भर्खरै :

रुकुम घटनाले वर्गसङ्घर्ष चालू रहेको देखाउने

काठमाडौँ, १३ जेठ । मङ्गलबार सङ्घीय संसद् प्रतिनिधिसभाको बैठकमा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले गृहमन्त्री रामबहादुर थापासँग रुकुमको चौरजहारी–८ सोतीमा अन्तरजातीय प्रेम विवाह गर्न गएका दलित युवाको समूहलाई गैरदलित समुदायले गरेको आक्रमण र हत्याको सन्दर्भमा प्रश्न सोध्नुभयो ।
सांसद सुवालले प्रजातन्त्रको लामो समयसम्म पक्षपात यथावत रहनुका साथै प्रजातन्त्रलाई जगदेखि अभ्यास गराउनुपर्नेमा सत्तापक्ष र सत्तामा गएका पार्टीहरू असफल भएको बताउनुभयो ।
रुकुममा घटेको घटनाले वर्गसङ्घर्ष अझै चालू छ भन्ने देखाएको उल्लेख गर्दै उहाँले प्रजातन्त्र र प्रजातान्त्रिक पार्टीहरूलाई यस्ता घटनाले साँचो अर्थमा प्रजातन्त्रको मर्मअनुसार निष्पक्ष, पक्षपातरहित ढङ्गले काम भएको छैन भन्ने घटनाले पुष्टि गरेको बताउनुभयो । यस घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न उहाँले जोड दिनुभयो ।
बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले दोषीलाई कानुनको कठघरामा ल्याएर कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *