भर्खरै :

मेरो विद्यार्थी जीवन

प्रा. डा. शिवप्रसाद धौभडेल
(८५ वर्षको उमेरमा सोमबार बिहान प्रा.डा. धौभडेलको निधन भयो । डा. धौभडेलसँगको कुराकानीको आधारमा रासले तयार पार्नुभएको प्रस्तुत आलेख नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको मुखपत्र ‘विद्यार्थी बुलेटिन’ मा २०५९ असोजमा प्रकाशित गरिएको थियो – सम्पादक)
मेरो जन्म हुँदा देशमा राणाहरूको निरङ्कुश व्यवस्था कायम थियो । नेपालमा प्रजातन्त्र आउँदा म १६ वर्षको भइसकेको थिएँ । मेरो जन्म भक्तपुरको क्वाछेँ टोलमा भएको थियो । औषधि उपचारको राम्रो व्यवस्था नभएकोले बुबा पञ्चलाल र आमा कृष्णशोभाका सात सन्तानहरूमध्ये म र मेरी एक दिदीबाहेक सबैको मुत्यु भयो ।
मेरो बुबा छउञ्जेल खान–लाउन हामीलाई दुःख भएन । बुबा एक सानो पसल चलाउनुहुन्थ्यो । सात वर्षको उमेरमा मलाई पुरेत्याइँ गर्ने बाजेको घरमा पढ्न पठाउनुभयो । ९ वर्षको उमेरमा बुबाले मलाई श्री पद्म हाई स्कूलमा भर्ना गरिदिनुभयो ।
म पाँचौँ कक्षामा छँदा वि.सं. २००२ मा मेरो बुबाको निधन भयो । बुबाको निधनपछि मेरो पढाइ बिग्रियो । म कुसङ्गतमा फसेर बरालिन थालेँ । म विद्यालय जान छाडेर पौडी खेल्ने, चुरोट खाने, गुच्चा खेल्ने, पाँय्चा खेल्ने आदिमा नराम्ररी फसेँ । मैले स्कूलका शिक्षकहरूबाट पिटाइ खानुपथ्र्यो । मेरी आमा पनि छोरो बरालिएकोमा सा¥है पीर गर्नुहुन्थ्यो ।
बुबाको निधनपछि हाम्रो घरमा चोरले सा¥है दुःख दिनथाल्यो । दिउँसोसमेत चोरी हुन्थ्यो । कायल भई हामी आमा–छोरा मावली घरमा स¥यौँ । सुकुलढोकामा सरेपछि गजेन्द्रबहादुर मूल, चन्द्रबहादुर श्रेष्ठलगायतका शिक्षित व्यक्तिहरूसँग मेरो सङ्गत हुनथाल्यो । पुरानो सङ्गत छुट्यो । मेरो बानी–व्यवहारमा पूरै परिवर्तन आयो । बिस्तारै मेरो ध्यान किताबपट्टि जानथाल्यो । मैले साहित्य र इतिहासका किताबहरू पढ्न थालँे । बालाखुको भवानी मिश्रले मुकुन्दइन्दिराका पाठहरू सुनाउनुभएको आज पनि सम्झन्छु ।
म फेरि विद्यालय जान थालेँ । त्यसबेला नीरमणी बाजे सहायक प्रधानअध्यापक हुनुहुन्थ्यो । उहाँले मलाई हौसला दिनुभयो । म उहाँको डेरामा पढ्न जान्थेँ ।
करिब २ वर्ष बाटो बिराएपछि मैले छैठौँ कक्षा दोहो¥योएर पढ्नुप¥यो तर मैले सा¥है मेहनतका साथ पढेँ र अन्तिम परीक्षामा म कक्षाको दोस्रो भएँ । प्रधानअध्यापक इन्द्रप्रसाद शर्माले प्रशंसा गरेपछि ममा थप हौसला मिल्यो । त्यसपछिको हरेक कक्षामा म प्रथम भएँ ।
वि.सं. २००८ सालमा म प्रवेशिका परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण भएँ । भक्तपुरबाट प्रथम श्रेणीमा उत्तीर्ण हुने पहिलो व्यक्ति म नै हुँ । त्यो साल भक्तपुरबाट एस.एल.सी. परीक्षा दिने १४–१५ जनामात्र थिए । नेपालमै परीक्षा दिने ३ सय जनामात्र थिए भने १५–१६ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए । प्रवेशिका परीक्षामा म देशभरमै एघारौँ स्थानमा थिएँ । त्यतिबेला केटीहरू विद्यालयमा जान पाउँदैनथे । स्कूलमा किसानका छोरा–छोरी त नगन्य नै हुन्थ्यो । गाउँबाट पढ्न आउने पनि सा¥है कम थियो ।
पलाञ्चोकका सार्कीहरूले बनाएको जुत्ता लगाएर म स्कूल जान्थेँ । एकजोर जुत्ताको ४–५ सुका पथ्र्यो । किसानहरू पराल र छ्वालीको जुत्ता लगाउँथे ।
स्कूलमा डे«स÷युनिफर्म भन्ने थिएन । म दौरा–सुरुवाल लगाएर स्कूल जान्थेँ । मानिसहरू भोटो पनि लाउने गर्थे । कमिज पनि आइसकेको थियो ।
स्कूलमा पैसा तिर्नुपर्दैनथ्यो । मैले विद्यावारिधि गर्दासम्म पनि कहिल्यै शुल्क तिर्नु परेन । हामी कापी–कलमको वडो हिफाजत गथ्र्याँै र फारोतिनोमा ध्यान दिन्थ्यौँ । मेरो एक जना साथीले कक्षा ६ देखि स्नातक तह पढ्दासम्म पनि ३२ पानाको एउटा कापीबाट पु¥याएको थियो । उनी सिसाकलमले लेख्थे र मेटेर फेरि त्यसैमा लेख्थे । विद्यालय पढ्दा कम्युनिस्ट पार्टीका नेताहरू आएर भूमिगतरूपमा राजनीतिक कक्षा सञ्चालन गर्थे । त्यसैबाट प्रेरित भएर हामीले पुस्तकालय खोल्यौँ । बहस समाज (डेवेरिङ सोसाइटी) खोलेर विभिन्न विषयमा हामी बहस एवं छलफल सञ्चालन गथ्र्यौँ ।
एस.एल.सी. परीक्षा उत्तीर्ण भएपछि आमा बिरामी पर्नुभयो । उहाँलाई दमको रोगले नराम्ररी च्याप्यो । त्यतिबेला भक्तपुरमा डाक्टर भन्ने नै थिएन, धेरैजसो आयुर्वेदिक औषधिको प्रयोग हुन्थ्यो । काठमाडौँमा बस्ने मेरी ठूली आमाले मेरी आमालाई काठमाडौँमै बसेर उपचार गर्न सल्लाह दिनुभयो र हामी काठमाडौँमै बस्न थाल्यौँ । उतिबेला काठमाडाँै– भक्तपुर आवतजावत गर्न गा¥हो थियो । भक्तपुरमा वैद्यबाहरू डाक्टर जँचाउन गएकोमा सा¥है रिसाएका थिए । काठमाडौँमा मेरो मुख्य काम नै आमाको हेरचाह गर्नु थियो ।
मेरा आफन्तहरूले कलेज पढ्नुपर्छ भन्नुभयो तर मलाई के पढ्ने भन्नेबारे राम्रो थाहा थिएन । बिना धेरै सोचविचार त्रिचन्द्र कलेजमा विज्ञान सङ्कायमा पढ्न मैले दर्खास्त दिएँ । सुरुमा मेरो नाम प्रकाशित गरिएन किनभने मैले एसएलसीमा ऐच्छिक गणित लिएर पढेको थिइनँ । तैपनि अरू विषयमा राम्रो अड्ढ भएकोले मलाई विज्ञान सङ्कायमा भर्ना गर्न दिइयो । भर्ना हुन ६–७ रूपैयाँमात्र परेको थियो ।
प्रमाणपत्र तहमा अध्ययनरत छँदा नै मेरो बिहे भयो । बिहेको दुई महिनापछि मलाई टाइफाइड भयो । टाइफाइडबाट निको हुन तीन महिना लाग्यो । यसैबीच म प्रमाणपत्र तहको परीक्षामा उत्तीर्ण भइसकेको रहेछु । टाइफाइडबाट निको हुँदासम्म मेडिकल र इन्जिनियरि· पढ्न दर्खास्त दिने समय पनि बितिसकेको थियो । त्यसैले म स्नातक तह (बी.एस्सी.) मा भर्ना भएँ । बी.एस्सी उत्तीर्ण भइसकेपछि पनि मैले इन्जिनियरि· अथवा मेडिकल साइन्स पढ्ने प्रयास गरेँ । तर, मलाई त्यो अवसर मिलेन । बाध्य भएर म एम.एस्सी. मा भर्ना भएँ ।
मैले वि.सं. २००८ सालमा एसएलसी, २०१० सालमा आइ. एस्सी., २०१२ सालमा बी.एस्सी र २०१४ सालमा भारतको इलाहावाद विश्वविद्यालयबाट रसायनशास्त्रमा एम.एस्सी. गरेँ ।
बि.एस्सी पढ्दासम्म मैले टुकी बालेर पढ्नुपथ्र्यो । साधारणतया राती १०–११ बजेसम्म पढ्थँे, परीक्षाको समयमा १ बजेसम्म पनि पढ्ने गर्थे ।
वि.सं. २०१७ सालमा मैले पटना विश्वविद्यालयबाट विद्यावारिधि गरेँ र सन् १९७२ मा अस्ट्रेलियाको न्युसाउथवेल्स विश्वविद्यालयमा पोस्ट डक्टोरल अनुसन्धान सफलतापूर्वक सम्पन्न गरेँ ।
पीएचडीसम्म पढ्दा मैले कहिल्यै जागीर खाइनँ । पढ्नको निम्ति मैले आमाको गर–गहना र घरको भाडाकुँडासमेत बेच्नुप¥यो । त्यतिबेला पढेको मान्छेलाई पनि रोजगारी हुन्नथ्यो किनभने अहिलेझैँ धेरै अड्डा, अदालत, कलेज र विद्यालयहरू थिएनन् । मैले बी.एस्सी. पढ्दा ६ दिनको निम्ति ६ सुका (१ रूपैयाँ पचास पैसा) ले सबै खर्च पु¥याउनुपथ्र्यो । धेरैजसो सस्तो मूल्यको तरकारी खान्थेँ । एम.एस्सी. पढ्दा भने कुनै दुःख भएन, उल्टो छात्रवृत्तिमा पाउने मासिक भा. रु. १८० मा रु. ८० बचाउँथे । घर आउँदा मसँग थुप्रो पैसा हुन्थ्यो । त्यतिबेला शिक्षकहरू आफ्नो काममा लगनशील थिए, आजको जस्तो उँचो स्तरका भने थिएनन् ।
मैले २०१५ सालदेखि त्रिचन्द्र कलेजमा प्राध्यापन कार्य थालेँ र २०२२ सालमा त्रिविमा रसायनशास्त्रको स्नातकोत्तर तहको प्राध्यापनको संस्थापक सदस्य भई पठनपाठन कार्य थालेँ । मैले ३५ वर्ष लगातर त्रिविमा प्राध्यापन कार्य गरेँ ।
मेरो ३० वटा अनुसन्धानका कृतिहरू अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् । मैले भारतको दिल्ली विश्वविद्यालय र अन्य दक्षिण पूर्वी एसियाली देशका विश्वविद्यालयहरूमा विद्यावारिधिको परीक्षक भई कार्य गरेको छु । मैले विज्ञानको डीन, त्रिवि सेवा आयोगको सदस्य र नास्टको सदस्यको रूपमा पनि काम गरेँ । मैले नेपाल केमिकल सोसाइटीको अध्यक्ष भएर पनि काम गरेँ भने हाल म अन्तर्राष्ट्रिय रसायनशास्त्र सङ्घको सदस्य छु । मैले बेलायत, अमेरिका, जर्मनी, इटाली, भारत, पाकिस्तान, बङ्गलादेश, थाइल्यान्ड, अस्टे«लिया, जापान आदि देशको भ्रमण गरेको छु । देशका राष्ट्रिय दैनिकहरूमा मेरा लेखहरू प्रकाशित भएका छन् । मेरा नौवटा पुस्तकहरू प्रकाशित छन् । साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पनि पाएको छु ।
अन्तमा, म युवाहरूलाई हरेक काम सोच–विचारका साथ गर्न र अरूको बहकाइमा नलागी इमानदारीपूर्वक काम गर्न सल्लाह दिन्छु । युवाहरूले सोचेनन् भने देश झन्झन् बिग्रिनेछ ।
(प्रस्तुति ः रास)

Leave a Reply

Your email address will not be published. Required fields are marked *