कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
कोरोना भाइरसको सङ्क्रमणबाट आतङ्कित भइरहेको बेला सरकारको ध्यान सबभन्दा पहिले स्वास्थ्योपचारमा जानुपथ्र्यो । सङ्क्रमितहरूको उद्धार, उपचार गर्नु सरकारको पहिलो प्राथमिकता हुन्छ । सङ्क्रमितहरूको व्यवस्थापन गरी आवश्यक सबै उपचारको माध्यम अपनाइनुपर्छ । सङ्क्रमितहरूको रोग निदान गर्न या व्यवस्थापन गर्न देशभरिका अस्पताल र स्वास्थ्य केन्द्रहरू रात दिन लाग्नुपर्नेमा उल्टो कति अस्पताल बन्द भयो, कतिले खोले पनि स्वास्थ्य सेवा उपलब्ध गराएनन् । सङ्कटको बेला साथ र सहयोग गर्नुको सट्टा जिम्मेवारी बहन नगरी कोरोना पीडितमात्र होइन अन्य कुनै पनि रोग लागेका बिरामीहरूको उद्धार गरिएन । कोरोना पीडितको त परै जावस् अन्य रोगका बिरामीहरूको समेत स्वास्थ्योपचार गरिएन, उपचार पाउन अस्पताल पुगेका बिरामीलाई फर्काइयो । यसको सर्वत्र विरोध भयो ।
अहिले पनि देशभरिका अस्पताल र स्वास्थ्य केन्द्रले साविकबमोजिमका सेवा दिइरहेका छैनन् । बिरामी भर्ना गर्ने, स्वास्थ्य परीक्षण गर्ने र औषधोपचार गर्ने काम भइरहेको छैन । त्यही कारण कोरोना भाइरसभन्दा बढी रोगको कारण या समयमा उपचार गर्न नपाएका कारण मान्छेको ज्यान गइरहेको छ । यसकारण सरकारले शिक्षालय खोल्नुभन्दा पहिले देशभरिका अस्पताल र स्वास्थ्य केन्द्रहरू सुचारू गर्नुपर्छ, पहिलेझैँ स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ । अब कुनै हालतमा सबै अस्पताल र स्वास्थ्य केन्द्रहरू सञ्चालनमा आउनुपर्छ ।
हो, कोरोना भाइरसबाट भन्दा अहिले रोग, भोक, पीडा र चिन्ताको कारण मर्नेहरूको सङ्ख्या बढी छ । लामो समयसम्म काम नपाउँदा खान नपाएर पनि मानिसहरू बिचल्लीमा परेका छन् । खानपिनकै समस्याले गर्दा आत्महत्याको सृङ्खलाको सङ्ख्या बढेको सरोकारवालाहरूको दाबी छ । खानपिनको समस्या परेका व्यक्तिहरूको जीवन सुनिश्चित गर्ने आधार पनि सरकारले तयार गर्नुपर्छ । सरकारले यसको लागि कोषको व्यवस्था ग¥यो, खानपिनको व्यवस्था गर्ने वाचा ग¥यो । तर, त्यो पनि कार्यान्वयन भइरहेको छैन । व्यापक विरोधपछि ग्यासको आपूर्ति सहज भयो । यसकारण सरकारले खानपिनको जोहो गर्नुपर्ने हो । त्यसपछि स्कूल, कलेज सञ्चालन गर्ने, पसल, उद्योग खोल्ने र यातायात सञ्चालन गर्नेतर्फ सरकारको ध्यान पुग्नुपर्छ । पसल नचलेर, व्यापार व्यवसाय बन्द भएर, उद्योग–कलकारखाना र विद्यालय, कलेज सञ्चालन नभएर पनि धेरै मानिसहरू मर्कामा परेका छन्, घरमा परिवार पाल्न धौ–धौ भएका छन् । जनताका यी यावत समस्या समाधानमा सरकार लागिपरेको देखिंदैन । कोरोनाबाट जोगिन लकडाउन गर्नु अनिवार्य छ । तर, लकडाउनसँगै आउने समस्या या चुनौतीको पनि विकल्प सोच्नुपर्छ । त्यस कार्यमा सरकार चुकेको छ ।
Leave a Reply