सामाजिक सञ्जाल अन्यायको विरोध गर्ने ठाउँ पनि हो
- भाद्र २२, २०८२
-अमोद उलक
चीनको उहान सहरलाई लकडाउन गर्दै सारा विश्व त्रसित बनाएको कोभिड– १९ को रोकथामको लागि आज सबैजना आ–आफ्नो क्षेत्रमा लागिपरेका छन् । विश्व स्वास्थ्य सङ्गठनले चीनको उहान सहरमा महामारी फैलिएपछि ३० जनवरीमै विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गरेको हो । तर, त्यतिबेला इटाली, स्पेनलगायत युरोपेली राष्ट्रहरू एवं संरा अमेरिकाले समेत यसलाई चीनको समस्या भनेर बेवास्ता गरेको देखियो । कोरोना महामारी फैलिएसँगै चीन सरकारले भाइरस अन्यत्र फैलिन नदिन अनेकन उपायहरू अपनायो । कडाभन्दा कडा नियन्त्रण गर्दै पूरै सहरलाई बन्द गरियो । तर, भूसको आगोसरि फैलिएको यो भाइरस विना कुनै लक्षण युरोप, अमेरिकालगायत विश्वभर फैलिसकेको थियो । चीनमा महामारी फैलिनु अगावै यो भाइरसले संसार घुमिसकेको बुझ्न सकिन्छ ।
आज सामाजिक दुरी कायम गर्ने, साबुन पानीले हात धुने, मास्क लाउने, स्यानिटाइजर प्रयोग गर्ने तथा लकडाउन अवधिभर घरभित्रै बस्ने विश्व स्वास्थ्य सङ्गठनले सूचित गरेका नियमहरू लागू भइरहेको अवस्था छ । यस्तो प्राथमिक कार्य सुरुमै अपनाउन नसक्दा युरोप र अमेरिकामा कोरोनाले वितण्डा नै मचायो । आज नेपाल, भारतलगायत दक्षिण एसियामा सरकारलाई लकडाउनको पालना र अत्यावश्यक सामग्री व्यवस्थापन गर्न-गराउन हम्मेहम्मे परिरहेको छ ।
कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भाइरस भएको पुष्टिसँगै यसलाई थप फैलिन नदिन नियन्त्रणका उपायहरू अपनाउन विश्व स्वास्थ्य सङ्गठनलगायत विभिन्न देशहरूले ध्यान केन्द्रित गरेको देखिन्छ । कोरोनाविरुद्घ खोप तथा भ्याक्सिन बनाउने कार्यमा समय लाग्ने भएपछि यसलाई नियन्त्रण गर्न प्रयोगमा आएको कन्ट्याक्ट ट्रेसिङविधि विषयमा यस लेखमा जानकारी दिन लागेको हुँ ।
कन्ट्याक्ट ट्रेसिङ (Contact Tracing)
कन्ट्याक्ट ट्रेसिङ अर्थात् सम्पर्क पछ्याउनु जनस्वास्थ्यको क्षेत्रमा रोग नियन्त्रणका लागि अपनाइने एउटा विधि हो । यो विधिअनुसार कुनै व्यक्ति रोगी वा अन्य कुनै सङ्क्रमितको सम्पर्क पुगे-नपुगेको पत्ता लगाइन्छ र सोको जानकारीबाट रोकथामका उपायहरू अपनाउन मद्दत मिल्दछ ।
यस विधिअन्तर्गत विशेषगरी कसैलाई कुनै सरुवा रोग लागेको छ भने सो व्यक्तिको सम्पर्कमा रहने परिवारका व्यक्ति तथा नजिकका अन्य व्यक्तिहरूलाई सचेत गराइन्छ र रोगको परीक्षण गर्नुपर्ने यो विधिले औँल्याउँदछ ।
यो विधिको अत्याधिक प्रयोग अफ्रिकामा फैलिएको इबोला भाइरस नियन्त्रणमा भएको थियो । इबोलाजस्तै सार्स रोग, ठेउला, रुलु, एड्सजस्ता रोगहरूको सङ्क्रमणमा यो विधिले रोगी पहिचान र रोकथाममा मद्दत गरेको पाइन्छ ।
इबोला नियन्त्रणमा अत्याधिक प्रयोग भएको यो विधि फेरि एकपटक संसारभर फैलिरहेको कोभिड– १९ को नियन्त्रणमा भरपर्दो उपाय बनिरहेको छ । यसले रोगको निर्मूल नै गर्ने अथवा उपचार गर्ने चाहिँ होइन । तर, रोग फैलिन नदिन यसले ठूलो मद्दत गरेको हुन्छ ।
कन्ट्याक्ट ट्रेसिङको उद्देश्य रोगीको पहिचान गरी तिनीहरूको सुरक्षित उपचार गर्ने तथा स्वस्थ मानिसहरूलाई रोगीको सम्पर्क अथवा सम्भावित सङ्क्रमित क्षेत्रमा नजान सुझाउनु हो ।
विशेषतः सम्भावित रोगीको खोजी, भाइरस सङ्क्रमित क्षेत्रको पहिचान, आवागमनलाई सहज बनाउन तथा मानिसहरूको भीडभाड कम गर्ने तथा जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन यसको व्यापक प्रयोग भएको देखिन्छ । साथै एक व्यक्तिबाट अर्को व्यक्तिबाट सर्नसक्ने यस्तो सङ्क्रमणको हाँगा पत्ता लगाई त्यसलाई तोडेर थप फैलिन नदिन यस विधिको प्रयोग हुन्छ ।
विश्व स्वास्थ्य सङ्गठनले यो विधिलाई ३ वटा चरणहरूमा विभाजन गरेको छ ।
पहिलो, सम्पर्क पहिचान गर्ने जसमा सम्भावित सङ्क्रमित वा रोगीको पहिचान गरिन्छ ।
दोस्रो, सूचिकृत गर्ने कार्य जसअन्तर्गत सङ्क्रमितहरूको व्यवस्थित तथ्याङ्क राख्ने तथा सङ्क्रमित व्यक्तिसित सम्पर्कमा आएकाहरूको समेत तथ्याङ्क राखिन्छ ।
तेस्रो भनेको फलो अप अर्थात् नियमित जाँच गर्ने जसअनुसार सङ्क्रमितहरूको नियमितरूपमा परीक्षण, रोगको लक्षणबारे दैनिक तथ्याङ्क सङ्कलन गरिन्छ ।
नेपालमा सन् १८१६ मा रणबहादुर शाहको पालामा फैलिएको बिफरको महामारीको कारण बिरामीहरूलाई तत्कालीन शासकहरूले उपत्यका बाहिर लखेटेको इतिहास छ । त्यतिबेला रोगीहरूबाट थप सङ्क्रमण हुने डरमा रोगीहरूलाई नै अन्यत्र सारिन्थ्यो, जुन प्रक्रियालाई आज हामी क्वारेन्टिन अथवा आइसोलेसनमा राख्ने भनेर बुझिरहेका छौँ । अहिले सेल्फ क्वारेन्टिनको अवधारणा सुरु भएपछि अन्यत्र नगई घरभित्रै बसेर आफूलाई जोगाउने र अरूलाई रोग नसार्ने उपाय अपनाइएको छ । लकडाउन गरिएका सहरहरूभित्र सबैजना घरभित्रै बस्ने भएकोले कन्ट्याक्ट ट्रेसिङ विधि थप सजिलो हुन्छ ।
तर, लकडाउनले विश्व अर्थतन्त्रमा पर्ने प्रभावका कारण सधैँको लागि यो समाधान पक्कै होइन । अनि मानिसहरू संसारको एक कुनाबाट अर्को कुनामा आवतजावत गरिरहने भएकाले यो विधिबाट रोग नियन्त्रण गर्न मुश्किलमात्र नभई चुनौतीपूर्ण पनि छ । ठूला सहरहरूमा सङ्क्रमित व्यक्तिहरू कहाँ कुन अवस्थामा छन् र ती कति जनाको सम्पर्कमा गइसके भन्ने कुरा पहिचान गर्न अत्यन्त कठिन हुन्छ । घर–घरमा गएर फाराम भर्दै सङ्क्रमितहरू खोज्नु, एअरपोर्टमा थर्मोमिटर लिएर बिरामीको ज्वरो नापेर साध्य हुने अवस्था हुँदैन । यस्तो अवस्थामा डिजिटल कन्ट्याक्ट ट्रेसि· विधि अत्यन्त उपयोगी सिद्घ भएको छ ।
के हो डिजिटल कन्ट्याक्ट ट्रेसिङ?
डिजिटल प्रविधि अर्थात् स्मार्ट फोन, मोबाइल, इन्टरनेटलगायत आधुनिक प्रविधि प्रयोग गरेर सम्भावित रोगी एवं जोखिमपूर्ण क्षेत्रहरूको पहिचान गर्ने विधि डिजिटल ट्रेसि· हो । यस प्रविधिअन्तर्गत मोबाइल प्रयोकर्ताहरूको अवस्था पत्ता लगाउने, सोसल मिडिया, वी च्याटलगायत विभिन्न किसिमका मोबाइल एप्लिकेसनहरूमार्फत प्रयोगकर्ताहरूको अवस्था र जानकारी सङ्कलन गरिन्छ । त्रृmत्रिम बौद्घिकता, अनुहार पहिचान गर्ने विधि, शरिरको तापक्रम पत्ता लगाउने, जीपीएस प्रणाली, बिग डेटा प्रशोधन आदि अत्याधुनिक विधिहरूमार्फत सङ्कलित डेटाको प्रशोधन गरी जानकारीमूलक सूचना प्राप्त गरिन्छ ।
डिजिटल ट्रेसिङको कार्यमा प्रयोगकर्ताहरूको व्यक्तिगत विवरणजस्तै नाम, ठेगाना, फोन नं, इमेल, को कोसित कुरा गरे, व्यक्ति कुन स्थानमा बसेको तथा यात्राको विवरण आदिको प्रयोग हुन्छ । यी विवरणहरूलाई विभिन्न सरकारी स्वास्थ्य संस्था वा निजी क्षेत्रसित रहेको व्यवस्थित प्रणालीहरूबाट प्राप्त डेटाहरूसँगको मद्दतबाट रोग नियन्त्रणका लागि अत्यावश्यक सूचना प्राप्त गरिन्छ ।
कोभिड– १९ लाई नियन्त्रणमा ल्याउन चीन, दक्षिण कोरिया, सिङ्गापुर, ताइवान पूर्वी एसियाका देशहरूले यो विधिलाई सफलतापूर्वक प्रयोग गरेका छन् । यसको प्रयोग युरोप, अमेरिका तथा दक्षिण एसियामा हुन थालेका छन् ।
डिजिटल ट्रेसि·का लागि भएका केही कार्यहरू यहाँ चर्चा गरौँ ।
कन्ट्याक्ट ट्रेसिङ एप्लिकेशन
सिङ्गापुरले सबैभन्दा पहिला कन्ट्याक्ट ट्रेसि· एप्लिकेशन ट्रेस टुगेडर प्रयोगमा ल्यायो । एसजी युनाइटेड, गभटेक र सिङ्गापुर स्वास्थ्य मन्त्रालयले मार्च २० मा सञ्चालन गरेको यस एप्लिकेसनले ब्लुटुथ प्रविधिको प्रयोग गरी दुईजना मानिसहरू एक अर्कासित कति समयसम्म नजिकमा रहे भन्ने थाहा पाउँदछ । यसको प्रयोगले झन्डै २ मिटरदेखि ५ मिटर दुरीमा रहेका मानिसहरूको विवरण आफ्नो मोबाइलमा ३० मिनेटसम्म रहन्छ । मोबाइल प्रयोगकर्ताको मोबाइलमै उक्त सूचना सुरक्षित रहन्छ र सरकारले आवश्यक परेको बेला माग भएमा प्रयोगकर्ताले उक्त विवरण शेयर गर्न सकिने सुविधा त्यसमा राखिएको छ ।
कोरोना १०० एम
कोरोना १०० एम एक मोबाइल एप्लिकेसन हो जसले कोरोना सङ्क्रमित व्यक्ति आफ्नो १०० मिटर वा ३२८ फिट वरपर आयो भने तत्कालै खतराको सङ्केत गर्दछ । यो एप्लिकेसनले रोग नियन्त्रण तथा रोकथामका कोरियाली केन्द्रहरूबाट बिरामीको जानकारी लिनुका साथै उक्त बिरामी कुन देशको, वर्ष, लिङ्ग तथा उसले कताकता भ्रमण गरेको सूचना सङ्कलन गर्दछ ।
दक्षिण कोरियामा फेब्रुअरी ११ बाट सुरु भएको यो एप्लिकेसन प्रत्येक घण्टामा २० हजार पटक डाउनलोड भएको र १० लाखभन्दा बढी यसको डाउनलोड भइसकेको यसका निर्माता बे वन सिओकले बताएका छन् ।
कोरोना म्याप
दक्षिण कोरियामा प्रयोग भएको अर्को एप्लिकेसन कोरोना म्यापले प्रयोगकर्ताको मोबाइलमै कोभिड– १९ का सङ्क्रमित बिरामीहरू कता छन् र कता आइरहेको छ देखाइदिन्छ । यो एप्लिकेसनको निर्माता लि जुन योङले यसको निर्माण सरकारी डेटाहरू बुझ्न सर्वसाधारणलाई कठिन हुने भएकोले नक्सामा देखाउनु परेको बताएका थिए ।
मोबाइल ट्रेसिङ्ग
सन् २००३ मा सार्स रोगले प्रताडित ताइवानले त्यसलगत्तै खडा गरेको सङ्कट व्यवस्थापन प्रणाली कोभिड– १९ नियन्त्रणका लागि लाभदायक बनेको छ । यसले विगत १४ दिनको बिरामीको यात्रा विवरण सबै हस्पिटल, क्लिनिक तथा औषधालयहरूमा पठाएर सहयोग गरेको छ ।
डिजिटल ट्रेसिङ्गमा चीनको अग्रता
चीन सरकारले मानिसहरूको सामान्य दैनिकीमै परिवर्तन गर्न लगाएर सम्भावित सङ्क्रमितहरूलाई अत्याधुनिक डिजिटल सर्वेक्षण प्रविधिमार्फत नियन्त्रणको उपाय अवलम्बन गरेको छ । चीनमा बैड्यु, वीच्याट, अलिपेलगायत इन्टरनेट सञ्चार प्रविधिहरूले प्रयोगकर्ताहरूको तथ्याङ्क सार्वजनिक, क्वारेन्टिनमा सहयोग गर्ने, ई उपचार, ई कमर्स आदि माध्यमबाट कोभिडविरुद्घ संयुक्तरूपमा लडाइँ लडेर सफलता हासिल गरे ।
चीनमा डिजिटल कन्ट्याक्ट ट्रेसि·मात्रै नभई चाइनिज हाइटेक फर्महरू, सेन्सटाइम र मेगभीले अनुहार पहिचान गर्ने प्रविधि, कृत्रिम बौद्घिकता प्रयोग गरी तापक्रम नाप्ने प्रविधि प्रयोगमा ल्याए । सेन्सटाइम कम्पनीले स्मार्ट एआई महामारी रोकथाम प्रणाली सुरु गर्यो ,जसमा इन्फ्रारेड थर्मल प्रविधि र एआईका विधिहरू प्रयोग गरी ज्वरो मापन गर्ने र मास्क लाएको नलाएको पत्ता लाउन सकिन्छ । सङ्क्रमितहरूको अगाडि नगइकनै रोग पहिचान गर्ने यस्ता विधिहरूलाई चीन सरकारले प्रयोग गरेको छ ।
एप्पल र गुगलको सक्रियता
यस प्रविधिमा एप्पल र गुगलले आफ्नो सक्रिय देखाउन थालेको छ । कोभिड– १९ विरुद्घ लड्न पहिलो चरणमा विभिन्न स्वास्थ्यसम्बन्धी निकायहरूका प्रणालीसित समन्वय गर्न एपीआई अर्थात् एप्लिकेसन प्रोग्राम इन्टरफेस बनाउने र प्रयोगकर्ताहरूको मोबाइलको गएको १४ दिनको आवतजावतको नम्बर सर्भरमार्फत अन्य प्रयोगकर्ताहरूको मोबाइलमा ब्लुटुथको माध्यमबाट पठाई म्याच भयो भने जाँच गरिने र म्याच भएमा परीक्षणको लागि सङ्केत गरिने छ । एपीआई मई महिनामा उपलब्ध भए पनि ब्लुटुथ प्रविधि सुरुमै हुने बताइएको छ ।
फेसबुक र ट्वीटर
फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जाल सञ्चालन गर्नेहरूले पनि कोभिड– १९ विरुद्घ लड्न आफूले डेटाहरू उपलब्ध गराउन सकिने बताएका छन् । सही विवरणहरू पोस्ट गर्न दिने तथा हल्ला र आतङ्क फैलाउन खोज्ने पोस्टहरू हटाउनेमा सामाजिक सञ्जाल लागेको देखिन्छ ।
युरोप र अमेरिका
युरोपले आफ्ना २७ वटै राष्ट्रहरूमा कोभिडसम्बन्धी जानकारी हासिल गर्न मोबाइल एप्लिकेस निर्माणका लागि डेटाको साझा नमुना बनाउन जोड दिइरहेको छ । बेलायत, जर्मनीलगायतका देशहरूमा पनि मोबाइल एप्समार्फत सङ्क्रमितहरूको पहिचान गर्ने कोशिश भइरहेको छ । फ्रान्समा सरकारी तवरबाटै स्मार्टफोन एप्लिकेसनहरू प्रयोग गरी कन्ट्याक्ट ट्रेसि· भइरहेको छ । बेलायतमा सञ्चालनमा आई लाखौँले प्रयोग गरेको कोभिडको लक्षण ट्रयाक गर्ने एप्लिकेसन अमेरिकामा पनि प्रयोगमा ल्याइने भएको छ ।
कोभिडविरुद्घ नेपाल
नेपालमा पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुरु गरेको अयखष्मज्ञढ।mयजउ।नयख।लउ तथा यससम्बन्धी एप्लिकेसनमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट भएका नीतिगत पहल, गतिवधि एवं कोरोनाको उपचार गर्ने निकायहरूको जानकारी दिइएको छ ।
त्यसैगरी नेपालको भौगोलिक नक्साभित्र कहाँ के–के स्वास्थ्य सुविधाका बन्दोबस्तहरू गरिएका छन् र सङ्क्रमित भएका, टेस्ट परीक्षणमा सहभागी, मृत्यु भएका तथा निको भएकाहरूको सङ्ख्यात्मक सूचनामूलक जानकारी दिइएको छ । यसले कुन प्रदेशमा सङ्क्रमितहरू छन् भन्ने सामान्य जानकारी प्रदान गरेको देखिन्छ ।
तर, सङ्क्रमण देखिएको जिल्ला वा नगर तहसम्मका क्षेत्रहरूलाई समेत नक्सामा देखाउने तथा सङ्क्रमणमा पोजेटिभ देखाइएकाहरूको यात्रा विवरणसम्बन्धी जानकारी राख्न सकिएको भए यो एप्लिकेसन अझ बढी लाभदायक हुनसक्दथ्यो । साथै कन्ट्याक्ट ट्रेसि· फारामअनुसार म्यानुअल ट्रेसि· भएको भए त्यसलाई प्रकाशन गरिदिने हो भने डिजिटल कन्ट्याक्ट ट्रेसिङसम्बन्धी मोबाइल एप्लिकेसनहरूलाई अझ प्रभावकारी बनाउन सकिन्छ ।
अन्तमा,
यो प्रविधि समुदाय, समाज र सिङ्गो देशलाई सुरक्षित राख्न जनसहभागितामार्फत पनि प्रयोगमा ल्याउन सक्ने विधि हो । आजभोलि टोल–टोलमा बाँस तथा निर्माण सामग्री राखेर बाटो छेकेर लकडाउन गरिरहेको हामी पाउँछौँ । लकडाउनको समयमा ती उपायहरू अपनाएर अन्यत्रका मान्छेको आवागमन रोक्न खोजेको देखिन्छ । तर, यो महामारीबाट जोगिन अत्याधिक सफल भएको विधि भनेको सङ्क्रमित तथा रोगीहरू कहाँ कहाँ छन् भनी जानकारी हासिल गर्ने र शेयर गरी उनीहरूको उपचारमा सहयोग गर्ने तथा त्यस्ता सङ्क्रमितहरूको नजिक नहुने गरी जनजीवन सामान्य बनाउँदै जानु हो ।
पूर्वी एसियाले अपनाएको कन्ट्याक्ट ट्रेसिङ विधिबाट व्यक्ति गोपनियता तथा स्वतन्त्रता हनन हुन्छ भनेर त्यसको विरोध गर्नेहरू बढी भएकोले नै प्रजातान्त्रिक भनाउँदा देशहरूमा यो रोग नियन्त्रण काबुभन्दा बाहिर गयो भन्ने चर्चा भइरहेको छ । ती देशहरूभित्र एमआईटी तथा हावार्डले सेफ पाथ प्राइभेट किट नामक एप्स तथा अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले चिनियाँहरूले ट्राफिक नियन्त्रणमा प्रयोग गर्नेजस्तै एप्स सञ्चालनमा ल्याएका छन् तर ती सबै अनिवार्य नभई व्यक्तिगत इच्छामा चलाउन सकिने बताइयो ।
नेपालमा पनि अधिकांश मानिसहरूको हात–हातमा मोबाइल पुगिसकेको अवस्थामा डिजिटल कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन सकिए महामारी र सङ्कटको यस्तो अवस्थालाई नियन्त्रणमा ल्याउन मद्दत पुग्ने देखिन्छ । नेपालमा बर्सेनि हुने बाढी पहिरो, विनाशकारी भूकम्प आदिबाट जोखिम न्यूनीकरण र व्यवस्थापनबारे सरकारले अगाडि नै केही सिकेको भए अहिले कोरोना फैलिए र देशै सकिन्छ भन्ने त्रास जनमानसमा आउने थिएन ।
Leave a Reply