भर्खरै :

कठिन समयमा नेपाली जनताले चीनलाई गरेको सहयोग चिनियाँ जनताले कहिल्यै भुल्ने छैनन्

नेपालका लागि चीनका राजदुत हाउ याङ्छीसँग नेपालका विभिन्न सञ्चारमाध्यमले लिएको अन्तर्वार्ता प्रस्तुत छ । प्रस्तुत अन्तर्वार्ता चिनियाँ दुतावासको वेभसाइटमा प्रकाशित अंग्रेजी पाठको नेपाली अनुवाद हो ।
महामहिम राजदुतज्यू, चीनमा कोभिड–१९ को पछिल्लो विकासक्रम र विश्वव्यापी महामारीविरुद्ध अन्तर्राष्ट्रिय सहकार्यमा चिनियाँ सहभागिताको पछिल्लो अवस्थाबारे केही बताइदिनुहुन्छ कि ? हालै चीनले विभिन्न देशलाई प्रदान गरेको सहायतालाई ‘राजनीतिक प्रचारबाजी’ को रूपमा प्रयोग गरिएको भनी केही मानिस भन्दैछन् । कोही कोही त चीनले आफ्नो गल्ती सच्याउन पनि त्यस्ता सहायता दिइरहेको दाबी गर्दैछन् । यी विषयमा तपाईको धारणा के हो ?
राष्ट्रपति सी चिनफिङको नेतृत्व र मार्गनिर्देशन तथा चीन सरकार र चिनियाँ जनताको कष्टसाध्य प्रयास र महान् बलिदानको परिणामस्वरुप चीनमा आज महामारीको अवस्था नियन्त्रित र सकारात्मक दिशा उन्मुख छ । हालसम्म चीनमा ७६ हजारभन्दा बढी विरामीहरू यो रोगबाट निको भइसकेका छन् । फाटफुट केही विरामी र संक्रमित अझै देखिन छोडेको छैन । तथापि मूलतः महामारीमाथि विजय हासिल भइसकेको छ । तर, यतिबेला कोभिड–१९ को महामारी भने संसारभर तीब्र गतिमा फैलिरहेको छ । यो परिस्थितिमा चीनले विदेशबाट भित्रिने कोभिड–१९ को संक्रमण रोक्न ठूलो चुनौती सामना गरिरहेको छ । अप्रिल ४ को राति १२ बजेसम्ममा मूलभूमि चीनमा विदेशबाट भित्रिएका ९१३ वटा संक्रमण फेला परेको छ ।
चीनले कोभिड–१९ विरुद्ध लडाई लडिरहेको असाध्यै कठिन समयमा नेपाललगायत अन्तर्राष्ट्रिय समुदायले हामीलाई अमूल्य सहयोग र समर्थन व्यक्त गरेको थियो । चिनियाँसमाज कृतज्ञ र अरुको सद्भाव सदैव फिर्ता गर्ने समाज हो । कोभिड–१९ विरुद्ध चीनको लडाई अझै सकिएको छैन । विदेशबाट संक्रमण नभित्र्याउन र देशभित्र संक्रमण पुनः फैलिन नदिन हामी कडाईका साथ पहरेदारी गरिरहेका छौं । त्यसकारण चीनमा पनि औषधि र चिकित्सकीय सामग्रीको ठूलो माग छ । तथापि, चीन सरकारले १२० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संगठनहरूलाई सर्जिकल तथा एन९५ मास्क, व्यक्तिगत सुरक्षा वस्त्र(पीपीई), न्युक्लि एसिड टेस्ट कीट र अन्य चिकित्सकीय सामग्री सहयोग गर्ने बन्दोबस्त गरेको छ । साथै विभिन्न देशले चीनसँग खरिद गर्ने सामानमा पनि हामीले सहायता गरिरहेका छौं । संसारका विभिन्न देशसँग हामीले भाइरस रोकथाम र नियन्त्रणसम्बन्धि चीनको अनुभव बाँडिरहेका छौं । भिडियो सम्मेलनमार्फत् चीनले आफूसँग भएको अनुभव संसारसँग बाँडिरहेको छ ।
मानिस एउटै विश्वग्राममा बसेको छ । हामी साझा भविष्य बोकेको एउटै समुदायमा बसेका छौं । महामारी सुरु भएदेखि नै चीनले सधैं खुला, पारदर्शी र जिम्मेवारीपूर्वक आफ्ना सबै काम अघि बढाइरहेको छ । हामीले समयमै विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय समुदायलाई महामारीबारे सूचित ग¥यौं, महामारी नियन्त्रण र रोकथामको लागि शक्तिशाली तरिका अपनायौं र महामारीमाथि विजय हासिल गर्न ठूलो त्याग र योगदान ग¥यौं । संरा अमेरिका, बेलायत र अन्य देशका अनुसन्धाताहरूको संलग्नतामा भएको एक अध्ययनको निष्कर्ष साइन्स जोर्नलमा हालै छापिएको भयो । सो लेखमा चीनले महामारी नियन्त्रण गर्न चालेका कदमले संक्रमणको सिलसिला तोड्न सफलता प्राप्त गरेको र साथै अरु देशलाई संक्रमणको लागि तयारी रहन समय प्रदान गरेको उल्लेख छ । चीनले कहिल्यै पनि ‘चीन प्रथम’ नीति अंगीकार गरेको छैन । चीनले दिएका सबै सहायतामा कुनै राजनीतिक स्वार्थ निहित छैन । बरु एउटा जिम्मेवार देश हुनुको कारण चीनले संसारको जनस्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान मात्र ती सहायता प्रदान गरेको हो ।

चीनको केन्द्रीय सरकारले नेपाललाई सहायता सामग्री प्रदान गर्ने तयारी गरिरहेको छ र सो विषयमा दुई पक्षबीच संवाद भइरहेको छ । यसैबीच चीनका केही स्थानीय सरकार र नागरिक समाज नेपालको निम्ति अत्यावश्यक सामग्री संकलन गर्न सक्रियतापूर्वक लागिरहेका छन् । गत मार्च २९ को बिहान सखारै पहिलो चरणको चिनियाँसहायता नेपालमा सफलतापूर्वक आइपुग्यो । त्यो सहयोग चीनका केही स्थानीय सरकार र गैरसरकारी संस्थाले प्रदान गरेका हुन् । मलाई जानकारी भएसम्म चच्याङ स्वशासित क्षेत्र, युनान प्रान्त र अन्य केही चिनियाँ प्रतिष्ठानहरूले नेपाललाई चिकित्सकीय सामग्री उपलब्ध गराउने मनसाय व्यक्त गरेका छन् । अहिलेको सबभन्दा ठूलो कठिनाई ढुवानी हो । भन्सार र ढुवानीमा सहजताको निम्ति चिनियाँ राजदुतावासले सबै पक्षसँग संवाद र सहकार्य बलियो बनाउनेछ ।

केही निहीत स्वार्थबाट सञ्चालित निश्चित व्यक्ति र शक्तिहरू अरुको बद्ख्वाईँ गर्ने वा दोषारोपण गर्ने प्रयास गरिरहेको कुरामा ध्यान दिन जरुरी छ । उनीहरूले जे गरे त्यसले महामारी रोकथाम र नियन्त्रण गर्न सक्दैन भन्ने कुरा सर्वविदित छ । बरु त्यस्तो व्यवहारले थप धेरै मानिसको ज्यान मात्र जानेछ । सबै देशले आफ्ना जनताको जीवन र स्वास्थ्यलाई नै सबभन्दा उच्च प्राथमिकता दिने, महामारीविरुद्धको लडाईमा ध्यान केन्द्रित गर्ने र यो लडाईमा जीत हासिल गर्न हातमा हात मिलाएर काम गर्नेमा हामी आशावादी छौं ।
महामारी रोकथाम गर्न नेपाल सरकारले देशव्यापी लकडाउन गर्ने र अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने जस्ता निर्णय गरेको छ । नेपाल सरकारका यस्ता निर्णयबारे तपाईंको के टिप्पणी छ ?
महामारी फैलिएयता नेपाल सरकारले माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वयन समिति गठन गरेको छ । नेपाल सरकारले महामारीबारे समयमै सूचना गर्ने, प्रयोगशाला परीक्षण क्षमता बिस्तारमा लगातार सुधार गर्ने, तोकिएका अस्पतालको देशव्यापी सञ्जाल बनाउने, भाइरस संक्रमित पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको खोजी गर्ने र उनीहरूलाई स्वयम् अलग बस्न आग्रह गर्ने लगायतका धेरै काम गरिसकेको छ । देशव्यापी बन्द र अन्तर्राष्ट्रिय व्यापारिक उडान रद्द गर्नुले नेपालभित्र र विदेशबाट यता आउने–जाने मानिसको गतिविधि न्यूनिकरण भएको छ । नेपाल सरकारले खाँचो परेका परिवारमा आधारभूत वस्तुको आपूर्ति र राहत सामग्री सुनिश्चित गर्न पूरा जोड दिएको छ ।
महामारी रोकथाम गर्न यस्ता निर्णयले निकै महत्वपूर्ण भूमिका खेलेको हामीले महसुस गरेका छौं । नेपाली जनता सरकारको आदेशको पालना गरिरहेका छन् र आफ्नै सुरक्षाको लागि व्यक्तिगत सरसफाईलाई ध्यान दिइरहेका छन् । नेपाल प्रहरीले आफ्नो कर्तव्य पालना गरिरहेको छ । लकडाउनको व्यवस्थापन र नियन्त्रणमा प्रहरीले जोड दिएको छ । महामारीविरुद्ध लड्न सरकारलाई सहायता गर्न सबै क्षेत्रका नेपाली जनताले सक्रियतापूर्वक चन्दा र सहायता सामग्री प्रदान गरिरहेका छन् ।
नेपाल सरकारले आफ्नो राष्ट्रिय परिस्थितिअनुसार महामारी रोक्न र जनताको जीवन रक्षाको लागि काम गरिरहेको हामीले बुझेका छौं र समर्थन गर्छौं । यसैबीच केही चिनियाँहरू यतिबेला नेपालमा अड्केका छन् । हामी ती चिनियाँनागरिकको सुरक्षा र कल्याणको लागि नेपाल सरकारको सम्बन्धित निकायसँग समन्वय गरिरहेका छौं ।
महामारीविरुद्ध लड्न चीनले नेपाललाई के कस्तो सहायता प्रदान गरेको छ ? अरु के कस्ता सहकार्य अघि बढाइनेछ ?
महामारीविरुद्धको लडाईको कठिन समयमा चीनलाई सिंगो नेपालले अमूल्य सहयोग गरेको कुरा चिनियाँ जनताले कहिल्यै पनि भुल्ने छैनन् । नेपालमा आज भाइरस फैलिरहेको समयमा चीनले पनि नेपाललाई आफूले सक्दो सहयोग प्रदान गरिरहेको छ । हाम्रो दुतावासले तत्कालै नेपाल सरकारका सम्बन्धित मन्त्रालयसँग एउटा संयुक्त कार्यदल गठन ग¥यो, महामारी नियन्त्रण र रोकथामको लागि चिकित्सकीय उपचार, भन्सार, क्वारेन्टिन आदि विषयमा दस्तावेज र भिडियो सम्बन्धमार्फत् सूचना र अनुभव आदानप्रदान ग¥यौं ।
चीनको केन्द्रीय सरकारले नेपाललाई सहायता सामग्री प्रदान गर्ने तयारी गरिरहेको छ र सो विषयमा दुई पक्षबीच संवाद भइरहेको छ । यसैबीच चीनका केही स्थानीय सरकार र नागरिक समाज नेपालको निम्ति अत्यावश्यक सामग्री संकलन गर्न सक्रियतापूर्वक लागिरहेका छन् । गत मार्च २९ को बिहान सखारै पहिलो चरणको चिनियाँसहायता नेपालमा सफलतापूर्वक आइपुग्यो । त्यो सहयोग चीनका केही स्थानीय सरकार र गैरसरकारी संस्थाले प्रदान गरेका हुन् । मलाई जानकारी भएसम्म चच्याङ स्वशासित क्षेत्र, युनान प्रान्त र अन्य केही चिनियाँ प्रतिष्ठानहरूले नेपाललाई चिकित्सकीय सामग्री उपलब्ध गराउने मनसाय व्यक्त गरेका छन् । अहिलेको सबभन्दा ठूलो कठिनाई ढुवानी हो । भन्सार र ढुवानीमा सहजताको निम्ति चिनियाँ राजदुतावासले सबै पक्षसँग संवाद र सहकार्य बलियो बनाउनेछ ।
पछि महामारीको अवस्था र नेपालको आवश्यकताको आधारमा हामीले विज्ञहरूको भिडियो सम्मेलन र अन्य माध्यममार्फत् अनुभव र प्राविधिक आदानप्रदानलाई निरन्तरता दिने छौं । महामारी रोकथाम र नियन्त्रणमा हामी साझा प्रयास गर्नेछौं ।
नेपाल सरकारले चीनबाट खरिद गरेका सबै महामारी रोकथाम र नियन्त्रणसम्बन्धि सामान चीन सरकारले सिफारिस गरेका माध्यमबाट खरिद गरिएका हुन् ? चीनबाट नेपाल आएका सबै सामानले मापदण्ड पुरा गरेका छन् ?
प्रचलित खरिद प्रक्रियाअनुसार यदि कुनै देशले कुटनीतिक माध्यममार्फत् सामान खरिद गर्न खोज्छ भने राजदुतावासले मुख्यालयमा सम्पर्क गर्छ र सामान किन्न योग्य विक्रेताको नामावली उपलब्ध गराउँछ । अप्रिल २ मा नेपाल सरकारले पेइचिङस्थित नेपाली दुतावासमार्फत चीन सरकारसमक्ष आफ्नो व्यापारिक माग पेश गरेको छ । चीनको वाणिज्य मन्त्रालयले यो विषयमा समन्वय र काम गरिरहेको छ ।

दक्षिण एसियाका सबै देशमा हालसम्म कोभिड–१९ संक्रमितको संख्या कुल ७ हजारभन्दा बढी पुगेको छ । चीन दक्षिण एसियामा आपसी सहायता र ऐक्यबद्धता जनाउँदै आएको छिमेकी देश हो र सार्कको पर्यवेक्षक पनि हो । महामारी फैलिएपछि चीनले साझा भविष्य भएको मानव समुदायको दृष्टिकोण अंगीकार गर्दै आएको छ । सार्क देशहरूसँग चीनले महामारी रोकथाम र नियन्त्रणको लागि नजिक सम्पर्कमा रही सूचना आदानप्रदान गर्दै आएको छ ।

संसारका विभिन्न देशमा भिन्न–भिन्न स्तरका चिकित्सकीय सामग्री हुनु निकै सामान्य कुरा हो । चीन गुणस्तरीय सामान निर्यातमा जोड दिन्छ । मापदण्डअनुसार नभएका सामान निर्यात गर्न चीनले रोक लगाउने गरेको छ । सम्बन्धित विभागहरूले निकै कडा नियमनकारी प्रावधान लागु गरेका हुन्छन् । चिकित्सकीय सामान प्रदायक निर्यात कम्पनीले भन्सार प्रक्रिया पूरा गर्न दुवै लिखित र डिजिटल माध्यमबाट आफूले निर्यात गर्न खोजेको चिकित्सकीय वस्तु र उत्पादनको वैध दर्ता प्रमाणपत्रका साथै जहाँ निर्यात गरिन लागेको हो, त्यहाँको मापदण्ड पनि पूरा गरेको आधार देखाउनुपर्ने प्रावधान छ । यो प्रक्रियाअन्तर्गत मापदण्डमा कुनै समस्या देखिए तथ्यमा आधारित रहेर सही तरिकाबाट समाधान गरिनुपर्छ । तथ्यलाई सही रुपमा नबुझी केही पश्चिमा सञ्चारमाध्यमले चिनियाँ वस्तुको तथाकथित गुणस्तरको विषयमा हल्ला गर्नु र अझ यस्ता विषयलाई राजनीतिकरण गर्न खोज्नु विश्वव्यापी महामारीविरुद्ध लड्न अपरिहार्य अन्तर्राष्ट्रिय सहकार्यको लागि उपयुक्त व्यवहार होइन ।
दक्षिण एसियाका सबै देश यतिबेला महामारीको चुनौती सामना गरिरहेका छन् । कोरोना भाइरसविरुद्ध संयुक्त रुपमा लड्न सार्कका सदस्य देशहरूबीच भिडियो सम्मेलन पनि भयो । चीनले सार्कसँग कसरी सहकार्य गर्न सक्छ ?
दक्षिण एसियाका सबै देशमा हालसम्म कोभिड–१९ संक्रमितको संख्या कुल ७ हजारभन्दा बढी पुगेको छ । चीन दक्षिण एसियामा आपसी सहायता र ऐक्यबद्धता जनाउँदै आएको छिमेकी देश हो र सार्कको पर्यवेक्षक पनि हो । महामारी फैलिएपछि चीनले साझा भविष्य भएको मानव समुदायको दृष्टिकोण अंगीकार गर्दै आएको छ । सार्क देशहरूसँग चीनले महामारी रोकथाम र नियन्त्रणको लागि नजिक सम्पर्कमा रही सूचना आदानप्रदान गर्दै आएको छ । हामीले हाम्रो क्षमताअनुसार सार्क देशहरूलाई सहायता गर्दै आएका छौं । मार्च २० मा चीनले १९ वटा युरेसियाली र दक्षिण एसियाली देशहरूबीच अनलाइन भिडियो सम्ेमलन आयोजना ग¥यो । चिनियाँ स्वास्थ्य विज्ञ र भन्सार अधिकारीहरूले महामारीको विकासक्रम, रोकथाम र नियन्त्रण, रोग पहिचान र उपचार, सामग्री सहायता, बन्दरगाह अनुगमन तथा क्वारेन्टिनबारे आफ्ना अनुभव सुनाउनुभएको थियो । सहभागीहरूले राखेका ८० भन्दा बढी प्रश्नको उहाँहरूले जवाफ दिनुभएको थियो । सार्क देशका सहभागीहरूले सो भिडियो सम्मेलन समय सान्दर्भिक भएको तथा अनुभवसिद्ध र सही सूचना प्रदान गरेको बताउनुभएको छ ।
कोभिड–१९ महामारी आज संसारभर तीब्र गतिमा फैलिरहेको छ । संसारकै धेरै जनसङ्ख्या भएको दक्षिण एसिया आज चर्को दबाबमा छ । यो क्षेत्रका सबै देशले महामारी रोकथाम र नियन्त्रणका कडा तरिका अंगीकार गरेका छन् । सार्क सचिवालय र सबै सदस्य देशसँग नजिकको सहकार्यमा बस्न चीनले सबै स्रोत र माध्यमको पूर्ण प्रयोग गर्नेछ । जनस्वास्थ्य आपतकाल र क्षेत्रीय जनस्वास्थ्य सुरक्षामा आएका चुनौतीको शीघ्र सामना गर्न क्षेत्रीय स्तरमा रोकथाम र नियन्त्रणको लागि संयुक्त सञ्जाल बनाउन सक्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *