भर्खरै :

त्रुटि सच्याउने अवसर बाँकी नै छ

 
अब त धेरै मानिस थाकिसके होला, वाक्कदिक्क भइसके होला, विश्व महामारी कोभिड – १९(कोरोना भाइरस) सङ्क्रमणबारे पढ्दा, सुन्दा वा हेर्दा । तर, हामीले चाहेर वा नचाहेर पनि तीसँग सम्बन्धित तथ्य तथ्याङ्क अनि विकास आत्मसात गर्नैपर्छ । कुरा यतिमात्र हो कि त्यसलाई रोक्न नियन्त्रण गर्न वा उपचार गर्न अनि त्यसले पु¥याएको क्षतिमा हामीले के ग¥र्याँै र अब पनि के गर्न सकिन्छ भन्नेमात्र हो ।
विश्व सँगसँगै नेपाल पनि कोरोनाको सङ्ग्राममा होमिएकै छ । हिजो हामी सा¥है कममात्र संलग्न भएको यस सङ्ग्राममा अब अग्रमोर्चातिर बढ्दै छौँ । नेपालका ५०÷६० वटा जिल्लामा गरी दुई हजारको हाराहारीमा कोभिड १९ को सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये कतिले कोरोनालाई पराजित गरेका छन् भने केहीले कोरोनासँग हार खाएका छन् ।
सङ्ग्राममा केहीले जीवन पनि गुमाएको हुन्छ तर जीतको निरन्तर प्रयास हुन्छ र हुनु पनि पर्छ । सङ्ग्राममा जीत हारमा हामीले के कस्ता तयारी गरेका छौँ, रणनीति अवलम्बन गरेका छौँ, त्यसमा पनि गहन विचार पु¥याउनुपर्छ ।
हुन त नेपालले जनगणतन्त्र चीनको उहान सहरमा कोरोना सङ्क्रमण देखिने बित्तिकै व्यापक प्रचारप्रसार गरेकै हो । आवश्यक व्यवस्थापनको लागि यथेष्ट समय पाएको पनि हो । माघको १० गते पहिलो कोभिड – १९ का बिरामी देखापरेको नेपालमा दोहोरो अङ्कको सङ्ख्यामा बिरामी देखापर्न दुई महिनाभन्दा बढी समय लिइएको थियो । त्यो पनि नेपालको सीमानाभन्दा हजारौँ किलोमिटर परबाट आएका मानिसहरूमा देखापरेको हो ।
तर विडम्बना ¤ लकडाउन लगाउने समयमा नेपाल कहीँ न कहीँ चुकेको देखिन्छ । २०७६ चैत १० गते साँझ सूचना जारी गरी २०७६ चैत ११ गतेदेखि नेपाल सरकारले लकडाउन कार्यान्वयन ग¥यो । फलतः नेपालभन्दा बाहिर रहेका मात्र होइनन्, नेपालभित्र सुरक्षित तवरले बसेका नेपालीहरू आफ्नो गाउँ – ठाउँमा सहजै जान पाएनन् र भोक प्यासले लखटरान हुँदै कोसौ कोस हिँडेर आफ्नो घर हिँडेर गएको दर्दनाक दृश्य हाम्रा यी आँखाहरूले नचाहेर पनि हेर्नुप¥यो । भारत, बङ्गलादेश, पाकिस्तान, मलेसिया, खाडी मुलुकहरू अनि अष्ट्रेलियामा सुरक्षित तवरले बसेका नेपालीहरूले नेपाल फर्कन चाहेर पनि नेपाल फर्कन पाएनन् ।
के स्वदेश फर्कन पाउने अधिकार नागरिकलाई हुँदैन र ? के आफ्नै खर्चमा विमान चार्टर गरी वा गाडी रिजर्भ गरी स्वदेश फर्कन्छु भन्ने नेपालीलाई रोक्नु न्यायोचित हुन्छ र ? के आफ्नो नागरिकलाई स्वदेश फर्काउने जिम्मेवारीबाट नेपाल सरकार च्युत भएकै हो ? के अन्य सङ्क्रमण व्यापकरूपमा फैलिँदै गएको देशले आफ्ना नागरिक फटाफट विमान चार्टर गरी आ–आफ्नो देश फर्काएको उदाहरण छैन र ?
यी प्रश्नहरूको जवाफ जिम्मेवार निकायहरूले समयक्रममा अवश्य दिनैपर्ने हुन्छ । तर, सरकारले ढिलै भए पनि एउटा सकारात्मक निर्णय अवश्य गरेको छ । विदेशमा अप्ठ्यारोमा परेका नेपाली नागरिकहरूलाई प्राथमिकताका आधारमा नेपाल फर्काउने निर्णय स्वागतयोग्य छ । ती नेपाल फर्कन चाहने नेपालीहरूलाई हवाई भाडा वा गाडीबापत लाग्ने खर्च नेपाल सरकारले व्यहोर्नैपर्छ भन्ने छैन । जो सक्षम छन् उनीहरू आफैले खर्च व्यहोर्छन् र जसले व्यहोर्न सक्दैनन्, तिनीहरूको लागि मात्र सरकारले खर्च व्यहोर्ने हो । त्यसको लगत सङ्कलन सम्बन्धित देशमा रहेका राजदूतावासमार्फत गरिनुपर्छ । विदेशमा रहेका धेरै नेपालीले आफू खर्च व्यहोर्न तयार रहेको सन्देश पनि प्रवाह गरिरहेका छन् ।
नेपाल सरकारले एउटा निर्णय यथाशक्य चाँडो गरिदिनुपर्छ । नेपालीहरू जो जहाँबाट फर्के पनि हामी नेपालमा स्वागत गर्छौं र ती फर्किने क्रममा नेपाल सरकारले तय गरेका क्वारेन्टिन वा स्वएकान्तवासमा अनिवार्य बस्नुपर्छ र आवश्यक परीक्षण गराउनुका साथै आ–आफ्नै गृह जिल्ला नगरपालिका वा गाउँपालिकामा बस्नुपर्छ भन्ने शर्तनामा गराउनुपर्छ । त्यसको व्यवस्थापन स्थानीय निकायले गर्नुपर्छ । बजेट अभाव भए सङ्घीय सरकारले व्यवस्था गर्नुपर्छ ।
तथ्याङ्कले बोलिरहेको छ, कोभिड –१९ सङ्क्रमण विश्वभरि बढ्नेबाहेक घटिरहेको अवस्था छैन । त्यसैले जङ्गलमा आगो सल्केपछि सग्लो काठहरू जति सक्यो त्यति चाँडो छानेर सुरक्षित गर्नु उत्तम हो । पूरै जङ्गलमा डढेलो लागेपछि अगुल्टो सङ्कलन गर्न खोज्नु बुद्धिमानी हुनेछैन । बेलैमा सबैको होश खुल्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *