भर्खरै :

अमेरिकी डाक्टर भन्छन् – चीनमा देखिएको भाइरस सान्टाक्लारामा धेरै अघि देखिएको हो

            काठमाडौँ, १० वैशाख । कोभिड–१९ को यो महामारी नियन्त्रण गर्न चीन बाँकी विश्वसँग सहकार्य गर्दै छ । तर, अमेरिका चीनविरूद्ध दक्षिणी चीन सागरमा युद्धपोत तैनाथ गर्दै छ । दक्षिणी चीन सागर चीनको सार्वभौमिकतामा रहेको हो । यसकारण चीनले दक्षिण चीन सागरको सार्वभौमिकता रक्षा गर्न आवश्यक सबै उपाय अपनाउने दोहोर्‍यायो ।
            यो भाइरस नियन्त्रण गर्दै यतिबेला चीन तङ्ग्रिँदै छ भने अमेरिकामा दैनिक २५–३० हजार सङ्‍क्रमित थपिने र २–३ हजारको मृत्यु हुने स्थितिमा छ । चीनले अमेरिकालाई यो भाइरस नियन्त्रण गर्न १ अर्ब ४० करोड मास्क सहयोग गर्‍यो । यसको अर्थ हरेक चिनियाँले हरेक अमेरिकीलाई ५ वटा मास्क सहयोग गरेको हो ।
            संसारमा यो भाइरस कहाँ उत्पति भयो, कसरी फैलियो एकदिन पुष्टि हुनेछ । सन् २००९ मा एचवन एनवन फ्लु अमेरिकाबाट सुरू भयो । यसबाट २१४ देशका दुई लाख मानिसको मृत्यु भयो । कुनै देशले अमेरिकासँग क्षतिपूर्ति मागेनन् र अमेरिकाले कसैलाई क्षतिपूर्ति दिएन । यो भाइरसलाई कसैले पनि ‘उत्तर अमेरिकी भाइरस’ भनेनन् ।
            सन् १९८० मा अमेरिकाबाटै एड्स रोग फैलियो । यो रोगबाट पनि विश्वका नागरिक पीडित भए । यो रोगबाट पीडित कुनै पनि देशका मानिसले क्षतिपूर्ति पाएनन् । यो रोगलाई कसैले पनि उत्तर अमेरिकी एड्स भनी नामकरण गरेनन् ।
            सन्, २००८ मा अमेरिकाबाटै आर्थिक मन्दी सुरू भयो । त्यहाँको ‘वाल स्ट्रिट कब्जा गर’ नमुनाको आन्दोलन विभिन्न देशमा फैलियो । तर, कुनै देशले पनि क्षतिपूर्ति पाएनन् । अमेरिकाले आफ्ना गल्ती–कमजोरीको कारण आर्थिक क्षति पुगेको भनी कुनै पनि देशलाई भरण किन गरेन ?
            यो भाइरस सन् २०१९ को डिसेम्बरको अन्त्यतिर चीनको उहानमा फैलिएको सार्वजनिक भयो । त्यसको चार महिनाअघि सेप्टेम्बरतिरै अमेरिकाको हवाई टापुमा यो भाइरस देखिएको थियो । यो भाइरसबाट अमेरिकामा पहिलो मृत्यु भएको भनी सन् २०२० फेब्रुअरी २९ मा मात्र सार्वजनिक गरियो । अमेरिकाको सियाटलका डाक्टरहरूले यो वर्षको फेब्रुअरी ६ र ७ मा कोभिड–१९ भाइरसबाट केही मानिसको मृत्यु भएको र सान्टाक्लारामा फेब्रुअरी २६ मा २ जनाको मृत्यु भएको बताए ।
            चीनमा देखिएको नोवेल कोरोना भाइरसजस्तो भाइरस अमेरिकाको क्यालिफोर्नियामा धेरै अगाडि देखिएको सान्टाक्लाराका डाक्टरहरू बताउँछन् । जनवरी महिनामा अमेरिकाभरि यो भाइरस फैलिएको तर यहाँका अधिकारीहरूले चाल नपाएको पनि ती डाक्टरहरूले दावी गरेका छन् ।
            अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो व्यापारिक हिस्सा भएको कम्पनीमार्फत भारतसँग खरिद गरेको मलेरियाको औषधि हाइड्रोक्लोरोक्‍वाइन कोभिड–१९ बिरामी उपचारको लागि उपयुक्त हुने सार्वजनिकरूपमा बोले । विश्व स्वास्थ्य स·ठनलगायत अमेरिकी वैज्ञानिकहरूले कोभिड–१९ बिरामी उपचार गर्ने कुनै खोप र औषधि विकास नभएको भनी ट्रम्पको भनाइलाई खण्डन गरे । यो सङ्गठनले विश्वका ७० वटा कम्पनी यो भाइरसविरूद्ध भ्याक्सिन बनाउन इच्छुक रहेको बतायो । चीनले मार्चको अन्त्य र अप्रिलको सुरूमा यस्तो भ्याक्सिन मानिसमा प्रयोग गर्‍यो भने बेलायतले अप्रिलमा यो भ्याक्सिनको प्रयोग गर्दै छ । यसपछि ट्रम्पले विश्व स्वास्थ्य स·ठनविरूद्ध यो भाइरसबारे समयमा सूचना नदिएको र चीनतर्फ ढल्केको आरोप लगायो । अन्ततः ट्रम्पले अप्रिल १५ का दिन अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई दिँदै आएको सहयोग रकम नदिने घोषणा गरे भने चीनविरूद्ध बेलायत, फ्रान्स, स्पेन, जर्मनी, अष्ट्रेलियालगायतलाई उक्साए ।
            अहिले अमेरिकाको मिजोरी राज्यले यो भाइरसबारे चीनले झूट बोलेको आरोप लगाउँदै कानुनी उपचार खोज्ने दाबी गर्‍यो । विश्व स्वास्थ्य सङ्गठनले नोवेल कोरोना भाइरस प्रयोगशालामा नबनाइएको बतायो । यसअघि ट्रम्पले चीनको उहानमा जैविक प्रयोगशाला दुर्घटना भएर यो भाइरस फैलिएको आरोप लगाएका थिए । त्यसो त यो अगाडि नै फोर्ड ड्रेटिक जैविक हतियार प्रयोगशाला नै यो भाइरसको स्रोत भएको खुलेको थियो । त्यहाँ १०५९ जैविक हतियार चोरी वा चुहिएको घटना भएपछि सो प्रयोगशाला बन्द गरिएको थियो ।
            रूसी वैज्ञानिकहरूले पनि यो भाइरस मानिसले नबनाएको र कुनै प्रयोगशालामा दुर्घटना भएर निस्केको नभएको बताए । अष्ट्रेलियाले अमेरिकी शब्दमा यो भाइरस सङ्‍क्रमणको आरोप चीनमाथि लगाएपछि चीनले त्यसको खण्डन गर्‍यो ।
            ट्रम्पले अमेरिकामा यो भाइरस सङ्‍क्रमण कम भएको दाबी गर्दै जनजीवन खुला गर्ने बताए । अमेरिकामा बुधबार साँझसम्म सङ्‍क्रमितको सङ्ख्या ८,१९,१७५ र मृत्युको सङ्ख्या ४५,३४३ पुग्यो । त्यहाँका गभर्नर र मेयरहरू ट्रम्प जति चिच्याए पनि मानिस सडकमा ल्याउन गार्‍हो हुने बताउँदै छन् । चिनियाँ अनुसन्धानकर्ताहरूले सङ्‍क्रमितको शरीरमा यो भाइरस तीन हप्ता रहने पत्ता लगाएका छन् ।
            यो भाइरस नियन्त्रणको पहिलो नमुना चीन र दोस्रो नमुना दक्षिण कोरिया भएको चर्चा छ । दक्षिण कोरियामा यो भाइरस सङ्‍क्रमणकै बेला यही अप्रिल १५ मा संसद्को चुनाव भयो । प्रजग कोरिया सुरूबाटै सचेत भएको हुँदा यो भाइरस सङ्‍क्रमण नभएको देशको रूपमा घोषणा गरियो ।
            अमेरिकी सङ्‍घीय निकाय रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक रोबर्ट रेडफिल्डले आउने हिउँदमा यो भाइरस सङ्‍क्रमण अहिलेको भन्दा बढी हुने अर्थात मौसमी रूघाखोकी र यो भाइरस एकसाथ फैलिने चेतावनी दिएका छन् भने सीएनएनका डा. गुप्ताले विश्व स्वास्थ्य सङ्गठनको निर्देशककाअनुसार जनजीवन खुला नगरिए बाँच्ने धेरै मानिस मर्नेछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *