भर्खरै :

ऐतिहासिक सम्पदा म्हास्ने कार्य निन्दनीय

कल्पना कार्की, सूर्यविनायक
मठ, मन्दिर, सत्तल, पाटीपौवा, ढुङ्गेधारा, इनार आदि हाम्रा पुर्खाका नासो हुन् भने हाम्रा ऐतिहासिक सम्पदा हुन् । तिनले हामीलाई हाम्रो सामाजिक इतिहास स्मरण गराई राख्छन् । त्यतिमात्र होइन, ती सम्पदासँगै इतिहासको कुनै कालखण्डका जानकारी दिने शिलालेख, ताम्रलेख आदि पनि हुनसक्छन् । त्यसैले हामीले ती ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाको जगेर्ना र प्रवद्र्धन गर्नुपर्छ । जसले आफ्नो इतिहास मेट्ने कार्य गर्छ उसले आफ्नो स्वाभिमान र वर्तमान जीवनको हितको रक्षा पनि गर्नसक्दैन । सम्पदाको महत्व नबुझेका अबुझहरूले वा छुद्र आर्थिक स्वार्थको लागि विदेशीको इसारा र निर्देशनमा चल्नेहरूले मात्र ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदा म्हास्ने कुकार्य गर्लान् ।
यसो भनिरहँदा भक्तपुर जिल्लास्थित सूर्यविनायक नगरपालिकामा रहेको प्रसिद्ध सूर्यविनायक मन्दिर जाने बाटोमा रहेका पाटीपौवा र ढुङ्गेधारा सरकारी निकायहरूले नै म्हास्न लागेको देख्दा स्थानीय जनता आश्चर्यचकित र आक्रोशित भएका छन् । ठीक छ, बाटो चौडा पार्नु पर्छ, तर त्यसो गर्दा ती ऐतिहासिक सम्पदा कसरी जोगाउने भनेर पहिल्यै स्थानीय जनतासित छलफल गरिनुपथ्र्यो । तर, स्थानीयसित छलफल गरिएको देखिएको छैन । सडक चौडा पार्न आवश्यक जति केही मिटर ठाउँ बनाउन ती सम्पदा त्यहीँ सडकको मापदण्डभित्रै वा थप जग्गा किनेर पनि सोही स्थानमा पुरानै स्वरुपमा पुनःनिर्माण गर्न सकिन्छ । त्यसो गरिएको भए हाम्रो आजको सडकको आवश्यकता पनि पूरा हुने र हाम्रा ऐतिहासिक सम्पदा पनि बच्ने थियो । सडक विभाग वा सूर्यविनायक नगरपालिका जुनसुकै निकायले गरेको भए पनि सम्पदा म्हास्ने कार्य निन्दनीय छ । सम्बन्धित निकायको बेलैमा ध्यान जावस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *