“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
काठमाडौँ, २५ चैत ।
चीन
कोभिड–१९ महामारीको दुई महिनायता चीनमा मंगलबार कोही पनि मृत्यु भएन । चीनमा कोभिड–१९ बाट ८१,७४० बिरामी भएकामध्ये हालसम्म ९४ प्रतिशत निको भई घर फिर्ता भएको र ३,३३१ जना मृत्यु भएको छ । चीनभरि १,०३३ मात्र यो भाइरसका बिरामी छन् । यतिबेला उहानमा रगतको अभाव छ । स्थानीय सरकारले नागरिकलाई रक्तदानको लागि अपिल गर्दै छ । उहानमा कोभिड–१९ नियन्त्रण गर्न फिल्म निर्मातादेखि औषधि ढुवानीकर्तासम्मले स्वैच्छिक सहयोग गरेका थिए । कोभिड–१९ नियन्त्रणको लागि आवश्यक गुणस्तरीय परीक्षण किट्स, चिकित्सक मास्क, सुरक्षा पोशाक, भेन्टिलेटर, थर्मोमिटर उत्पादन गर्ने चिनियाँ कम्पनीहरूले निर्यातको बेला भन्सारमा गुणस्तरसम्बन्धी कागज पेश गर्नुपर्ने गरिएको छ । उहानमा कोभिड–१९ बिरामी उपचारको लागि पुगेका पेइचिङका डाक्टरहरू फिर्ता भए । चीनले कोभिड–१९ नियन्त्रण गर्ने शक्ति जनताको एकता नै भएको बताएको छ । एसियाली पूर्वाधार लगानी बैड्ढले कोभिड–१९ महामारीको कारण खस्केको जनस्वास्थ्यलाई सुधार गर्न सदस्य देशमा ३० करोड ५० लाख डलर लगानी गर्दै छ । चीनले कोभिड–१९ नियन्त्रण गर्न क्युवालाई स्वास्थ्य उपकरणहरू सहयोग गर्यो ।
संरा अमेरिका
अमेरिकामा धनी र गरिबबीचको खाडल धेरै भएकोले कोरोना सङ्क्रमण र यसबाट मृत्यु हुने बढेको विश्लेषकहरू बताउँछन् । न्युयोर्कमा एकसयजना अमेरिकी धनीहरू बस्छन् । तर, त्यही कोभिड–१९ को सङ्क्रमण केन्द्र बनेको छ । सल्लाहकारहरूले जनवरीमै राष्ट्रपति ट्रम्प र त्यहाँका अधिकारीहरूलाई कोभिड–१९ को भयावह स्थिति उत्पन्न हुनेबारे चेतावनी दिएका थिए । तर, त्यसबेला ट्रम्प यो जोखिमलाई बेवास्ता गर्दै थिए । ट्रम्पको व्यापारिक सल्लाहकार पेटर नाभारोले जनवरीको अन्त्यतिरै यो महामारीको सड्ढेत र यसबाट हुने आर्थिक र मानवीय क्षतिबारे जानकारी दिएका थिए । अमेरिकी विश्लेषकहरूले कोभिड–१९ सङ्क्रमणमा १ लाखदेखि २ लाख अमेरिकीको मृत्यु हुने अनुमान गर्दैछन् । यसकारण अमेरिकामा अप्रिल महिनाको लागि थप ४५ हजार स्वास्थ्यकर्मी आवश्यक हुनेछ ।
नेपाल
चैत १ देखि १० गतेसम्म ६५ देशबाट २० हजारभन्दा बढी नेपालमा फर्केकाहरू क्वारेन्टिनमा छैन । उनीहरूबाटै स्थानीयरूपमा कोभिड–१९ सङ्क्रमण फैलिने खतरा छ । देशभर ९ हजार क्वारेन्टिनमा रहेकामध्ये १,७९७ को मात्र परीक्षण भएको छ । ठूला उद्योग सञ्चालन र निर्माण कार्यमा मजदुरहरूको भीड तथा सामूहिक भोजन यथावत रहेकोबाट कोरोना सङ्क्रमणको सम्भावना हुनेछ । कोरोनाभाइरस नियन्त्रणमा खटिने ५० हजार महिला स्वयम्सेविकाले सुरक्षित उपाय भएमात्र काम गर्ने बताए । अछामको बयलपाटामा कोभिड–१९ आशड्ढितहरूको स्वाव लिन सुरक्षा सामग्रीबिना हेलकोप्टर पुग्यो । स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसि· नब्बे प्रतिशत सम्पन्न भएको दाबी गरे तर विश्वास गर्ने आधार छैन । सरकारले दैनिक ज्यालादारीलाई यतिखेर खाद्यान्न वितरण गर्ने बताए पनि अधिकांश स्थानीय तहका जनप्रतिनिधिले आपूmखुसी आफ्ना मतदातालाई राहत बाँडे । सुदूरपश्चिममा कोभिड–१९ सङ्क्रमित उपचार र आशड्ढित पत्ता लगाउन आवश्यक विशेषज्ञ डाक्टर र उपकरण छैन । यो अवस्थामा सत्ताधारी नेकपाको सचिवालयको म·लबारको बैठकको कुनै अर्थ लाग्नेछैन ।
विभिन्न देश
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोभिड–१९ सङ्क्रमण भएपछि लन्डनस्थित सेन्ट तमसेज अस्पतालको सघन उपचार कक्षमा राखिएको छ । यतिबेला प्रम जोन्सनले विदेशमन्त्री डोमिनिक राबलाई आफ्नो तर्फबाट जिम्मेदारी सम्हाली दिन अधिकार दिएका छन् ।
पाकिस्तानी विदेशमन्त्री क्युरेशीले विश्व नै कोभिड–१९ को चुनौतीमा रहेको बेला यसलाई नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक भएको बताए ।
ट्रम्पले कोभिड–१९ बिरामी उपचार गर्न हाइड्रोक्सीक्लोरोक्वीन नपठाए दुई देशको सम्बन्धमा फरक पर्ने चेतावनी दिएपछि भारतले सीमित निर्यात गर्ने अनुमति दियो । तर, कतिपय अमेरिकी डाक्टर र औषधविज्ञहरूले यसबाट कोभिड–१९ बिरामी उपचार हुने आधारहीन बताए ।
फिलिपिन्सका वरिष्ठ स्वास्थ्य अधिकारीहरूले कोभिड–१९ नियन्त्रण गर्न चीनबाट जानकारी प्राप्त भएको र यो व्यवहारिक हुने बताए ।
इन्डोनेसियामा कोभिड–१९ बाट २४ जना डाक्टरको मृत्यु भयो ।
रूसले कोभिड–१९ नियन्त्रण गर्ने सरकारी घोषणाविपरीत बाहिर निस्कनेहरूको अनुहार पहिचान गरी प्रहरीबाट पक्राउ गराउने सफ्टवेयर तयार गर्यो ।
मजदुर दैनिक, २०७६ चैत्र २६ गते
Leave a Reply