नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
-क्रिश्चिना
कान्तिपुर, दैनिकको २७ चैत २०७६ को समाचारअनुसार विश्वका मुख्य–मुख्य देशको परिस्थिति निम्न छन् –
१) संरा अमेरिका – ४ लाख ४ हजार ५ सय जनाभन्दा बढी सङ्क्रमित, १२ हजार ९ सय ११ जना मृत्यु र १९ हजार ८ सय ४३ जना स्वास्थ्य लाभ (दुई दिन पुरानो तथ्याङ्क)
२) स्पेन – १ लाख ४६ हजारभन्दा बढी सङ्क्रमित, १४ हजार ५ सय ५५ जना मृत्यु र स्वास्थ्य लाभ ४६ हजार २ सय ८ जना (दुई दिन पुरानो तथ्याङ्क)
३) इटाली– १ लाख ३५ हजारभन्दा बढी सङ्क्रमित, १७ हजार १ सय २७ जना मृत्यु र २२ हजार ८ सय ३२ जना स्वास्थ्य लाभ (दुई दिन पुरानो तथ्याङ्क)
४) चीन– ८२ हजार ८ सय ९ जना सङ्क्रमित, ३ हजार ३ सय ३७ जना मृत्यु र ७७ हजार १ सय ६७ जना स्वास्थ्य लाभ (दुई दिन पुरानो तथ्याङ्क)
५) भारत – ५ हजार ४ सय ८० जना सङ्क्रमित, १ सय ६४ जना मृत्यु
विश्वमा १४ लाख ४७ हजारभन्दा बढी सङ्क्रमित र ८३ हजार ४ सय जनाभन्दा बढी मृत्यु भइसकेका छन् भने २ दिन पुरानो तथ्याङ्कअनुसार स्वास्थ्य लाभ गरिसकेकाहरूको सङ्ख्या २ लाख ९३ हजार छ ।
कोभिड–१९ बाट सङ्क्रमितमा विश्वकै मृतकहरूको २१ प्रतिशत र स्वास्थ्य लाभमा ७९ प्रतिशत छ भने चीनको मृत्यु प्रतिशत ३ मात्र छ ।
उमेरको हिसाबले ८० वर्ष नाघेकोमा १४.८ प्रतिशत मृत्यु भए, ७०–७९ उमेरका ८.० प्रतिशत र ६०–६९ उमेरको ३.७ प्रतिशत तथा ५०–६० उमेरको १.३ प्रतिशत र १०–४० उमेरका ०.२ प्रतिशत मृत्यु भएको रेकर्ड छ । त्यसमध्ये पुरुषको मृत्युदर २.८ प्रतिशत र महिला– १.७ प्रतिशत छ ।
माथिको तथाङ्कबाट कोभिड– १९ ले ज्येष्ठ नागरिकहरूको मृत्यु प्रतिशत बढ्नुको कारण सम्भवतः शारीरिक दुर्बलता हुनसक्ने अनुमान गर्न सकिन्छ । कोभिड–१९ बाट मृत ज्येष्ठ नागरिकहरू विभिन्न रोगबाट पीडित प्रतिशत निम्न छन्–
१) मुटुसम्बन्धी रोगी – १३.२ प्रतिशत
२) चिनी रोगी – ९.२ प्रतिशत
३) दीर्घ रोगी – ८.० प्रतिशत
४) उच्च रक्तचाप – ८.४ प्रतिशत
५) क्यान्सर – ७.६ प्रतिशत
७ अप्रिल २०२० अर्थात् २५ चैत २०७६ को इन्टरनेटको रेकर्डअनुसार विश्वका कूल कोरोना सङ्क्रमितमध्ये चीनमा ५.९९ प्रतिशत अर्थात् ८१ हजार ७ सय ४० जना सङ्क्रमित थिए भने विश्वका केही देशहरूमा ९४.०१ प्रतिशत
(१२,८३,६२५) सङ्क्रमित थिए ।
यसको परिणाम के होला ?
कोभिड–१९ अन्य भाइरस रोगजस्तै सुषुप्तरूपमा मानिसहरूमा रहने र रुघाखोकीजस्तै कमजोर हुनासाथै व्यक्तिमा देखापर्ने छ । यसको अर्थ आजको महामारी नियन्त्रण भए पनि यो रोग व्यक्ति–व्यक्तिमा रहिरहने भयो अर्थात् ६० भन्दा बढी उमेरका ज्येष्ठ नागरिकहरू रोग लागी मृत्यु हुने सम्भावना बढी हुने भयो र त्यसको परिणाम सोच्नु जरुरी छ ।
१) मानिसको आयु घट्नेछ,
२) पाका मानिस वा आलोचनात्मक दृष्टिकोण राख्नेहरूको सङ्ख्या संसारमा कम हुनेछन् ।
३) यसको अर्थ चीनमा ३ प्रतिशत र संसारमा ९७ प्रतिशत चिन्तकहरूको कमी हुनेछ ।
४) काम गर्नसक्ने युवाहरूको कमी हुनेछैन । यसले संरा अमेरिका, अस्ट्रेलिया, क्यानडा, युरोपजस्ता औद्योगिक देशहरूको निम्ति श्रम शक्तिको कमी हुनेछैन ।
५) इतिहास बताउने र आलोचनात्मक दृष्टिकोण राख्ने विचारकहरूको कमीले ‘नाफा’ मुखी प्रवृत्तिको विकास हुनेछ ।
६) कोभिड–१९ ले पश्चिमलाई ‘श्रमशक्ति’ पाइरहने विकासशील देशहरूको जनसङ्ख्या घट्ने र अमेरिकी बुद्धिजीवी डीन एचेनसन (ब्अजभकयल) को ‘जनसङ्ख्या वृद्धिले क्रान्ति हुने’ भ्रमबाट काम गरेको देखिन्छ ।
फरक–फरक डाक्टरहरू
विश्व र सिङ्गो मानव जाति अहिले महाव्याधिको रूपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को संङ्क्रमणविरुद्ध लड्दै छ । कोभिड–१९ को र्सङ्क्रमण र त्यसबाट मृत्यु हुनेको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । तर, नेपालमा कोरोनाको महामारीमा बिरामीको सेवामा खटिनुपर्ने डाक्टर र अस्पताल नै नगएपछि बर्खास्तीमा परेका छन् ।
‘कोरोनाको बिरामी जाँच्नुपर्छ भनेर अस्पताल नै नजाने पाँच डाक्टर बर्खास्त’, भन्ने शीर्षकमा प्रदेश ५ को बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत पाँच डाक्टरमा डा. वरदान वली, डा. ताराप्रसाद शर्मा, डा. प्रकाश न्यौपाने, डा. सुवासचन्द्र चौधरी र डा. प्रकृति कार्कीलाई सेवाबाट हटाइएको छ । (नयाँ पत्रिका २७ चैत २०७६)
त्यस्तै स्वास्थ्य क्षेत्रमा सङ्कट आइरहेको बेला आयरल्यान्ड, हङ्गेरी, बेलायत, फ्रान्सलगायत देशका राजनीतिज्ञ, सांसद, समाजसेवी, मोडललगायतले हाल आफूले अँगालिरहेको पेशा त्यागेर पुनः स्वास्थ्य सेवामा फर्र्किएका छन् । यसरी फर्किनेमा आयरल्यान्डका कार्यवाहक प्रधानमन्त्रीदेखि यसै वर्ष मिस इङ्गल्यान्डको ताज पहिरिएकी सुन्दरीसमेत छिन् ।
आयरल्यान्डका कार्यवाहक प्रधानमन्त्री लियो भरदकर राजनीतिमा प्रवेश गर्नुअघि प्रख्यात चिकित्सक थिए । तर, कोरोनाले विश्वव्यापी महामारीको रूप लिएसँगै उनी पुनः पुरानै पेसामा फर्के ।
वासा मुखर्जी ‘मिस इङ्गल्यान्ड २०१९’ आफ्नो देशमा कोरोना भाइरसको जोखिम अनियन्त्रित बनेसँगै पहिले काम गर्ने अस्पतालमा सेवा प्रदान गर्ने स्वीकृति पाएकी छिन् ।
युरोपेली युनियनकी सांसद सेच पनि हङ्गेरीको राजधानी बुढापेस्टको एक अस्पतालमा स्वयम्सेवक बनेकी छिन् ।
‘फ्रान्सेली राजनीतिज्ञको समूह नै स्वास्थ्य सेवामा फर्कियो’ भन्ने शीर्षकमा सत्तारुढ दल रिपब्लिक इन मार्चीको तर्फबाट त्यहाँको तल्लो सदनमा प्रतिनिधित्व गर्ने सांसद थोमस मेसनिर, ला फ्रान्स इन्सोउमाइज पार्टीका सांसद क्यारोलाई फिट तथा सोसलिस्ट पार्टीका सिनेटर बर्नाड जोमियार र भरोनिक्वु गिउलोटिन पनि स्वास्थ्य सेवामा फर्केका छन्
Leave a Reply