भर्खरै :

कोरोनाविरूद्धको लडाइँमा क्युवाको उदाहरणीय कदम

नावेल कोरोना भाइरसले विश्वमै एक किसिमको आतङ्क मच्चाएको छ । विश्वका अधिकांश देश कोरोना भाइरस सङ्क्रमणबाट प्रभावित भएको छ । विश्व अर्थतन्त्र नै गम्भीर सङ्कटमा परेको छ । विश्वका कैयौँ देशले सङ्क्रमण फैलिन नदिनको लागि ‘लकडाउन’ घोषणा गरिसकेका छन् । लाखौँ मानिस क्वारेन्टाइनमा छन् । कोरोना भाइरसको सङ्क्रमण कहिलेसम्म रहन्छ भन्ने प्रस्ट भइसकेको छैन । कतिपय पश्चिमा देशमा सर्वसाधारण नागरिकहरूको भागाभाग नै चलेको छ, चिकित्सक र स्वास्थ्यकर्मीहरू नै बिरामीको उपचार गर्ने आफ्नो पेशा र दायित्वबाट विमुख भएका छन् । यस्तो परिवेशमा समाजवादी देश क्युवाका अन्तर्राष्ट्रवादी स्वयम्सेवक चिकित्सकहरू महामारी फैलिएको देशहरूमा गएर महामारीविरूद्ध लड्न र बिरामीको सेवा गर्न जानका लागि तयार भइरहेका छन् ।
क्यारिबियाली टापु देश क्युवा भौगोलिकरूपमा सानै हो तर त्यसले अन्तर्राष्ट्रिय भाइचारा र मानवताको सेवाका निम्ति कायम गरेको उदाहरणको सूची लामो छ । अहिले कोरोना भाइरस सङ्क्रमितको उपचार गर्न र कोरोना सङ्क्रमण नियन्त्रणको लडाइँमा पनि क्युवाले उदाहरण प्रस्तुत गरिरहेको छ ।

कोभिड–१९ सङ्क्रमणबाट पीडित बनेको क्यारिबियाली देश जमैकामा क्युवाली सरकारले १४४ सदस्यीय चिकित्सा टोली पठाएको छ । यसअघि नै कोभिड १९ को महामारीविरूद्ध भेनेजुयलालाई सघाउन क्युवाले १३६ जना विशेषज्ञ चिकित्सिकको टोली भेनेजुयला पठाइसकेको छ । टेलिसुर टेलिभिजनको समाचारअनुसार भेनेजुयालामा क्युवाली विशेषज्ञ चिकित्सकहरूले राजधानी जिल्ला काराकासलगायत कोरोना सङ्क्रमण फैलिएका मिरान्डा र ला गुयरा प्रान्तमा सङ्क्रमितहरूको उपचार गर्नुका साथै त्यहाँका स्वास्थ्य अधिकारीहरू, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई तालिम दिने तथा सर्वसाधारणलाई भाइरस सङ्क्रमणबाट बच्ने तरिकाबारे सिकाउने काम गरिरहेका छन् ।

विश्वव्यापी महामारी बनेको कोभिड–१९ सङ्क्रमणबाट आफू खासै प्रभावित नभए पनि कोरोना भाइरसविरूद्धको लडाइँलाई क्युवाली सरकार र क्युवाली जनताले आफ्नो पनि लडाइँ भएको बताएका छन् । क्युवाली राष्ट्रपति मिग्वेल डियाज कानेल बर्मुडेजले केही दिनअघि कोरोना भाइरसको सङ्क्रमणसित लडिरहेका देशहरूलाई सहयोग गर्नु हरेकको कर्तव्य भएको र सहयोग माग गरेको खण्डमा संसारको कुनै पनि भागमा पुगेर क्युवाली चिकित्सा टोलीले उपचार सेवा पु¥याउने बताउनुभएको थियो । उहाँले भन्नुभयो, “विश्वका कुनै पनि मानव उपचारको अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने क्युवाली भावना हो ।” त्यही भावनाले क्युवाले कोरोना भाइरसको सङ्क्रमणसित लड्न आफ्ना दक्ष चिकित्सकहरू तथा प्राविधिज्ञहरूको टोली विभिन्न देशमा पठाएको छ । क्युवाको विशेषज्ञ चिकित्सक टोली इटालीको कोभिड–१९ विस्फोटको केन्द्र बनेको लोम्बार्डीमा मार्च १६ देखि खटिएका छन् । त्यहाँ क्युवाली चिकित्सा टोलीले चिकित्सक अभाव भएको क्षेत्रमा पुगेर उपचार उपलब्ध गराइरहेका छन् र सङ्क्रमित बिरामीको उपचारमा इटालीका चिकित्सकहरूलाई सल्लाह पनि दिइरहेका छन् ।त्यस्तै कोभिड–१९ सङ्क्रमणबाट पीडित बनेको क्यारिबियाली देश जमैकामा क्युवाली सरकारले १४४ सदस्यीय चिकित्सा टोली पठाएको छ । यसअघि नै कोभिड १९ को महामारीविरूद्ध भेनेजुयलालाई सघाउन क्युवाले १३६ जना विशेषज्ञ चिकित्सिकको टोली भेनेजुयला पठाइसकेको छ । टेलिसुर टेलिभिजनको समाचारअनुसार भेनेजुयालामा क्युवाली विशेषज्ञ चिकित्सकहरूले राजधानी जिल्ला काराकासलगायत कोरोना सङ्क्रमण फैलिएका मिरान्डा र ला गुयरा प्रान्तमा सङ्क्रमितहरूको उपचार गर्नुका साथै त्यहाँका स्वास्थ्य अधिकारीहरू, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई तालिम दिने तथा सर्वसाधारणलाई भाइरस सङ्क्रमणबाट बच्ने तरिकाबारे सिकाउने काम गरिरहेका छन् ।
त्यस्तै ५० सदस्यीय क्युवाली चिकित्सा टोली अर्को ल्याटिन अमेरिकी देश सुरिनाममा परिचालन गरिएको छ । अर्को छिमेकी देश निकारागुवामा परिचालित १७ सदस्यीय विशेषज्ञ चिकित्सक टोलीले उपचार र सङ्क्रमण रोक्ने तरिकाबारे तालिम र सल्लाह दिइरहेको छ । यसलाई कोरोना भाइरस सङ्क्रमणविरूद्धको विश्वव्यापी लडाइँमा क्युवाको उदाहरणीय कदम भन्नुपर्छ । एक समाजवादी देशले मात्र यस्तो उदाहरण कायम गर्नसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *