएको हुनुपर्छ किनभने सङ्क्रमण हुनु र लक्षण देखिने उत्परिवर्तनको लागि केही समय लाग्छ । यदि त्यसो भए हौनान समुद्री खाना बजारमा डिसेम्बरको अन्त्यतिर ठूलो परिणाममा देखापर्नुअघि नै भाइरस उहान वा अन्यत्र कतै चुपचाप फैलिरहेको हुनुपर्छ”, लुसीले बताए ।
“चीनले यो महामारीको सङ्क्रमण उहानको हौनान समुद्री खाना बजारबाट उत्पत्ति नभएको कुरा बुझ्न जरुरी छ”, लुसीले साइन्स इनसाइडरलाई भने ।
क्रिस्टियन एन्डरसन स्क्रीप्स रिसर्च इन्स्टिच्युटका विकास जीववैज्ञानिक हुन् । २०१९–एनकोभ भाइरसको शृङ्खलाबारे विश्लेषण गर्दै उनले त्यसको उत्पत्तिबारे स्पष्ट पारेका छन् । उनले सङ्क्रमित मानिसले कहीं बाहिरबाट भाइरस समुद्री खाना बजारमा ल्याएको हुनुपर्ने कुरा ‘निकै तर्कसङ्गत’ भएको बताए ।
साइन्समा प्रकाशित लेखमा भनिएको छ, “एन्डरसनले २०१९–एनकोभका उपलब्ध २७ जीवाणुको विश्लेषण २५ जनवरीमा भाइरोलोजी रिसर्च वेभसाइटमा राखेका छन् । सो विश्लेषणअनुसार ती जीवाणुको पुर्खा ‘सबभन्दा पछिल्लो पुर्खा’ हुनसक्ने उल्लेख छ । त्यो ‘सबभन्दा पछिल्लो पुर्खा’ भनेको सन् २०१९ मा अक्टोबर १ मा संरा अमेरिकामा फेला परेको भाइरस हो ।”
निकै रोचक तरिकामा लुसीले मेर्स नामको कोरोना भाइरस पनि सुरुमा सन् २०१२ को जुनमा साउदी अरबको एक जना विरामीबाट सङ्क्रमण सुरु भएको विश्वास गरिएको बताए । तर, समयान्तरमा गरिएको अध्ययनले त्यही वर्षको जुन महिनामा जोर्डनमा फैलिएको अनौठो निमोनिया नै त्यसको स्रोत भन्ने पत्ता लाग्यो । लुसीले जोर्डनमा निधन भएको व्यक्तिको परीक्षणबाट उनको मृत्युको कारण मेर्स भाइरस भएकोपत्ता लागेको बताए ।
यो वास्तविकताले सर्वसाधारणलाई पश्चिमा मिडियाले प्रचार गरेका ‘आधिकारिक व्याख्या’ स्वीकार्न दुई पटक सोच्ने बनाउँछ । सार्स, मेर्स र जिका रोगको सङ्क्रमणबारे सुरूमा बाहिरिएको ‘आधिकारिक व्याख्या’ गलत प्रमाणित भएका छन् ।
यस पटक पश्चिमा मिडियाले महिनौंसम्म कोभिड–१९ उहानको समुद्री खाना बजारबाट मानिसले चमेरो र अन्य जङ्गली जनावरको मासु खानाले भएको भनी प्रचार गरिरहे । तर, ती सबै असत्य सावित भएका छन् ।
भाइरस वास्तवमा समुद्री खाना बजारबाट नफैलिएको मात्र होइन, उहानबाट पनि उत्पत्ति भएको थिएन । कोभिड–१९ भाइरस चीनमा उत्पत्ति भएको थिएन, बरु अरु नै कुनै देशमा उत्पत्ति भएको थियो । यसको आंशिक पुष्टि त इरान र इटालीमा फैलिएको भाइरसको जीवाणुको भिन्न प्रकृतिबाट पनि हुन्छ । इरान र इटालीमा सङ्क्रमित भाइरस चीनमा फैलिएको भाइरसको प्रकृतिभन्दा भिन्न खालको भएको घोषणा भइसकेको छ । ती देशमा फैलिएको भाइरस कहीं अन्यत्र नै उत्पत्ति भएको हुनुपर्छ । संरा अमेरिका नै यो भाइरसको उद्गम हुनुपर्छ किनभने ऊसँग मात्र सबैथरी भाइरसको ‘मूल स्रोत’ छ । फोर्ड डेट्रिकमा रहेको संरा अमेरिकी सैनिक जैविक प्रयोगशाला नै कोभिड–१९ को मूल स्रोत हुने प्रबल सम्भावना छ । सीडीसीले सो प्रयोगशाला पूर्णतः बन्द गर्ने घोषणा गर्नु कुनै आश्चर्यको कुरा होइन । सन् २००५ देखि २०१२ सम्ममा अमेरिकी जीवविज्ञान प्रयोगशालाबाट जीवाणुको चोरी भएको वा चुहिएको १ हजार ५९ घटना भएका थिए ।
स्रोतः ग्लोबल रिसर्च (४ मार्च, २०२०)
नेपाली अनुवादः नीरज
Leave a Reply