भर्खरै :

लिपुलेकमा भारतीय हस्तक्षेपको विरोध गर्ने नेक्राविसङ्घ कार्यकर्ता पक्राउ

किर्तिपुर,२९ बैशाख । भारतले नेपाली भूमि लिपुलेकमा निर्माण गरेको सडकको विरोधमा सोमबार कीर्तिपुरमा आयोजित विरोध जुलुसमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका चार जना विद्यार्थीहरूलाई प्रहरीले गिरफ्तार गरेको छ । कीर्तिपुरको पाँगाबाट सुरु भएको विरोध जुलुस पाँगा दोबाटो हुँदै लोकतान्त्रिक चोकमा पुगेर विरोध कार्यक्रममा परिणत भएको थियो ।
https://www.facebook.com/440881496754760/videos/pcb.661059081403666/2301493820152924/
विरोध कार्यक्रममा हस्तक्षेप गर्दै प्रहरीले नेक्राविसङ्घका केन्द्रीय सदस्य हृदय दाहाल, नेक्राविसङ्घका युवराज विक्रम शाही, दिपक अधिकारी र जगत अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका चार जना विद्यार्थीहरूलाई कीर्तिपुरस्थित प्रहरी वृत्तमा राखिएको छ ।
नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा भएको विरोध कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जन लगायतले भारतले नेपाली भूमिमा बनाएको सडक देशभक्त नेपाली जनतालाई सह्य हुन नसक्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *