भर्खरै :

काठमाडौँ उपत्यकामा स्मार्ट सिटी होइन उपत्यकाबाहिर स–साना सहर बनाउनुपर्छ

काठमाडौँ, २२ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आवास योजना सञ्चालन स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने हुँदा उपत्यका विकास प्राधिकरणबाट स्थानीय तहको अनुमतिविना उपत्यकामा ठुला सहर विकास गर्ने योजना स्थानीय तहको अधिकारमाथि हस्तक्षेप हो भन्नुभयो ।
काठमाडौँ उपत्यका विकास प्राधिकरण सञ्चालक समितिको बिहीबार बसेको बैठकमा उहाँले स्मार्ट सिटीको नाउँमा उपत्यकामा ठुलठुला सहरहरू निर्माणले काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाहरू समाप्त हुने हुँदा उपत्यका बाहिर स—साना सहरहरूको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “ठूलठूला सहरको विकासले फोहरमैला व्यवस्थापनमा समस्या हुनेछ, खानेपानीको हाहाकार हुनेछ, अपराधको सङ्ख्या वृद्धि हुनेछ र सडक जामको समस्या विकराल बन्नेछ । उपत्यकाको सांस्कृतिक सम्पदा देशकै सम्पत्ति हो । त्यसलाई संरक्षण गर्नुपर्छ ।’
“काठमाडौँ उपत्यकामा नदी र वायु प्रदूषणले श्वास फेर्न गा¥हो भएको छ । उत्पादन हुने भूमिमा घर निर्माणले गर्दा खाद्यान्नको लागि विदेशीको भरपर्नुपर्ने स्थिति बढ्नेछ । के हामीले सबै कुरामा परनिर्भरता चाहेका छौं ?” — उहाँले प्रश्न गर्नुभयो ।
उहाँले काठमाडौँ उपत्यकालाई सांस्कृतिक केन्द्रको रूपमा संरक्षण गरी देशको सन्तुलित विकासको लागि उपत्यका बाहिर पनि जनतालाई उपत्यकामा झैँ सबै अवसर दिनुपर्छ भन्नुभयो ।
तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले स्थानीय तहको अधिकार क्षेत्रमा सचेत भए पनि आफ्नो पहलमा मात्रै योजना कार्यान्वयन सम्भव नभएको बताउनुभयो । उहाँले योजनालाई जति सम्भव छ, त्यति छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
सिन्टीटार जग्गा एकीकरण आयोजनाका प्रतिनिधि रमेश थापाले काठमाडौँ उपत्यकामा कति मान्छे राख्ने त्यसको स्पष्ट योजना बनाउनुपर्नेमा जोड दिँदै घना जनसङ्ख्याका कारण दिल्लीमा प्रदूषण बढेकोले विद्यालयमा बिदा दिनुपरेको घटनाबाट शिक्षा लिनुपर्छ भन्नुभयो ।
पुरातत्व विभागका प्रतिनिधि सुरेश सुरज श्रेष्ठले फास्ट ट्रयाकको नाउँमा बुङ्गमतीका सम्पदामा क्षति पुग्यो भनेर स्थानीय जनता लडिरहेको बारे सोच्नुपर्छ भन्नुभयो ।
बैठकमा गुठी संस्थान प्रमुख मिनबहादुर चौधरी, नापी विभागका प्रतिनिधि, भूमिसुधार विभागलगायतका प्रतिनिधिहरूले प्रस्तावित डीपीआरबारे आ—आफ्नो विचार व्यक्त गर्नुभयो ।
काठमाडौँ उपत्यकाको ४ स्थानमा ४ वटा ठूला सहरहरू निर्माण गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । त्यसबारे पक्ष विपक्षमा बहस चलिरहेको छ । काठमाडांँै उपत्यका विकास प्राधिकरणले केही वर्ष अघिदेखि यसको लागि तयारी अगाडि बढाइरहेको छ ।
बैठक प्राधिकरण सञ्चालक समितिका अध्यक्ष भाइकाजी तिवारीको अध्यक्षतामा बसेको थियो ।

4 responses to “काठमाडौँ उपत्यकामा स्मार्ट सिटी होइन उपत्यकाबाहिर स–साना सहर बनाउनुपर्छ”

  1. Mb Khadk a says:

    There should not be appropriate to plan smart city in Kathmandu valley in view of the population , limited land, environmental n also pollution.
    If such projet n plan should explore out side valley will be appropriate cause developments of that particular place . infrastructure , highway connection, each n everything will be developed.
    No noise ,no pollution inside valley n
    Also no excessive crowd.moreover shortage of water supply ,no open field for the senior citizens n children for walk n play. How come
    govt n concerned authority are not taking care such things before implementation? Kathmandu is going to more narrow day by day .
    History n culture are going in the shadow. Nobody is going to look after such things how to persevere
    Our culture n have to maintain for
    Touristic point of view .tourist are not coming to Nepal to see the sky scraper building n houses n dirty n dusty things.therefor such projects should focus outside valley rather than inside valley .

  2. Stephen Mikesell says:

    हाम्रो कल्पनाशक्ति कत्ति सानो भएको छ! स्मार्ट शहर वा ठूलो शहरको सट्टामा, किन रहने योग्य शहर छैन? Sustainable शहर? सुन्दर शहर? सांस्कृतिक शहर? शान्त शहर? साइकल शहर? इको शहर?
    स्मार्ट शहर र स्मार्ट नागरिक एकै होइनन्

  3. Janak thapa says:

    First of all we have to preserve our History and culture, as well as fertile land for agriculture to keep continuation as heritage city and self sustain for food.so we have to develop programmed to utilize less fertile land and less crowded area as well as less developed area. Which can maintain balanced on air pollution, tourism , spread of development out of capital city and increase tourism.

  4. maheshwor says:

    याे विषयमा बहस गर्ने बेला अलि भएकाे छैन । ९०% नेवाः काठमाडाैबाट विस्थापित हाेस् न अनि हुन्छ सहि समय । दिल दिमागमा नेवाः विस्थापनकाे साेच राख्ने अनि नाटक गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *