सरकारको उपस्थिति खोइ ?
- श्रावण १, २०८३
काठमाडौँ, २१ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपालमा प्रधानमन्त्री फेर्न भारतले नेपाली भूमि मिचेर आफ्नो नयाँ नक्सा जारी गर्नुका साथै नेपाली भूमिमा सडक उद्घाटन गरेर धुवाँको पर्दा बनाएको हुनसक्ने बताउनुभएको छ ।
बुधबार सगरमाथा टेलिभिजनको एसटीभी च्याटमा सञ्चारकर्मी प्रकाश गिरीसँग कुराकानी गर्दै उहाँले भारतसँगको सीमा समस्याबारे सबै पूर्वप्रधानमन्त्रीहरू जिम्मेवार भएको बताउनुभयो ।
“पूर्वप्रधानमन्त्रीहरूले आ–आफ्नो कार्यकालमा भारतसँगको सिमाना व्यवस्थित गर्न पहल गरेको भए आज यो समस्या आउने थिएन”, उहाँले भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले कालापत्थरमा गएर मन्त्रिमण्डलको बैठक बसेजस्तै भारतले अतिक्रमण गरेको क्षेत्र लिम्पियाधुरामा गएर मन्त्रिमण्डलको बैठक बस्नुपर्ने बताउनुभयो ।
देशको रक्षाको लागि सेना र स्वयम्सेवकहरूको सङ्ख्या बढाउनुपर्नेमा जोड दिँदै उहाँले अनिवार्य सैनिक तालिमको बन्दोबस्त गर्नुपर्ने कुरा पुनः दोहो¥याउनुभयो ।
अध्यक्ष बिजुक्छेँले सेनाको सङ्ख्या घटाउने विचारप्रति विमति राख्दै भन्नुभयो, “देश सानो हुँदैमा कमजोर हुने गर्दैन । यदि देश ठुलो भएपछि नै शक्तिशाली हुने भए भारतको तुलनामा बेलायत धेरै सानोे थियो । तर, दुई सय वर्ष किन दास बनायो ?”
उहाँले भारतसँग मेलमिलापको नाममा उसले मिचेको नेपाली भूमि आधाआधा गर्न नसकिने प्रस्ट पार्दै यसले आक्रामक शक्तिकै हित हुने बताउनुभयो ।
“कुनै पनि हालतमा आधा गर्ने बाटोतिर जानु हुन्न, हाम्रो भूमि हाम्रै हुनुपर्छ”, बिजुक्छेँले भन्नुभयो ।
सार्वभौमिकता कसैले दिएको नभई आफ्नो तागतले लिएको र सिमाना रगतले कोरिएको हुने भन्दै उहाँले वार्ताबाट मात्र समाधान आउन नसक्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले सरकारमा गएका राजनीतिक दलहरूले लिम्पियाधुरालगायत मिचिएको नेपाली भूमिमा जाने तागत देखाउनुपर्ने बताउनुभयो ।
देशको रक्षा गर्नुपर्ने युवाहरूलाई विदेश पठाउने शासक दलहरूको देशविरोधी योजना भएको चर्चा गर्दै उहाँले गोर्खा भर्तीकेन्द्र बन्द गर्न नेमकिपाले सुरुदेखि नै लडिरहेको बताउनुभयो ।
बिजुक्छेँले नेपालीहरू बसोबास भएका सबै देशमा नेपालको मिचिएको भूमिको विषयमा प्रदर्शन गराउनुपर्नेमा जोड दिनुभयो ।
“नेपालका सबै राजदूतहरूले नेपाली भूमिबारे अन्तर्राष्ट्रिय वृत्तमा प्रचार गर्नुपर्छ । रेडियो नेपाल र नेपाल टेलिभिजनले भारतीय विस्तारवादको विरोध गर्नुपर्छ । नेपालका राजदूत चुप लागेर बस्नुहुन्न”, उहाँले भन्नुभयो ।
देशको रक्षा गर्नु प्रधानमन्त्रीको कर्तव्य भएको भन्दै उहाँले आफ्नो कर्तव्य पूरा नगरे हालका प्रधानमन्त्री पनि असफल सिद्ध हुने बताउनुभयो ।
उहाँले नेपालको भूमि रक्षा गर्ने दायित्व नेपालको भएको भन्दै कुनै पनि विदेशी आएर नेपाली भूमि रक्षा नगरिदिने प्रस्ट पार्नुभयो ।
बिजुक्छेँले शासक दलका कार्यकर्तालाई आफ्ना नेताहरूबाट सजग हुन अनुरोध गर्दै भन्नुभयो, “देश हितविपरीतका सन्धि सम्झौता गर्ने नेताहरूको घरमा जनताले हमला गरेको इतिहास जनताले भुल्नुहुन्न ।”
There is no option but to accept all facts in the article. All successive governments are equally guilty of treason and if the are no positive results soon the present government will follow suit. All governments and all personnel in those governments
Will be held accountable by the people of Nepal, and will have to pay the ultimate price.