मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
काठमाडौँ, ५ वैशाख । विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ पहिचान गर्न, बिरामीको उपचार सुनिश्चित गर्न, स्वास्थ्यकर्मीको सुरक्षा पोशाक व्यवस्था र सूचना प्रवाह गर्न, सार्वजनिकरूपमा सल्लाह दिन, सरोकारवालालाई तालिम दिन, सुई र उपचारको अनुसन्धान गर्न विभिन्न देशलाई सहयोग गर्दै छ । तर, संरा अमेरिकी राष्ट्रपति ट्रम्पले यो विश्व स्वास्थ्य सङ्गठनलाई चीनतर्फ ढल्केको र सही सूचना प्रवाह नगरेको आरोप लगाई बजेट नदिने घोषणा गरे । यदि ट्रम्पले यो भाइरसबारे सूचना नपाएका भए जनवरी १५ मै चेतावनी जारी कसरी गरे ? चीनले यो भाइरस सङ्क्रमणलाई ढाकछोप गरेको छैन । चीनमा यो भाइरस सङ्क्रमण नियन्त्रण हुनुको मुख्य कारण ‘लकडाउन’ प्रभावकारी भएको हो ।
टेड्रोसले युरोपेली आयोगका अध्यक्षसँग यो भाइरस सङ्क्रमण नियन्त्रण गर्नेबारे फोनमार्फत छलफल गरे । उनले संरा सङ्घका ७०० सरोकारवालाहरूलाई यो भाइरस देखिएदेखि ‘लकडाउन’ र यसलाई हटाउन मिल्ने अवस्थाबारे जानकारी गराए । ‘लकडाउन’ हटाउन एउटा देशमा स्वास्थ्य प्रणाली राम्रो हुनुपर्ने, अस्पताल जोखिमरहित हुनुपर्ने, विद्यालय र कार्यस्थलहरू सुरक्षित हुनुपर्ने, आयातीत बिरामी भए उपचार व्यवस्थित हुनुपर्ने, समुदाय पूर्ण सचेत हुनुपर्ने उक्त सङ्घको मापदण्ड हो । ट्रम्पले अमेरिकामा ‘लकडाउन’ हटाउन चर्चा गर्दै छन् । तर, अमेरिकामा गरिबले उपचार नपाएको समाचार सार्वजनिक भइरहेको छ ।
अमेरिका र बेलायतको मृत्यु दरभन्दा स्पेन र इटालीमा घट्दो छ । स्पेनले गरिबलाई आधारभूत तलब दिने घोषणा गर्यो । ट्रम्प अमेरिकामा सङ्क्रमणको चुरो सकिएको अब सामान्य अवस्थामा फर्कने मिल्ने दाबी गर्दै छन् । तर स्थिति गम्भीर छ ।
चीनले पश्चिमा देशलाई अनावश्यक विरोध छोडेर भाइरस नियन्त्रणको सहकार्यमा लाग्न जोड दिँदै छ । बेलायतले यो भाइरस उत्पत्ति चीनको उहान ल्यावबाट भएको अमेरिकी आरोपलाई उछाल्दै छ । फ्रान्सले चीनको भाइरस नियन्त्रण कार्यलाई थाहा नभएको दाबी गर्दै छ । तर, चीनले यो भाइरसको इतिवृत्तान्त थेलीकाथेली सार्वजनिक गरेको छ । अमेरिकाको जैविक प्रयोगशाला नै यो भाइरसको स्रोत भएको खुल्दै छ ।
डेनमार्कमा यो भाइरस नियन्त्रण हुँदै विद्यालय खुल्दै छ । तर, युरोपेली कार बिक्री ५१.८ प्रतिशत घटेको समाचार छ । अमेरिकामा अहिले सार्वजनिक यातायातभन्दा साइकल चढ्ने बढेका छन् । चीनमा विद्यालय खुलेपछि जीमखानालाई विद्यार्थीको खाने ठाउँ बनाएर शारीरिक दूरी कायम गरिँदै छ । यतिखेर संसारमा स्वास्थ्यकर्मीको पोशाक एकहजार गुणा महँगी बढेको पनि समाचार छ ।
Leave a Reply