भर्खरै :

लिपुलेकमा भारतीय हस्तक्षेपको जुम्लामा विरोध

जुम्ला, २८ वैशाख । भारतले नेपाली भूमि अतिक्रमण गर्दै कालापानीमा सडकमार्ग बनाएको विरोधमा जुम्ला जिल्लाको सदरमुकाम खलङ्गामा प्रदर्शन भयो ।
नेपाल मजदुर किसान पार्टी, जुम्लाले गरेको प्रर्दशनमा सहभागीले भारतीय विस्तारवादको विरोधमा नारावाजी गरेका थिए । नेमकिपाको कार्यालय जुगाडखोलाबाट सुरु जुलुस टुँडिखेल, जिल्ला प्रशासक कार्यालय हुँदै बालमन्दिर पुगी सभामा परिणत भएको थियो ।
कोणसभामा नेमकिपाका जुम्लाका कार्यबाहक अध्यक्ष राजेश्वर देवकोटाले देशको सार्वभौमसत्ता रक्षा गर्न नसक्ने सरकारको कुनै औचित्य नहुने धारणा राख्नु भयो । उहाँले नेपाली शासकहरूको नालायकीले नै विदेशी हस्तक्षेप बढेको भन्दै नेपाली जनताको एकता र सङ्घर्षले मात्र अब देशको रक्षा हुन्छ भन्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, जुम्लाका अध्यक्ष नरबहादुर खत्रीले भारतीय दलालहरूविरुद्ध आन्दोलन गर्नुपर्ने बताउनुभयो ।

नेपाल क्रान्तिकारी युवा सङ्घ, जुम्लाका अध्यक्ष लालबहादुर बुढाले जसरी उपनिवेशवादी देशहरू समाप्त भए त्यसरी नै विस्तारवादले पनि घुँडा टेक्नुपर्ने बताउनुभयो ।
प्रदर्शनकारीले विभिन्न नारा लेखिएका प्लेकार्ड, पार्टी र जनवर्गीय सङ्गठनका झन्डा बोकेका थिए । कोरोना सङ्क्रमणलाई ध्यानमा राखी सामाजिक दूरी कायम गर्दै प्रलदर्शन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *