जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
- श्रावण ३, २०८३
काठमाडौँ उपत्यकालगायत देशभरका प्रमुख सहरमा लकडाउन तुलनात्मकरूपमा खुकुलो बन्दै गएको अनुभव गरिएको छ । राजधानीका प्रमुख बजारमा पसलहरू खुल्न थालेका छन् । सडकमा सवारी साधनको सङ्ख्या बढिरहेको छ । सरकारी सूचनाअनुसार नै केही कलकारखानाहरू पनि खुलेका छन् । सडकमा मानिसको आवतजावत बढिरहेको छ । यो अवस्थामा एकातिर महिनौँसम्मको लकडाउन जीवनपछि मानिस उन्मुक्त भएर बाहिर आउन थालेका छन् भने अर्कोतिर समाजमा चहलपहल बढेसँगै कोभिडको सङ्क्रमणको सम्भावना पनि बढिरहेको छ । यी दुवै पक्षबीच उचित सन्तुलन गर्न नसके कोभिडको सङ्क्रमण बढ्ने सम्भावना बढ्नेछ ।
नेपालमा मात्र होइन, आज संसारभरका सबै देशका सरकारलाई अर्थतन्त्र र लकडाउनबीचको सन्तुलन कायम गर्न धौधौ भइरहेको छ । कोभिडको औषधि पत्ता नलागिसकेको अवस्थामा लकडाउन नै सङ्क्रमण नियन्त्रण गर्ने सबभन्दा प्रभावकारी माध्यम बनेको छ । तर, लकडाउनको अवधि लम्बिंदै जाँदा अर्थतन्त्र र आर्थिक जीवन भने ध्वस्तप्रायः बन्दै छ । आर्थिक मन्दीले संसारको जनजीवनमा कोरोनाको महामारीजस्तै भयावह दुष्प्रभाव पार्नसक्ने भएकोले कोरोना र अर्थतन्त्रबीच सन्तुलित गर्नु आजको आवश्यकता हो । त्यसकारण संसारका अधिकांश देशहरूले आज सावधानीका तरिका अपनाउँदै क्रमशः लकडाउन खुकुलो बनाउँदै गएका छन् । सङ्क्रमणको उचाइ हासिल गर्दै गरेका देशहरूले समेत सङ्क्रमणको घनत्वको आधारमा वर्गीकरण गरी आर्थिक गतिविधिलाई भने निरन्तरता दिइरहेका छन् ।
पछिल्लो चरणमा नेपाल सरकारले पनि यही नीति अङ्गीकार गर्न खोजेको देखिन्छ । आर्थिक गतिविधिलाई अझ लामो समय बन्देज लगाउँदा रोगले भन्दा भोकले मानिस मर्ने सम्भावनालाई ध्यानमा राखी अब लकडाउनको ढाँचा बदल्न जरूरी भएको छ । लामो अवधिको लकडाउनमा आर्थिक गतिविधि लगभग बन्द भएपछि मानिसको गोजी रितिंदै छ । उक्लिँदो बजारभाउ छिचोल्दै यहाँसम्मको यात्रामा आइपुग्दा परिवार, कम्पनी र कार्यालयहरू आर्थिकरूपमा रित्तो भएका छन् । त्यसकारण अब लकडाउनको तरिका बदलेर अगाडिको यात्रा अघि बढाउनुको विकल्प छैन ।
कोभिडको जोखिमलाई न्युनाङ्कन गर्न सकिँदैन । लकडाउनको अवधिमा कोभिडको जोखिम रोकथाम गर्न चालिएको कदमलाई अझ निरन्तरता दिइनुपर्छ । जनस्वास्थ्य पूर्वाधार र सेवाको विस्तारलाई थप विस्तार गर्नुपर्छ । जनजीवनमा कोभिड रोकथामका सजगतालाई चालू राखिनुपर्छ । जनचेतनामूलक कामलाई अझै विस्तार गरिनुपर्छ । नेपालका सबै खुला सिमाना कडाईका साथ बन्द गरिनुपर्छ । विदेशबाट नेपालमा आउने नेपालीलाई उचित क्वारेन्टिनमा राख्ने बन्दोबस्त गर्नुपर्छ । सङ्क्रमित व्यक्तिहरूको उचित उपचार र कन्ट्याक्ट टे«सिङको सघनतालाई अझ चालू राखिनुपर्छ । पसल व्यवसाय, कलकारखाना, कार्यालय र आर्थिक गतिविधि सञ्चालन गर्दा सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी अघि बढाउनुपर्छ । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको गम्भीरता र सक्रियतालाई अझ निरन्तरता दिइनुपर्छ ।
जनतालाई उत्पादनमूलक गतिविधिमा अझ लाग्न अभिप्रेरित गर्नुपर्छ । जग्गा जमिन बाँझो राख्न नपाइने अभ्यास सबै स्थानीय तहले लागू गर्नुपर्छ । विदेशी सामानको आयातलाई भन्दा देशभित्रै उत्पादन बढाएर देशको आत्मनिर्भर अर्थतन्त्रको विकासमा लाग्न जरूरी छ । आर्थिक गतिविधि र सङ्क्रामक रोगको नियन्त्रणबीचको सन्तुलन नै अबको अगाडिको बाटो हुनसक्छ ।
Leave a Reply