ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
रसिक
वडाध्यक्ष ः नमस्ते, अभिवादन छ सबैलाई । कोरोना भाइरस रोग (कोभिड – १९) सङ्क्रमणको चेपटामा आज विश्वका सबै जनता त्रसित छन् । सबैतिर लकडाउन गरिएको छ । सामान्य रुघाखोकी, ज्वरो र ढाड वा कम्मर दुख्दा पनि कोरोना हो कि भनी शङ्का गर्ने र उच्च सतर्कता अपनाउनुपर्ने अवस्था छ । कहीँ पनि मानिसको जनजीवन सहज छैन ।
यस्तो कठिन परिस्थितिमा म विभिन्न देशमा अध्ययनरत नेपाली साथीहरूसँग आज छोटो भिडियो कन्फरेन्स गर्दै छु । मसँग आज चीन, अस्ट्रेलिया, दक्षिण कोरिया र संरा अमेरिकामा बस्ने मित्रहरू अनलाइनमा हुनुहुन्छ । यहाँहरू सबैलाई हार्दिक स्वागत छ । यहाँहरूले पालैपालो सङ्क्षिप्तरूपमा आ–आप्mनो धारणा राख्नुहोला । म एकजना स्थानीय जनप्रतिनिधिको नाताले यहाँहरू बसिरहनुभएको देशको अवस्थाबारे यहाँहरूका अभिव्यक्तिलाई नेपाली जनताले बुझ्ने भाषामा बुझाउने प्रयास गर्नेछु ।
चीनमा पढ्ने विद्यार्थी ः नमस्ते सबैलाई । म चीनको कुनमिङको एउटा विश्वविद्यालयमा जलविद्युत् इन्जिनियरिङमा पिएचडी गर्दै छु । गत डिसेम्बरको अन्तिम साता चीनको उहानमा कोरोना भाइरसको महामारी फैलिँदा हामी सबै त्रसित बनेका थियौँ । चिनियाँ सरकारले समयमै बुद्धि पु¥याएर देशव्यापी लकडाउनको घोषणा गरी बिरामीको उपचार कार्यलाई तीव्र बनाएको थियो । चिनियाँ जनता मात्र नभई यहाँ रहेका सबै विदेशीहरूको दैनिक जनजीवनमा अप्ठेरो नआओस् भनी चिनिया सरकारले विशेष ध्यान दिएको थियो ।
यसैबीचमा उहान सहरलगायत चीनका विभिन्न सहरमा रहेका नेपाली विद्यार्थीले नेपाल फर्कन पाऊँ भनी नेपाल सरकारसँग आग्रह गरेका थिए । मलाई पनि नेपाल फर्कनको लागि अनुरोध गरिएको थियो । आप्mनो पढाइ र भविष्य निर्माणको लागि चीन सरकारले मलाई निःशुल्क छात्रवृत्तिमा पढाइरहेकै छ । यो गुण म बिर्सन सक्दिनँ । आज चीनलाई अप्ठेरो पर्दा म यहाँबाट भागेँ भने मलाई यहाँको सरकार र जनताले कसरी हेर्लान् भन्ने दुविधा उत्पन्न भयो । त्यसमाथि कथंकदाचित म पनि कोरोना सङ्क्रमित भएँ भने मेरै कारणले नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई यो रोग सारेर अर्को ‘पाप’ बोक्नु पनि उचित देखिनँ । चिनियाँ सरकारले जस्तै नेपाल सरकारले बिरामीको उपचार सेवा दिन सक्छ भन्ने पनि लाग्दैन । त्यसैले मैले कठिन परिस्थितिमा नेपाल फर्कने निर्णय लिइनँ । बरु यतै बसेर रोगविरुद्ध चिनियाँ जनताको लडाइँमा ऐक्यबद्धता प्रकट गर्ने विचार गरेँ । बङ्गलादेश, घाना, तान्जानिया लगायतका मसँगै पढ्ने साथीहरू पनि आप्mनो देश फर्केनन् ।
चिनियाँ सरकार र चिनियाँ जनताको साहसपूर्ण लडाइँले कोरोनामाथि आंशिक विजय प्राप्त ग¥यो । यस लडाइँमा यहाँका चिकित्सक, सुरक्षाकर्मी र केही सरकारी ओहोदाका व्यक्तिहरूले शहादत प्राप्त गरे । अहिले चीनको जनजीवन सामान्य अवस्थातिर फर्कँदै छ ।
रोगप्रति चिनियाँ जनताको सचेतना, उनीहरूको आत्मअनुशासन र चिनियाँ सरकारको अथक मेहनतको आज सारा संसारले प्रशंसा गर्दै छन् । नेपाली जनतामा यसबारे अझै पनि सचेतना नभएको र यो रोग नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारको फितलो तयारी देख्दा डर लाग्छ । नेपाल जस्तो देशमा यो रोगको महामारी फैलियो भने आधा जनसङ्ख्या समाप्त हुन्छ कि भन्ने अनुमान गरेको छु । यस्तो नहोस्, यही चाहन्छु । त्यसैले तपार्इँमार्फत म सबै नेपाली जनतामा समयमै यो रोगबारे सचेत बन्न र आत्मअनुशासनमा बस्न आग्रह गर्दछु ।
दक्षिण कोरियामा पढ्ने विद्यार्थी ः चीनमा कोरोनाको महामारी फैलिनेबित्तिकै यहाँको सरकारले उच्च सतर्कता अपनाएको देखियो । सडक र चोकमा ठूल्ठूला होर्डिङ बोर्ड राख्ने, सबैको फोनमा कोरोनाबारे सचेतनामूलक रिङ ब्याक टोन राख्ने काम गरियो । सडकका चोकहरू, रेल्वे स्टेसन, एयरपोर्ट, बस स्टप सबै ठाउँमा व्यक्तिगत सुरक्षा साधन (पीपीई) बुथ राखेर स्वास्थ्यकर्मीहरूले सबै नागरिक तथा विदेशीहरूको ज्वरो र ¥याल (स्वाव) परीक्षण गर्ने कार्यलाई तीव्र बनाए । परीक्षणको रिपोर्ट तुरुन्तै आउँथ्यो, शङ्कास्पद जतिलाई हेरचाहको छुट्टै (क्वारेन्टिन) मा राखिन्थ्यो । सङ्क्रमितहरूको उपचार तत्काल गरियो । यहाँका नागरिकहरू पनि सचेत देखिन्थे । यसले गर्दा यहाँ कोरोनाको महामारी फैलिन पाएन ।
छिमेकी देश उत्तर कोरियाको समाचार सुरुदेखि नै यहाँका केही सञ्चारमाध्यमहरूले प्रकाशित गरेका छन् । उत्तर कोरियाली सरकारले तत्कालै आप्mनो सिमाना सिल गरेको, सबै नागरिकलाई स्वास्थ्यकर्मीहरू घरघरमै पठाएर स्वास्थ्य जाँच गरेको, सबैलाई माक्स, साबुन र स्यानिटाइजर वितरण गरेको समाचार र फोटोहरू आइरहेका छन् । त्यहाँका सबै अस्पतालहरू बिरामीको उपचारको लागि तयारी अवस्थामा राखिएका छन् । दक्षिण कोरियाली सरकारभन्दा उत्तर कोरियाली सरकार जनताको स्वास्थ्यप्रति सचेत रहेको समाचार पढेको छु । तर, किन हो संसारभर उत्तर कोरियाको विषयमा भ्रामक समाचारहरू सम्प्रेषण गरियो । म त यसमा संरा अमेरिकालगायत शक्तिशाली देशहरूको राजनैतिक दुराशयले विश्वका अन्य देशहरूमा धेरै प्रभाव पारेको देख्छु । कम्तीमा रोगसँग लड्ने विषयमा सबै देश एकै ठाउँमा उभिएको भए राम्रो हुन्थ्यो भन्ने मेरो विचार छ ।
संरा अमेरिकामा पढ्ने विद्यार्थी ः म न्यू जर्सी नजिकै एउटा सानो सहरमा बस्छु । यहाँ म पढाइ सँगसँगै एउटा बेकरीमा काम गर्छु । अमेरिका नआउञ्जेलसम्म त मलाई अमेरिका स्वर्गै लाग्थ्यो तर अहिले त के हो के हो ? यहाँ त सङ्घीय सरकार पनि अरू देशमा भइरहेको स्वास्थ्य सङ्कटप्रति गम्भीर देखिँदैन, नागरिकहरू पनि रोगप्रति संवेदनशील छैनन् । प्रजातन्त्रको नाममा व्यक्तिवादी सोचभन्दा अरू केही देखिँदैन । पैसा हुनेहरू परीक्षण गर्छन् नहुनेहरू घरमै बस्छन् । अझ काम नगरी खानै नपाउने स्थिति छ । कसैलाई कसैको मतलब छैन । यहाँ त सामाजिक भावना भन्ने नै छैन कि भन्ने लाग्छ ¤
पछिल्लो समयमा न्यूयोर्क सहरमा कोरोनाको महामारी फैलिएको छ । अमेरिकाका अन्य राज्य र सहरहरूमा पनि क्रमशः कोरोना सङ्क्रमितहरू बढ्न थालेका छन् । यहाँको सरकारले इच्छाशक्ति देखायो भने रोग नियन्त्रण गर्न गा¥हो नहोला भन्ने लाग्छ । तर, राष्ट्रपति नै चीन, क्युवा, भेनेजुयला, इरानलगायतका देशलाई गाली गर्नमा मात्र व्यस्त देखिन्छन् । विश्व स्वास्थ्य सङ्गठनका प्रमुखसँग अनावश्यक आरोप प्रत्यारोपमा उत्रेका छन् । अमेरिकी जनता हतास मानसिकतामा छन् ।
अस्ट्रेलियामा पढ्ने विद्यार्थी ः मलाई त तपार्इँसँग कुरा गर्न अप्ठेरो लागिरहेको छ वडाध्यक्षज्यू ¤ विनाशकारी डढेलोले अस्ट्रेलियामा विध्वंस मच्चाइरहेको बेला मैले यहाँ आउने प्रकृया थालेको थिएँ । त्यतिबेला तपार्इँले अस्ट्रेलियाका जनता विपदसँग लडिरहेको बेला सहानुभूति दिनुपर्नेमा उनीहरूको देश गएर उल्टै किन दुःख दिन जान लागेको भनी मलाई सोध्नुभएको याद छ । मैले एकदम आग्रह गरी तपार्इँबाट सिफारिस लगेको थिएँ ।
आज म अध्ययनसँगै यहाँको रेस्टुरेन्टमा काम गरिरहेको छु । कोरोना भाइरसको महामारी फैलिएपछि यहाँको सरकारले आप्mना नागरिकको सुरक्षा मात्र हेर्ने र अन्य देशबाट आएका नागरिकहरूलाई सरकारले हेर्न नसक्ने बताइरहँदा हामी विचल्लीमा पर्ने भयौँ । म काम गरिरहेको रेस्टुरेन्ट पनि लकडाउनको कारण बन्द भयो । काम नभएर खर्च धान्न मुश्किल भइरहेको छ । घरबाट पैसा माग्ने आँट पनि छैन ।
यहाँका विभिन्न सहरहरूमा मजस्ता हजारौँ नेपाली नागरिक बन्दाबन्दी (लकडाउन) का कारण कष्टसाध्य जीवन बिताइरहेका छन् । हामी त घरको न घाटको भइरहेका छौँ । नेपाल सरकारले चीनबाट नेपाली विद्यार्थीलाई नेपाल फर्काएजस्तै हामीलाई पनि फिर्ता लिन आउनुपर्छ भनी आश गरिरहेका छौँ । तपार्इँमार्फत नेपाल सरकारलाई हाम्रो जीवन रक्षाको लागि अनुरोध गर्दछौँ ।
वडाध्यक्ष ः धेरै – धेरै धन्यवाद ¤ १५ मिनेटको यो छोटो भिडियो कन्फरेन्समा तपार्इँहरूले आ–आपूm बसेको देशमा कोरोना भाइरसको महामारीको कारण देखापरेको समस्याबारे जानकारी दिनुभयो । मैले आज इटालीको सरकारी अस्पतालमा नर्स भई सेवारत नेपाली साथीसँग सम्पर्क गर्ने प्रयास गरेको थिएँ । कोरोनाबाट अति प्रभावित देश भएकोले शायद उनी अस्पतालमा बिरामीको उपचारमा व्यस्त भएकी होलिन् ¤ त्यहाँका नागरिकको पीडादायक अवस्थाबारे विभिन्न सामाजिक सञ्जालहरूमा समाचार तथा श्रव्य सामग्री आएका छन् ।
यसबीचमा जापानमा अध्ययनरत साथीसँग पनि सम्पर्क गरेको थिएँ । उनी कोरोना सङ्कट आउनुभन्दा महिनादिन अघि नै नेपाल फर्केका रहेछन् । तथापि, उनको स्वास्थ्य अवस्थाबारे बुझेँ र केही समस्या भए चिकित्सकको परामर्श लिन सल्लाह दिएँ ।
विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू आफू बसेकै स्थानमा सुरक्षित रहन र निरन्तर चिकित्सकको सम्पर्कमा रहन आग्रह गर्दै यो छोटो भिडियो कन्फरेन्स अन्त्य गर्छु । धन्यवाद !
Leave a Reply