भर्खरै :

महामारीको केन्द्र संरा अमेरिका बन्न सक्छ–डब्ल्युएचओ


जेनेभा
विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को अबको केन्द्र संरा अमेरिका हुन सक्ने बताएको छ । संरा अमेरिकामा पछिल्लो समयमा फैलिंदो संक्रमणको आधारमा विश्व स्वास्थ्य संगठनले मंगलबार त्यस्तो सम्भावना सार्वजनिक गरेको हो ।
संरा अमेरिकामा हालसम्म ५० हजारभन्दा बढी मानिसमा यो भाइरसको संक्रमण पुष्टि भएको छ । संरा अमेरिकाका सबै राज्यका गर्भनरहरूले करोडौं मानिसलाई घरमा बस्न आग्रह गरेका छन् ।
“संरा अमेरिकामा हामीले संक्रमण तीब्र गतिमा फैलिरहेको देखिरहेका छौं”, विश्व स्वास्थ्य संगठनका प्रवक्ता मार्गरेट ह्यारिसलाई संरा अमेरिका महामारीको केन्द्र बन्न सक्ने सम्भावनाबारे सोधिएको प्रश्नको जवाफमा भन्नुभयो,“हामी अहिले यकिनका साथ भन्न सक्दैनौं तर त्यसको सम्भावना नकार्न सकिन्न ।”
यद्यपि उहाँले थप बिस्तारित परीक्षणले केही सकारात्मक परिणाम दिएको बताउनुभयो । परीक्षणको दायरा फराकिलो बनाएसँगै संक्रमित र उसको प्रत्यक्ष सम्पर्कमा आएका मानिसलाई अलग गर्दा अवस्थामा सुधार आएको बताउनुभयो ।
रोयटर्स समाचार संस्थाले हाल महामारीको मुल युरोप बनेको जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *