विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
राकस्था
चैतको चेत
कर्णाली प्रदेशमा एउटा चर्चित आहान छ – चैत १२ गते घर नफर्किएको जुम्ली म¥यो भन्ने जान्नू । यसपाली जुम्लीमात्र होइनन् कर्णाली प्रदेशका धेरै मानिस चैतमा आफ्नो थातथलो पुग्न सकेनन् । चैत १२ गते मार्सी धानको बिउ भिजाउने (रुझाउने) एकदिन अगाडि नै नेपालको बन्दाबन्दी
(लकडाउन) मा परे – परदेशिएका नेपाली । चैत २० मा देउडा खेल्दै मार्सीको बिउ छर्ने बिसुवा पर्व मनाउन छोरीचेलीहरू माइत आउनै पाएनन् ।
चैतबाट खेतीपातीको चटारो सुरु हुन्छ कर्णाली प्रदेशतिर । ‘चैत आयो चेत आयो’ भन्ने भनाइ पनि प्रचलित छ कर्णालीतिर । कार्तिकमा अन्न भण्डारण गर्ने किसान ६ महिना पेटभरि खान्छन्, गाईगोरु सुकेका घाँसपात खाई बस्छन् हिउँदभर गोठैमा । चैतमा अन्न सिद्धिन थाल्छ, गाईगोरुको नलपराल पनि सकिन्छ, अब कामको बेला आयो भन्ने अर्थमा चैतमा चेत आएको कुरा गरिन्छ त्यता । ‘मरिन्छ कि भनी साउने सङ्क्रान्तिमा खानू, बाँच्छु भनेर माघे सङ्क्रान्तिमा खानू’ भन्ने कर्णाली प्रदेशमा प्रचलित अर्को आहान त्यस प्रदेशका सर्वसाधारण नागरिकको जीवनचक्रको प्रतिविम्ब हो । साउनसम्ममा घरमा भएको अन्नपात सकिएपछि त्यस महिनाको सङ्क्रान्तिको रातमा मीठोमसिनो खाने चलन छ, मानौँ अन्तिम भोज हो त्यो वा मृत्युउत्सव । जसोतसो शिशिर पनि कटाएपछि माघे सङ्क्रान्तिमा अब त मर्दैनौँ भनी मीठोमसिनो खाने चलन कर्णालीको हो । चैतमा धानको बिउ, वैशाखमा आलुको बाली लगाउने बेला हो । अब गहुँ, जौ काट्ने काम पनि सुरु हुन्छ जेठसम्मै । मुगलान झरेका नेपाली स्वदेश फर्किने समयमा कोभिड–१९ को महामारीको त्रास फैलिँदा यहाँका नागरिकको पनि जीवन प्रभावित भएको छ । कालापहाडमा परिवारसँगको विछोडका पीडा सहेर अनेक दुःख गरी अलिकति धनआर्जन गरी पारिवारिक मिलनको निम्ति घर हिँड्ने बेला अचानक बाटो अवरुद्ध भयो । कहिल्यै नसुनेको र नभोगेको ‘लकडाउन’ बाट साधारण जनता विस्मित भए, तिनको जीवनसमेत विशृङ्खलित भएको छ ।
नालायक सरकार, अपमानित श्रमिक
अनेक हन्डर खाएर भारतका विभिन्न सहरमा श्रम बेचेर गुजारा चलाउने लाखौँ नेपालीमध्ये केही आफ्नो गाउँघर पुगेका पनि छन्, सा¥है थोरै ‘आइसोलेसन’ वा क्वारेन्टिनमा बसेका छन् । रोगको गम्भीरताबारे तिनलाई राम्ररी सम्झाइबुझाइ गर्न असफल भए भारतीय मोदी सरकार र ओली सरकार । जो जहाँ छ त्यहीँ अडिने वातावरण मिलाइएन, सीमातिर बनाइएका क्वारेन्टिन बस्नलायक थिएनन्, प्रचण्ड गर्मीमा पालमुनि बस्न सजिलो भएन, लामखुट्टेको टोकाइ त छँदै थियो । कहाँसम्म भने अलपत्र परेका नेपालीको खानपानको उचित बन्दोबस्त गरिएन । सरकारी नीतिविपरीत पालिकाहरूलाई उछिनेर शिवसेनाजस्ता धर्मको राजनीति गर्ने तत्वहरू खाना खुवाउन भनी अघि सरेका देखिए । राहत वितरणको बजेट जिल्लाजिल्लामा पुगेको छैन । तथ्याङ्क नहुँदा लुछाचुडी भइरहेको छ, अनियमितताले हिंसाको स्थिति निम्तिएको छ ।
चैतबाट खेतीपातीको चटारो सुरु हुन्छ कर्णाली प्रदेशतिर । ‘चैत आयो चेत आयो’ भन्ने भनाइ पनि प्रचलित छ कर्णालीतिर । कार्तिकमा अन्न भण्डारण गर्ने किसान ६ महिना पेटभरि खान्छन्, गाईगोरु सुकेका घाँसपात खाई बस्छन् हिउँदभर गोठैमा । चैतमा अन्न सिद्धिन थाल्छ, गाईगोरुको नलपराल पनि सकिन्छ, अब कामको बेला आयो भन्ने अर्थमा चैतमा चेत आएको कुरा गरिन्छ त्यता । ‘मरिन्छ कि भनी साउने सङ्क्रान्तिमा खानू, बाँच्छु भनेर माघे सङ्क्रान्तिमा खानू’ भन्ने कर्णाली प्रदेशमा प्रचलित अर्को आहान त्यस प्रदेशका सर्वसाधारण नागरिकको जीवनचक्रको प्रतिविम्ब हो । साउनसम्ममा घरमा भएको अन्नपात सकिएपछि त्यस महिनाको सङ्क्रान्तिको रातमा मीठोमसिनो खाने चलन छ, मानौँ अन्तिम भोज हो त्यो वा मृत्युउत्सव । जसोतसो शिशिर पनि कटाएपछि माघे सङ्क्रान्तिमा अब त मर्दैनौँ भनी मीठोमसिनो खाने चलन कर्णालीको हो । चैतमा धानको बिउ, वैशाखमा आलुको बाली लगाउने बेला हो । अब गहुँ, जौ काट्ने काम पनि सुरु हुन्छ जेठसम्मै । मुगलान झरेका नेपाली स्वदेश फर्किने समयमा कोभिड–१९ को महामारीको त्रास फैलिँदा यहाँका नागरिकको पनि जीवन प्रभावित भएको छ ।
भारतमा समेत बन्दाबन्दी भएपछि आफ्नै देश फर्किन पनि नेपालीले अनेक दुःख र पीडा भोग्नुप¥यो । मर्नैपरे पनि आफ्नै देशमा मर्ने भन्ने नाराबाजी पनि भयो । छिमेकी भारतले तमाम नेपालीलाई ट्रयाक्टरमा राखी रातारात सीमा कटाएर अलपत्र पार्ने काम ग¥यो । जो जहाँ छन्, त्यहीँ बस्ने र सम्बन्धित देशले सम्पूर्ण बन्दोबस्त गर्ने भन्ने समझदारीअनुसार भारतमा रहेका नेपालीको व्यवस्थापन गरिएन । लाखौँ नेपाली भारतबाट नेपाल आउन बाध्य भए । नेपाल आउँदा आफ्नै देशमा अपमानित हुनुप¥यो । विदेशी भूमिमा गएर श्रम बेच्न बाध्य नेपालीलाई अपमान गर्नु भारतीय शासकवर्गको वर्ग चरित्र भएको कुरा यसपटक पनि छर्लङ्ग भयो । चीनको उहानमा अध्ययनरत विद्यार्थीलाई करोडौँ रुपियाँ खर्च गरी विमान ‘चार्टर’ गरी नेपाल ल्याउने र राज्यकोषकै सम्पूर्ण खर्चमा क्वारेन्टिनको व्यवस्था गर्ने सरकारले भारतबाट आफैँ फर्किएका नेपालीको उचित व्यवस्थापन एवम् क्वारेन्टिनको बन्दोबस्त किन गरेन भन्ने प्रश्न टड्कारो छ । सरकारको अकर्मण्यताबाट सिर्जित सन्त्रासले नेपालीलाई गाँज्न थालेको छ ।
ज्यान खतरामा राखी महाकाली नदीमा पौडी खेलेर सीमा पार गरी स्वदेश पुगे हजारौँ नेपाली । नेपाल सरकारले कि त भारत सरकारलाई आवश्यक बन्दोवस्त गर्न मनाउन सक्नुपथ्र्यों वा आफ्नो देशमा उपयुक्त क्वारेन्टिनको व्यवस्था गर्न सक्नुपथ्र्यो । नेपाली सीमामा अलपत्र परेका नागरिकमध्ये कोरोना सङ्क्रमित पनि भएको भेटिएपछि बल्ल सरकारको चेत खुल्यो । सयौँ मानिसबीच उठबस भइसकेपछि खुलेको चेतको के अर्थ ¤ अहिले ती सङ्क्रमितसँग को कसको सम्पर्कमा आयो भनी ‘ट्रेसिङ’ गरिँदै छ । यसैलाई भनिन्छ ‘…पछि दैलो देख्ने ।’ सरकारको कूटनीतिक असफलता, सम्भावित परिणामको आँकलन गर्ने असक्षमता र स्रोत परिचालनमा ढिलाइको कारण कर्णाली र सुदूरपश्चिमका लाखौँ नागरिक सन्त्रासमा बाँच्नुपर्ने परिस्थिति आएको छ । काठमाडौँको सङ्घीय सरकार बेकामको छ भनौँ भने प्रदेश सरकारहरूको काम के हो ?
आखिर राज्यको आवश्यकता के को निम्ति ? समाजमा थिति बसाल्न नै नागरिकले आफ्नो अधिकार राज्यलाई सुम्पेको हुन्छ, राज्यले तोकेबमोजिमको कर त्यही कामको निम्ति तिरेको हुन्छ नागरिकले । राजनीतिशास्त्रका सामान्य विद्यार्थीले बुझ्ने सिद्धान्त यही हो । यो महामारी फैलिएला भनेर औषधी र अन्य बन्दोबस्तीका सामान वा उपकरणको निम्ति खर्च गर्नुभन्दा क्वारेन्टिन व्यवस्थाको निर्णय गर्नु नै उपयोगी, सरल र किफायती हुन्थ्यो । तर, सरकारले स्वक्वारेन्टिनको व्यवस्था गर्ने घोषणा गर्दै सबलाई घरघर जान दिएपछि भयावह स्थिति उत्पन्न भयो । देशलाई नै लकडाउनमा राख्नुपर्ने स्थिति आयो । शासकहरू भविष्यद्रष्टा हुनसकेका भए नेपालीले यस्तो दुःख भोग्नुपर्ने नै थिएन ¤
गोरु ब्याउने आशा
वाचाअनुसार काम नगर्नेलाई ढोङ्गी वा पाखण्डी भनिन्छ । कर्णाली प्रदेश सरकार एकातिर एक हजार जनाको क्वारेन्टिन बनाएको प्रचार गर्छ तर भारतबाट फर्किएका नागरिकलाई आवश्यक १४ दिनसम्म क्वारेन्टिनमा नराखी मन्त्रीकै सक्रियतामा गाडी रिजर्भ गरी घरघर पठाउने काम गर्छ । ३ सय मानिसलाई ३ वटा गाडीमा सुुरक्षित घरघर पठाउँदा तत्कालको निम्ति प्रदेश सरकारको काँध केही हलुको भएको होला, घर जान पाउने मानिस पनि खुसी होलान् । तर, कदाचित् त्यसैकारण भाइरस गाउँ पस्यो भने परिस्थिति मुख्यमन्त्रीको नियन्त्रणभित्र रहन्न भन्ने कुरा सर्वशक्तिमान देशको हविगतले देखाइसकेको छ । विश्वको विकसित देशमा समेत रोग नियन्त्रण गर्न सकिएको छैन । नेपालमा ‘भगवान भरोसा’ भनेर काम गर्ने यस्ता मन्त्रीहरूलाई अविलम्ब बर्खास्त होइन, जनताले प्रत्याह्वान गर्न सुरु गर्नुपर्छ । केही राहत दिएको भ्रममा पारी धमिलो पानीमा माछा मारिरहने पार्टीका नेता तथा कार्यकर्ता रहुन्जेल नागरिकको टाउकोमाथि ‘डेमोकल्सको तरबार’ झुण्डिइरहन्छ । जनताको नाममा जनतालाई नै ‘बलिको बोको बनाउने’ वा जहिलेसुकै थाङ्नामा सुताउने काम भइरहने तर जनताले आफू ठगिएको चालै नपाउने परिस्थितिको अन्त्य नभएसम्म परिवर्तनको आशा गर्नु गोरु ब्याउने आशा गर्नुमात्र हुनसक्छ ।
भाइरसमा चाँदीको घेरा
कोभिड–१९ ले मानव समाजलाई दुःखमात्रै दिने होइन बरु सा¥है महत्वपूर्ण शिक्षा पनि दिनेछ, यसलाई नकारात्मक शिक्षा भन्नु उपयुक्त हुन्छ । मानिसले प्रकृतिलाई नियन्त्रण वा बसमा लिन सक्दैन, बरु प्रकृतिसँगको मित्रता र उसको लहरमै हेलिनु जरुरी भएको सन्देश दिएको छ कोभिड–१९ ले । कर्णाली प्रदेशमा पनि केही सकारात्मक कुरा देखिएका छन् । सरुवा रोगको कारण अरू नभई फोहर हो भन्ने चेतना जागेको छ । गाउँतिर पनि साबुनपानीले हात धुने अभ्यासको सुरुआत भएको छ, नाकमुख छोपेर हिँड्ने, हाँछ्यू गर्दा वा खोक्दा नाकमुख छोप्ने बानीको विकास भएको छ । कुनै भूतप्रेत, पिसाच वा देउता लागेर नभई आँखाले नदेखिने जीवाणु शरीरमा प्रवेश गर्दा रोग लाग्छ भन्ने सन्देश गाउँगाउँमा यति चाँडो वा छोटो अवधिमा फैलिनु पनि सकारात्मक मान्न सकिन्छ । पहाडका कुना कन्दरामा पनि भीडभाडमा हिँड्दा स्वासप्रस्वासम्बन्धी रोग सर्नसक्छ भन्ने चेतना पलाएको छ । मन्दिर आफै रोग सङ्क्रमणको केन्द्र बन्नसक्छ भन्ने चेतावनीले मानिसको मथिङ्गल घुम्दै छ । यो सन्देशलाई व्यवहारमा उतार्दा आउने परिणामबाट मानिस अब बढ्ता प्रशिक्षित हुनेछन् । सयौँ वर्षदेखिका अन्धविश्वासको किल्लामा धाँजा फाट्नु अग्रगतिकै सङ्केत हो ।
मानिस सबभन्दा सुसङ्गठित सामाजिक प्राणी हो । सँगै बस्न रुचाउने समाजका सदस्यलाई सँगै नबसौँ भन्नुको अर्थ असामाजिक हुनु भन्ने अर्थमा लिनु उपयुक्त हुन्न । मानिसले सामाजिक दुरी कायम गर्नुको अर्थ निमोर्ही हुनु होइन भन्ने प्रचार हुनु पनि जरुरी छ । एकान्तबासमा बस्नुको अर्थ परिवार र समाजबाट रोग सर्ने सम्भावनालाई नकार्नु हो । सँगै बस्नुमात्र होइन, छुट्टै बस्नु पनि प्रेम हो भन्ने परिभाषित गर्नु जरुरी छ । अब कोही सङ्क्रमित भइहाले आफन्तसँग भेटघाट गर्ने पुरानो चलनमा थोरै परिमार्जन गर्नुपर्ने हुन्छ । जसरी सघन उपचार कक्षमा राखिएको बिरामीसँग टाढैबाट देखभेट गरिन्छ, त्यसरी नै कोही कोरोना सङ्क्रमित इष्टमित्रसँग भेटघाट गर्नुपर्ने हुन्छ । कोही बिरामी परिहालेको खण्डमा त्यसलाई छिः छिः दुरदुर गरिएको खण्डमा रोगीको प्रतिरोधात्मक क्षमता घट्न सक्छ । बरु आवश्यक वैज्ञानिक सावधानी अपनाई बिरामीलाई सान्त्वना, हौसला वा ढाडस दिनको निम्ति आफन्तजनको उपस्थिति जरुरी हुन्छ । आफन्तलाई सर्ने पक्का भएको हुँदा रोगीले आफन्तसँग भेट नगरौँ ! बरु निको भएपछि भेटौँ भन्ने मनमा राखौँ !
Leave a Reply