संस्कृतिको पहिचान र संरक्षण जरुरी
- आश्विन ८, २०८३
कोरोनाको महामारी नियन्त्रण गर्न थुप्रै देशले लकडाउनको सहारा लिइरहेका छन् । लकडाउनको कारणले धेरै व्यक्तिले रोजगार गुमाउनु परेको छ । थुप्रै निम्न आय र दैनिक कमाएर खानुपर्ने वर्गले सार्है कष्ट झेल्नु परेको छ । यही कारणले अहिलेको अवस्थामा थुप्रै मुलुकले स्वाभाविकरूपमा ठूलो आर्थिक क्षति व्यहोर्नु परिरहेको छ । यही वास्तविकतालाई तर्कको रूपमा पेश गर्दै केही व्यक्तिहरू लकडाउन गर्नुहुँदैन बरु कोरोना नियन्त्रण गर्न हर्ड इम्युनिटी (Herd Immunity) को तरिका अपनाउनुपर्छ भनिरहेका छन् । यही हर्ड इम्युनिटीबारे अहिले थुप्रै बहस भइरहेको छ ।
हर्ड इम्युनिटी (Herd Immunity) लाई नेपाली भाषामा ‘समुदाय प्रतिरोधात्मक शक्ति’ भन्दा हुन्छ होला । हर्ड इम्युनिटी भनेको प्रकृतिले समुदायमा आइपर्ने अत्यधिक सङ्क्रामक रोगको महामारीलाई नियन्त्रण गर्ने प्राकृतिक तरिका हो । हर्ड इम्युनिटीमा द्रुतगतिमा सर्ने सङ्क्रामक रोगलाई प्राकृतिकरूपमै स्वतन्त्ररूपमा फैलिन दिइन्छ । समुदायमा रहेका रोग प्रतिरोधक क्षमता धेरै भएका सुरक्षित व्यक्तिहरूको उपस्थितिमा अप्रत्यक्षरूपमा कमजोर व्यक्तिहरूलाई द्रुतगतिमा सर्ने सङ्क्रामक रोगको सङ्क्रमणबाट जोगाउने विधि नै हर्ड इम्युनिटी हो ।
मार्च १२ मा बेलायतमा कोरोनाको सुरुवाती चरणमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले हर्ड इम्युनिटीबाट नै कोरोना नियन्त्रण हुने विश्वास गरेका थिए । ‘कोरोनाले केही हुँदैन, म भर्खरै कोरोना पीडितसँग हात मिलाएर आएको’ भन्दै आफ्नो हात जनतालाई देखाउँदै उनले कोरोनाप्रति सहज हुन जनतालाई आग्रह गरेका थिए । तर, मार्च २७ सम्म आइपुग्दा कोरोनाले आफ्नो उग्र रूप देखाएपछि भने प्रधानमन्त्री बोरिस जोन्सन आफैँ कोरोनाको चपेटामा आइपुगेका थिए । त्यसपछि बेलायत सरकारले तुरून्तै उक्त निर्णय त्रुटिपूर्ण भन्दै लकडाउन घोषणा गरेका थिए । अमेरिकामा सुरुवाती चरणमा कोरोनाप्रति यसरी नै बेवास्ता गर्दै यो आफैँ हराएर जान्छ भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले धेरै दिनसम्म भाषण गर्दै हिँडेका थिए जसको परिणाम अहिले सम्पूर्ण अमेरिकी जनताले भोग्दै छन् । यद्यपि थोरै देश यस्ता पनि छन् जसले लकडाउन नगरेरै कोरोनालाई धेरै हदसम्म नियन्त्रण गर्न सफल भएका छन् । भियतनाम, स्वीडेन, दक्षिण कोरियाजस्ता देशले लकडाउनबिना कोरोनालाई नियन्त्रण गर्ने कोशिश गरिरहेका छन् । यो सफलताको पछाडि त्यहाँका जनतामा अनुशासन र सरकारको निर्देशन पालन गर्ने बानी पनि हुनसक्छ ।
के हो हर्ड इम्युनिटी ?
शरीरको प्राकृतिक रूपमै रोगसँग लड्ने क्षमतालाई रोग प्रतिरक्षा शक्ति (Immunity) भनिन्छ । दैनिक जीवन यापनको समयमा हाम्रो वरिपरिको वातावरण, खाना र पानी आदिमा रहेका अनेक किसिमका जीवाणु तथा विषाणुको सम्पर्कमा हामी आइरहेका हुन्छौँ । हाम्रा शरीरको रोग प्रतिरक्षा प्रणालीले नै त्यस्ता रोगकारक किटाणुहरूको माध्यमबाट हुने रोग लाग्नबाट हामीलाई बचाउँछ । यो नै प्रकृति आफैँले गर्ने रोगको विरुद्धको उपचार हो ।
जब बाहिरी किटाणु हाम्रो शरीरमा प्रवेश गर्दछ रोग प्रतिरक्षा प्रणालीले त्यसलाई तुरून्तै पहिचान गरी त्यसलाई नष्ट गर्नतिर लाग्दछ । यो प्रक्रियाको लागि केही समय भने लाग्दछ । कुनैमा थोरै कुनैमा धेरै । सुरुको समयमा किटाणुको आक्रमणले गर्दा हामी बिरामी हुन्छौँ र रोगका विभिन्न लक्षणहरू देखापर्न थाल्छन् । त्यसपछि रोग प्रतिरक्षा प्रणालीद्वारा प्रतिरक्षी (Antibody) उत्पन्न गरी उक्त रोग कारक किटाणुलाई पराष्त गरी हामीलाई रोगबाट निको बनाउँछ ।
हर्ड इम्युनिटी (Herd Immunity) लाई नेपाली भाषामा ‘समुदाय प्रतिरोधात्मक शक्ति’ भन्दा हुन्छ होला । हर्ड इम्युनिटी भनेको प्रकृतिले समुदायमा आइपर्ने अत्यधिक सङ्क्रामक रोगको महामारीलाई नियन्त्रण गर्ने प्राकृतिक तरिका हो । हर्ड इम्युनिटीमा द्रुतगतिमा सर्ने सङ्क्रामक रोगलाई प्राकृतिकरूपमै स्वतन्त्ररूपमा फैलिन दिइन्छ । समुदायमा रहेका रोग प्रतिरोधक क्षमता धेरै भएका सुरक्षित व्यक्तिहरूको उपस्थितिमा अप्रत्यक्षरूपमा कमजोर व्यक्तिहरूलाई द्रुतगतिमा सर्ने सङ्क्रामक रोगको सङ्क्रमणबाट जोगाउने विधि नै हर्ड इम्युनिटी हो ।
समुदायमा प्रतिरक्षित व्यक्तिहरूको सङ्ख्या बढाउने अर्को तरिका भनेको समुदायलाई खोपकरण गर्नु हो । जसले गर्दा प्रतिरक्षित व्यक्तिको प्रतिशत बढ्दै जान्छ भने खोप नलिएका व्यक्तिहरूको प्रतिशत घट्दै जान्छ । जसको परिणामस्वरूप खोप लगाउन छुटेका व्यक्तिहरू पनि हर्ड इम्युनिटीमार्फत रोग सङ्क्रमण हुनबाट सजिलै जोगिन्छन् ।
कुनै पनि सरुवा रोग समुदायमा देखापर्दा समुदायमा रहेका व्यक्तिहरूलाई तीन समूहमा विभाजन गर्न सकिन्छ । पहिलो सङ्क्रमित व्यक्तिहरू, दोस्रो स्वस्थ तर प्रतिरक्षित नभएका व्यक्तिहरू र तेस्रो स्वस्थ प्रतिरक्षित व्यक्तिहरू हुन् । यदि समुदायमा स्वस्थ प्रतिरक्षित व्यक्तिहरू एकदम कम छन् भने एउटा सङ्क्रमित व्यक्तिबाट अर्को स्वस्थ तर प्रतिरक्षित नरहेको व्यक्तिलाई सजिलै सङ्क्रमित बनाउँछ जसले फेरि अर्को स्वस्थ व्यक्तिलाई सङ्क्रमित बनाउँछ । यसरी छोटो समयमा नै समुदायमा सङ्क्रमितको सङ्ख्या धेरै बढ्न जान्छ ।
एक सङ्क्रमित व्यक्तिले कति जना अरू स्वस्थ व्यक्तिलाई सङ्क्रमित गराउन सक्छ भन्ने कुरा रोगअनुसार फरक–फरक पाइएको छ । एकजना सङ्क्रमितले दादुरामा १२ देखि १८ जना स्वस्थ व्यक्तिमा सार्न सक्छ भने बिफरमा ५ देखि ७ जनासम्ममा सार्न सक्छ । कोरोनाको सन्दर्भमा उहानमा गरिएको एक अध्ययनअनुसार एक जना सङ्क्रमितले ३ देखि ४ जनासम्म स्वस्थ व्यक्तिमा सार्न सक्ने देखियो । तर, यो अन्तिम निष्कर्ष भने होइन ।
यदि समुदायमा प्रतिरक्षित व्यक्तिहरू उपस्थित छन् भने एकपछि अर्को हुँदै जाने सङ्क्रमणलाई तिनीहरूले बाधक भएर रोक्ने काम गर्छन् । समुदायमा प्रतिरक्षित व्यक्तिको सङ्ख्या बढेसँगै रोग फैलिने सम्भावना पनि क्रमिकरूपमा घट्दै जान्छ । यही प्रक्रियाले महामारी अन्त्य हुनको लागि समुदायमा ७० देखि ७५ प्रतिशत व्यक्ति प्रतिरक्षित भइसकेको हुनुपर्छ । यो प्रतिशत पनि रोगअनुसार कम वा बढी हुनसक्छ । जब समुदायमा महामारी फैलिन्छ सबभन्दा धेरै कमजोर वृद्धवृद्धा र दीर्घ रोगीहरू यसको पहिलो शिकार हुन्छ । कतिपय जवान स्वस्थ व्यक्ति सङ्क्रमित भइहाले पनि आफ्नो बलियो रोग प्रतिरक्षा प्रणालीले गर्दा रोगले छुन सक्दैन । जति जति कमजोर व्यक्तिहरूको मृत्यु हुँदै जान्छ त्यति त्यति समुदायमा प्रतिरक्षितको प्रतिशत बढ्दै जान्छ । जब यो प्रतिशत ७० देखि ७५ प्रतिशत पुग्दछ रोगको सङ्क्रमणको फैलावट एकदम न्यून हुँदै जान्छ र अन्त्यमा रोग आफैँ लोप हुँदै जान्छ ।
समुदायमा प्रतिरक्षित व्यक्तिहरूको सङ्ख्या बढाउने अर्को तरिका भनेको समुदायलाई खोपकरण गर्नु हो । जसले गर्दा प्रतिरक्षित व्यक्तिको प्रतिशत बढ्दै जान्छ भने खोप नलिएका व्यक्तिहरूको प्रतिशत घट्दै जान्छ । जसको परिणामस्वरूप खोप लगाउन छुटेका व्यक्तिहरू पनि हर्ड इम्युनिटीमार्फत रोग सङ्क्रमण हुनबाट सजिलै जोगिन्छन् । दादुरा र बिफरजस्ता खोप कार्यान्वयनमा आइसकेको सरुवा रोगलाई यसको राम्रो उदाहरणको रूपमा लिन सकिन्छ । त्यसैले कोभिड– १९ को खोपको विकास भइनसकेको अवस्थामा यो रोगलाई हर्ड इम्युनिटी बाट नै नियन्त्रण हुन्छ भन्ने सोच्नु ठूलो मूर्खता हो ।
समुदायमा प्रतिरक्षितको प्रतिशत प्राकृतिकरूपमै माथि उल्लेख गरिएको तरिकाबाट बढाउन सकिन्छ तर यस तरिकाबाट रोग नियन्त्रण गर्न खोज्नु भनेको ठूलो जोखिम मोल्नु हो । समुदायमा ७० देखि ७५ प्रतिशतसम्म जनसङ्ख्या प्रतिरक्षित हुँदासम्म विश्वव्यापी महामारीको सन्दर्भमा करोडौँ करोड मानिसले ज्यान गुमाइसकेको हुनेछ । सन् १९१८ मा स्पेनिस फ्लुबाट करोडौँको ज्यान गइसकेपछि मात्र यो रोग लोप भएको थियो । हो, अहिले यसलाई सजिलो भाषामा बुझ्दा हर्ड इम्युनिटी भन्न सकिन्छ । तत्कालीन समयमा संसारको कुल जनसङ्ख्या लगभग १ अर्ब ८० करोड थियो भने सङ्क्रमितको सङ्ख्या कुल जनसङ्ख्याको लगभग एकतिहाइ अर्थात् करिब ५० करोड थियो र मृतक सङ्ख्या २ करोडको अनुमान गरिएको थियो । यसलाई नै आधार मान्ने हो भने अहिलेको अवस्थामा ८ करोड मानिसको मृत्यु हुने देखियो । विगतमा विज्ञानको विकास अहिलेजस्तो नभएको अवस्थामा रोग नियन्त्रण प्रकृतिलाई नै छोड्नुबाहेकको विकल्प थिएन । त्यसैले खोपको विकास नहुँदा यति धेरै मानिसको मृत्यु भइसकेपछि नियन्त्रण आउने किसिमको उपायलाई आजको वैज्ञानिक युगमा बहन गर्न सकिन्न । अहिलेको समयमा सकेसम्म १ जनाले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्य सबैको हुनुपर्छ । त्यसैले केही आर्थिक क्षतिलाई सहेर भए पनि अहिलेको लागि व्यवस्थित लकडाउन नै अन्तिम विकल्प हुन सक्छ, कोरोनालाई परास्त गर्न ।
Leave a Reply