राम्रो समाज निर्माण समर्पित भावनाले मात्र सम्भव हुने
- श्रावण १०, २०८३
काठमाडौँ, ७ वैशाख । अमेरिकी राष्ट्रपति ट्रम्पले त्यहाँको लकडाउन बिस्तारै खुलाउने बताएपछि हार्वड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले सङ्क्रमितहरूको परीक्षण अहिलेभन्दा तीन गुणाले बढाएर एक महिनापछि हटाउन मिल्ने सुझाए । टेक्सासमा ट्रम्प समर्थकहरूले लकडाउन हटाउनुपर्ने पक्षमा प्रदर्शन गरेपछि सुरक्षित हुन चाहनेहरूले घरमै बसौँ नारा लगाए । भाइरस सङ्क्रमण जोखिमलाई ध्यानमा राखी क्यानडाले अमेरिकासँगको खुला सीमा थप एक महिनाको लागि बन्द गर्ने घोषणा गर्यो । स्पेनले अप्रिल २७ देखि लकडाउन खुकुलो बनाउने बतायो । ग्रिनलैन्डले आफूलाई यो भाइरस सङ्क्रमणबाट मुक्त भएको दाबी गर्यो ।
अमेरिकाले चीनलाई यो भाइरस सङ्क्रमणलगत्तै जनवरी र फेबु्रअरीमा लाखौँ मास्क पठाएको दाबी गर्दै छ । चीनले अहिले अमेरिकालाई मास्कसँगै भेन्टिलेटर, सुरक्षा पोशाक, चस्मा पनि पठाएको छ । अमेरिकाको सीडीसीको ती प्रयोगशालाले बनाएको परीक्षण किट्ससमेत गुणस्तरहीन भएको बताइएको छ ।
विश्व स्वास्थ्य स·ठनका महानिर्देशक टेड्रोसले कोभिड–१९ सङ्क्रमणले मानिसबीच भिन्नता हटाउने, बाधा–व्यवधान हटाउने, एकापसमा सद्भावना बाँड्ने, एउटै विश्व आवाज उठाउने चेतना दिएको बताउनुभयो । संयुक्त राष्ट्र सङ्घका महासचिव अन्टोनियोले विश्व स्वास्थ्य सङ्गठनको निर्देशिका सबैको ज्यान बचाउने काम भनी धन्यवाद दिनुभएको छ । विश्वका जनतासँगै संरा सङ्घसमेत लागेर कोभिड–१९ नियन्त्रण गर्ने र विश्व अझ सुन्दर बनाउने उहाँले बताउनुभयो ।
ट्रम्पले अमेरिकामा लकडाउन हटाउने दाबी गरिरहेको बेला अधिक अमेरिकी राज्यहरूको विद्यालय बन्द नै हुनेछ । अमेरिकाको न्युयोर्क,मासाचुसेट्स, क्यालिफोर्निया, टेक्सास लकडाउन नै हुने भए ट्रम्पको खुला गर्ने दाबी काम लाग्ने छैन ।
चीनले विश्व स्वास्थ्य सङ्गठनले प्रजातान्त्रिक दर्शन र सिद्धान्तलाई सुरक्षित राखेको बतायो । विश्व संस्थालाई चीनतर्फ ढल्केको आरोप लगाएको ट्रम्पले चीनको गल्ती भए परिणाम भोग्नुपर्ने धम्की दियो । इरानले यसअगाडि नै अमेरिका संसारमै धम्की दिने देश भएको बताएको थियो । यो भाइरसको स्रोत अमेरिका नै भएको यस अगाडि नै प्रकाशित समाचारले आक्रोशित ट्रम्प चीनलाई तर्साउन खोज्दै छन् । तर, चीन अमेरिकासँग हिजो तर्सिएको थिएन भने आज पनि तर्सिने छैन । चिनियाँ नेता सी चिनफिङ ट्रम्पजस्तो व्यक्तिगत नाफाको राजनीति गर्ने होइनन् ।
Leave a Reply