भर्खरै :

‘मूर्ख’ ट्रम्पको उल्टो बुद्धि


            संरा अमेरिकाका विभिन्‍न राज्यमा स्थानीय समयअनुसार शुक्रबार मानिसहरूले लकडाउन घोषणा नगर्न मागसहित प्रदर्शन गरे । केही राज्यमा भएका प्रदर्शनमा मानिसहरू हातहतियारसहित निस्केका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेषतः बिहीबार कोभिड–१९ को कारण ठप्प रहेको अर्थतन्त्र खोल्ने अवस्था तयार भएको र अर्थतन्त्र खोल्ने–नखोल्ने निर्णय राज्यका गभर्नरहरूको हातमा रहेको भनी ट्‍वीट गरेका थिए । राष्ट्रपतिको सो ट्‍वीटसँगै मानिसहरू आ–आफ्नो राज्यका सरकारलाई अर्थतन्त्र खोल्न माग गर्दै प्रदर्शनमा उत्रेका थिए । विशेषतः ट्रम्प समर्थकहरूले डेमोक्रेटिक दलसमर्थित गभर्नरहरूको नेतृत्व रहेका राज्यमा प्रदर्शन गरेका थिए । कोभिड–१९ महामारीको प्रतिरोधमा संसारका अधिकांश आज लकडाउनमा छ । पछिल्लो समय घातक महामारीको केन्द्र संरा अमेरिका बनेको छ । त्यहाँ दैनिक औसत दुई हजारको दरले मानिसको निधन भइरहेको छ । यस परिस्थितिमा संरा अमेरिकी सरकारले सावधानीका साथ कडा कदम चाल्ने आशा गर्नु स्वाभाविक हो । तर, संरा अमेरिकी राष्ट्रपतिकै उक्साहटमा उनका समर्थकहरू हातहतियारसहित अर्थतन्त्रमा लगाइएको रोक अन्त्य गर्नु मूर्खतासिवाय केही हुनसक्दैन ।
            कोभिड–१९ महामारीको आरम्भदेखि नै संरा अमेरिकी दक्षिणपन्थी नेतृत्वले सुरुदेखि नै मूर्खतापूर्ण कदम चाल्दै आएको छ । ‘चीनबाट फैलिन सुरु भएको’ भन्दै ट्रम्प र उनको मण्डलीले ‘उहान भाइरस’ र ‘चिनियाँ भाइरस’ को नामकरण गरेर संसारभर विद्वेष र विभाजनको बिजारोपण गरे । अमेरिकी जनतालाई ‘कोभिड–१९ भाइरस सामान्य फ्ल्यु जस्तै’ भएको  र ‘अमेरिकी जनतालाई यसले लछारपाटो लगाउन नसक्‍ने’ भन्दै ट्रम्प सरकारले झूट बोल्यो । अन्ततः संरा अमेरिका आज संसारकै सबभन्दा बढी कोभिड–१९ प्रभावित देश बनेको छ । यो महामारीबाट जोगिन मानिसले आपसमा दुरी कायम गर्ने र घरभित्रै सुरक्षित बस्‍नेपर्ने उपाय संसारभर लागू छ । तर, यो तरिकालाई ट्रम्पले चिनियाँ तरिका भन्दै अमेरिकामा यो उपचार अवलम्बन गर्न अस्वीकार गरे । बरु उल्टो अमेरिकी जनतालाई सडकमा हातहतियारसहित आउने उक्साए । ट्रम्पको यो मूर्खताको मूल्य संरा अमेरिकाले निकै चुकाउनुपर्ने हुनसक्छ ।
            नाफा नोक्सानको नापतौल गर्नमा पोख्त ट्रम्पले जनताको स्वास्थ्यलाई कुनै मूल्य नदिएको शुक्रबार ट्रम्प समर्थकहरूको प्रदर्शनबाट पुष्टि हुन्छ । अर्थतन्त्र जोगाउने नाममा अमेरिकी जनतालाई भाइरसको जोखिम बढ्ने ट्रम्प समर्थकहरूको प्रदर्शन आफ्नो खुट्टामा आफैले बञ्‍चरो हान्‍ने मूर्खता हो । चीनमा कोभिड–१९ भाइरस फैलाएर आफ्नो प्रतिस्पर्धामा आएको चिनियाँ अर्थतन्त्रलाई सधैंको लागि सिल्टीमुर खुवाउने योजनाका साथ कोभिड–१९ भाइरसको गर्भाधान गरेका अमेरिकी शासक वर्गहरू आज त्यही बन्दुक आफुतिर तेर्सिंदा तिर्मिराएका छन् । शत्रु नष्ट गर्न बनाएको हतियारले आफैंलाई सबभन्दा बढी प्रभावित बनाउने अवस्थाले आज अमेरिकी शासक वर्ग बहुलाएको छ । त्यसैको परिणाम आज संसारका मानिस महामारी रोक्न घरभित्र बसिरहेको बेला अमेरिकाका दक्षिणपन्थीहरूले ‘अर्थतन्त्र खुलाउन’ भन्दै हातहतियारसहित प्रदर्शन गरिरहेका छन् । मूर्खदेखि दैव डराउँछ, ‘मूर्ख’ ट्रम्पको कारण अमेरिकी जनता र सिङ्गो मानव समाजले के कति क्षति भोग्‍ने !
२०७७-१-७

Leave a Reply

Your email address will not be published. Required fields are marked *