नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
काठमाडौँ, २९ चैत । कोभिड–१९ बाट थला परेको उहानमा बुधबार ६ लाख २० हजारभन्दा बढी यात्रुले सार्वजनिक यातायात प्रयोग गरे । यो सहर ७६ दिनपछि बुधबार पूर्णरूपमा खुलेको थियो । बस, ट्याक्सी, डुङ्गा र जमिनमुनिको रेल सबै सञ्चालन भयो । उहानको जनजीवन सामान्य भयो । यहाँका जनताले सङ्क्रमित बिरामीको उपचार गर्ने स्वास्थ्यकर्मीहरूलाई सदा सम्झिरहने छन् । उहानवासीले क्वा·तो·बाट आएका २०० जना स्वास्थ्यकर्मीहरूलाई बिहीबार बिदाइ गरे । यो सहयोग गर्ने स्वास्थ्यकर्मीको अन्तिम समूह हो । राष्ट्रपति सी चिनफिङले भाइरस नियन्त्रण गर्न उहानमा महत्ववपूर्ण भूमिका निर्वाह गरेका सामाजिक कार्यकर्ताहरूको प्रशंसा गरे । चीनमा बुधबार विदेशबाट चीन फर्केका ६१ चिनियाँसँग सङ्क्रमण देखियो भने दुई जना चीनकै थिए । दुई जनाको थप मृत्यु भयो । ५६ जनासँग लक्षण देखिए पनि परीक्षणबाट पुष्टि गर्न बाँकी छ ।
राष्ट्रपति सीले दक्षिण अफ्रिकी समकक्षी सिरिल रामाफोसासँगको फोनवार्तामा अफ्रिकी देशहरूमा कोभिड–१९ नियन्त्रण गर्न र रोगप्रतिरोधी क्षमता बढाउन चीनको सहयोग चालू रहने बताए । राष्ट्रपति सीले टर्कीका समकक्षी रेसेप टायिप इर्डोगानसँगको फोन सम्पर्कमा टर्कीमा कोभिड–१९ नियन्त्रण गर्न आवश्यक उपकरण सहयोग गर्ने बताए । इटालीमा कोभिड–१९ नियन्त्रण लक्ष्य पूरा गरी चीनको तेस्रो समूहका डाक्टर बुधबार पेइचिङ फिर्ता भए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१४ मा पश्चिम अफ्रिकाबाट न्युयोर्क आएका डाक्टरहरूसँग इबोला भए तत्कालीन राष्ट्रपति ओबामाले अमेरिकी जनतासँग माफी माग्नुपर्ने र राजीनामा गर्नुपर्ने बताएका थिए । शनिबारसम्म अमेरिकामा ५ लाखभन्दा बढी कोभिड–१९ सङ्क्रमित र १८ हजार ७०० भन्दा बढीको मृत्यु भयो । के यो स्थितिमा राष्ट्रपति ट्रम्पले राजीनामा गर्नुपर्दैन ?
ट्रम्प प्रशासनले पुस १८ गते कोभिड–१९ को सङ्क्रमण विस्फोट हुने जानकारी पाएको थियो । अमेरिकी संसद् सदस्य चुक स्कमरले माघ १२ गते स्वास्थ्य सङ्कटकाल घोषणा गर्नुपर्ने माग गरेका थिए । माघ ४ गते पनि ट्रम्पलाई यो भाइरस सङ्क्रमणको गम्भीरताबारे सुझाएका थिए । त्यतिबेला ट्रम्प गल्फ खेलेर समय बिताउँदै थिए । माघ ५ गते अमेरिकामा यो भाइरसबाट सङ्क्रमित पहिलो बिरामी देखिएको थियो । फागुन २० गते सङ्क्रमणबाट पहिलो अमेरिकीको मृत्यु भएको थियो । त्यसपछि पनि ट्रम्पले धेरै राम्रो काम गरिरहेका छौँ भनेका थिए । ट्रम्पले फागुन ३० गते राष्ट्रिय सङ्कट घोषणा गरे । तर यातायात, कारखाना, स्टोर सबै सञ्चालन गर्न उनले छुट दिए ।
अहिले ट्रम्प कहिले चीन र कहिले विश्व स्वास्थ्य सङ्गठनलाई आरोप लगाउँदै छन् । सीप नभएका मानिस आफ्नै ज्यावलसँग रिसाउँछन् भनेको यही हो । ट्रम्प अहिले मलेरियाको औषधि हाइड्रोक्सीक्लोरोकुइन भारतबाट खरिद गरी सङ्क्रमित बिरामीको उपचार गर्दै छन् । उनले हाइड्रोक्सीक्लोरोकुइन पठाएकोमा भारतीय प्रमलाई धन्यवाद पनि दिए । तर, अमेरिकी वैज्ञानिकहरू हाइड्रोक्सीक्लोरोकुइनले यो भाइरस सङ्क्रमितको उपचार नहुने बताउँदै छन् । बरू ट्रम्पकै व्यापारिक साझेदारले हाइड्रोक्सिक्लोरोकुइन अमेरिकालगायत देशमा बिक्री गर्ने समाचार सार्वजनिक भइरहेको छ । शुभलाभ वा नाफाको लागि राजनीतिमा आएका ट्रम्पको कारण अमेरिकी जनताले थप पीडा व्यहोर्नुपर्ने लक्षण देखिँदै छ ।
Leave a Reply