ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
- श्रावण १, २०८३
काठमाडौं
नेपाल सरकार स्वास्थ्य मन्त्रालयले काठमाडौंमा एक जना नेपाली नागरिक कोभिड–१९ भाइरसबाट संक्रमित भएको औपचारिक रूपमा पुष्टि गरेको छ । फ्रान्सबाट आएकी १९ वर्षीय छात्रामा आइतबार गरिएको परीक्षणमा कोभिड–१९ पोजिटिभ देखिएको हो । हाल उनलाई टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा राखिएको स्वास्थ्य मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा जनाएको हो । कोभिड–१९ बाट प्रभावित उनी दोस्रो नागरिक बनेकी छिन् ।
संक्रमित व्यक्ति चैत ४ गते मङ्गलबार नेपाल आएकी थिइन् । त्यसपछि उनी घरमा स्वयम् क्वारेन्टिनमा बसेकी थिइन् । आइतबार चैत ९ गते गरेको परीक्षणमा उनी संक्रमित भएको पुष्टि भएको छ । उनको परिवारका सबै सदस्य र सम्पर्कमा गएका सबैलाई आइसोलेसनमा राखिएको र उनीहरूको पनि परीक्षण गरिने बताइएको छ ।
स्वास्थ्य मन्त्रालयले टेकु अस्पतालमा हालसम्म गरिएका बाँकी ६ सय वटा परीक्षणमध्ये सबै नेगेटिभ आएको बताएको छ । यसअघि चीनबाट आएका एक जना नेपालीमा पनि कोभिड–१९ को संक्रमण भेटिएको थियो । उनको पूर्ण उपचार बताएको बताइएको छ ।
Leave a Reply