भर्खरै :

उहानदेखि न्युयोर्कसम्म

            उहान, १३ वैशाख । कोभिड–१९ महामारीबाट सबभन्दा बढी प्रभावित चीनको उहान सहरबाट अत्यावश्यक चिकित्सकीय सामग्री बोकेको चिनियाँ विमान भाइरसबाट सबभन्दा बढी प्रभावित संरा अमेरिकी सहर न्युयोर्क पुगेको छ । झन्डै बीस टन चिकित्सकीय सामग्री बोकेर चाइन साउर्थन एयरलाइन्सको विमान उहानबाट न्युयोर्क प्रस्थान गरेको हो । डिसेम्बरमा कोभिड–१९ भाइरसको सङ्‍क्रमण सुरु भए यता उहानबाट उडेको अत्यावश्यक सामग्री बोकेको विमान न्युयोर्क गएको हो ।
            चाइना साउर्थन एयरलाइन्सले उहानबाट अमेरिकी सहर सान फ्रान्सिस्को, इटालीको रोम, फ्रान्सको पेरिस, बेलायतको लन्डन र जर्मनीको फ्रान्कफर्टमा अत्यावश्यक चिकित्सकीय सामग्री बोकेर उडान भर्ने जानकारी दिइएको छ ।
            हुपेई प्रान्तको स्थानीय एक कम्पनीमा उत्पादन भएका चिकित्सकीय सामग्री विभिन्न देशमा पठाउन लागिएको हो । हुपेईबाट सबभन्दा पहिला गत मार्च २९ मा चीनको क्‍वानचाओ सहर हुँदै मलेसियाको राजधानी क्‍वालालाम्पुरमा १७.६ टन सामान पठाएको थियो । हुपेले आगामी दिनमा कोभिड–१९ भाइरसबाट सबभन्दा बढी प्रभावित देशहरू इटाली, फ्रान्स, क्यानाडा, अस्ट्रेलिया, टर्की, केन्या, जापान र दक्षिण कोरियामा चिकित्सकीय सामग्री पठाउने तयारी गरिरहेको हुपेई प्रान्तका अधिकारीले जनाएका छन् ।
            कोभिड–१९ को महामारीको कारण ७६ दिन पूर्ण लकडाउनबाट भर्खर मुक्त भएको उहान सहरबाट यतिबेला भाइरसविरुद्ध प्रतिरोध गरिरहेका देशहरूलाई चिकित्सकीय सामान पठाउनु चिनियाँ ऐक्यबद्धताको विशिष्ट नमुना भएको पर्यवेक्षकहरूले बताएका छन् । भाइरसबाट सुरुमा प्रभावित चीनको सुझबुझपूर्ण नेतृत्व, एकता र समर्पणको कारण आज भाइरसबाट झन्डै मुक्त भइसकेको छ । चीनमा विगत दस दिनमा एक जना पनि मानिस भाइरसको कारण निधन भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *