दोधारा चाँदनीपछि बाँकेमा नेपाली भूमि भारतीय अतिक्रमणमा
- फाल्गुन २, २०८१
काठमाडौँ, २० वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपाली जनताले अहिले भोगिरहेको समस्याप्रति प्रधानमन्त्रीमात्र नभई सत्तारुढ दल हुनुको कारण सिङ्गो नेकपा जिम्मेवार रहेको बताउनुभएको छ ।
यो हो टेलिभिजनमा शनिबार बिहान पत्रकार जीवराम भण्डारीसँग समसामयिक राजनीतिक घटनाक्रमको विषयमा कुराकानी गर्दै अध्यक्ष बिजुक्छेंले को व्यक्ति प्रधानमन्त्री बन्छ भन्ने कुरा गौण र कसले के काम गर्छ भन्ने कुरा प्रधान विषय भएको बताउनुभयो ।
उहाँले देश आपत्मा परेको बेला सत्तारुढ दलका नेताहरू बालुवाटार र सिंहदरबारमा बैठक बसेरमात्र आफ्नो जिम्मेवारी पूरा नहुने बताउनुभयो ।
विदेशमा अलपत्र परेका नेपाली मजदुरहरूको जिम्मेवारी उनीहरूलाई विदेशमा पठाउने म्यानपावर कम्पनी र ती म्यानपावर कम्पनीलाई स्वीकृति दिएर कमिसन खाने शासक दलका नेताहरूले लिनुपर्ने बताउँदै अध्यक्ष बिजुक्छेँले विदेशीले आफ्नो हितको निम्ति नेपालमा लगानी गर्ने र नेपाली जनताले आफ्नो हित आफैँले हेर्नुपर्ने प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालका शासकहरूले देशप्रति भन्दा आफ्नो हित र पैसाको मोहबाट अभिप्रेरित काम गरेकोले जनताले दुःख भोग्नुपरेको हो ।”
अन्तर्वार्तामा बिजुक्छेँले प्रदेश तहले केन्द्रीय सरकारसँग अधिकारको निम्ति हात थाप्नुपर्ने अवस्था विडम्बना भएको बताउँदै समयमै स्थानीय तह पुनःस्थापना नगर्दा अहिले स्थानीय तहमा भ्रष्टाचारका घटना बढिरहेको बताउनुभयो ।
शासक दलहरूप्रति सङ्केत गर्दै उहाँले भन्नुभयो, “धेरै ठूलो भीडमात्र जम्मा गरेर पार्टी असल बन्ने होइन ।” उहाँले देशका बुद्धिजीवीहरूले उचित भूमिका ननिभाएकाले देशले आजको अवस्था भोग्नुपरेको बताउनुभयो ।
अन्तर्वार्तामा अध्यक्ष बिजुक्छेँले प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको आलोचना गर्दै प्रमुख प्रतिपक्ष दल भएर सत्तापक्षसँग पदको निम्ति भागबन्डा गर्न खोज्नुले सत्ता पक्षका गल्ती कमजोरी औँल्याउन नेका नैतिकरूपमा कमजोर भएको बताउनुभयो ।
Leave a Reply