जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
–आरोही श्रेष्ठ, काठमाडौँ
मिर्गौला प्रत्यारोपणका लागि करिब दुई सातादेखि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जबरजस्ती प्रधानमन्त्री निवास बालुवाटार फर्काइएका छन् । उनका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली स्वस्थ भएको र घरमै बसेर आराम गर्दा हुन्छ भन्ने चिकित्सकको सुझावपछि घर ल्याइएको बताए । तर, मिर्गौलाका दीर्घरोगी, भर्खरै मात्र दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएका, गणतन्त्र नेपालका शक्तिशाली तर बिरामी प्रधानमन्त्रीलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गर्दा जे जस्तो दृश्य देखियो, त्यसले कसको बुद्धि वा विचारमा डिस्चार्जको उक्त नाटक मञ्चन गरियो भनी प्रश्न उठाउन बाध्य भएकी छु । बुद्धिमा बिर्को लागेकाहरूमध्ये कसको (कु) सल्लाहमा हो, बिरामी प्रधानमन्त्रीलाई पाखुरा समातेर ‘झ्याइँकुट्टी पारेको शैलीमा’ हिँडाएर गाडीसम्म ल्याउने अनि उनी ‘स्वस्थ’ र ‘खुसी’ रहेको भद्दा प्रहसन मञ्चन गर्ने काम भयो । त्यो नाटक प्रदर्शन भइरहँदा बिरामी प्रम ओली झण्डै लडेका थिए । थाहा छैन, त्यस नाटकमा प्रम केपी ओली स्वयम्को इच्छा र चाहना कतिको थियो तर केही दिनअघि मात्रै प्रम ओलीका मिर्गौला प्रत्यारोपण कार्यमा संलग्न चिकित्सकहरूले गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा भनिएअनुसार पनि प्रम ओलीलाई त्यस तरिकाले लगिएको दृश्यलाई कुनै पनि हालतमा पचाउन सकिन्न । खासगरी, मुश्किलैले हिँड्न सकिरहेका र दुवैतिरबाट पाखुरा समातेर हिँडाइएको अवस्थामा पनि प्रम ओली झन्डै झन्डै लडेको दृश्य देख्दा टीठ लागेको मात्रै हैन, त्यस्तो कुबुद्धिको सल्लाह दिने सल्लाहकारहरूप्रति आक्रोश पनि उब्जियो ।
प्रधानमन्त्री ओलीलाई अस्पताल राख्नु सुरक्षाको हिसाबले गा¥हो भएको हो भने सिधै निवासमा स्थानान्तरण गरेको र बेडमै राखेर लगेको भए पनि त्यसमा कसैलाई केही भन्नुपर्ने थिएन । सबैलाई थाहा छ अस्पतालबाट बिरामीलाई त्यतिबेला मात्र डिस्चार्ज गरिन्छ, जब कुनै व्यक्तिलाई थप गम्भीर उपचारको आवश्यकता पर्दैन वा उपचार नहुने स्थिति बन्छ । प्रम ओलीको हकमा ती दुबै अवस्था होइन । फेरि प्रम ओलीको डिस्चार्जको नाटक किन गरियो ? के प्रम ओलीले अब काम गर्न थाल्ने झूटो सन्देश प्रवाह गर्न खोजिएको हो ? प्रम ओली बिरामी छन् र केही महिना काम गर्न सक्दैनन् भन्ने कुरा सबैलाई थाहा छ । कसैले त्यसलाई ढाकछोप गर्नु र त्यस्तो नाटक मञ्चन गर्नु आवश्यक छैन ।
Leave a Reply