भर्खरै :

अब कअब कसिमला पाँय् मोबाइल एपमा

भक्तपुर, ३१ जेठ । भक्तपुरका एक जना इन्जिनियरले भक्तपुरमा परम्परादेखि खेल्दै आएको मौलिक खेल कसिमला पाँय् मोबाइलमा पनि खेल्न सकिने गरी मोबाइल एप बनाएको छ । ख्वप इन्जिनियरिङ कलेजबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका भक्तपुर वडा नं ९ का रमेश प्रजापतिले बनाएको कसिमला पाँय्को मोबाइल एप शनिबारबाट गुगलको प्लेस्टोरमा पनि उपलब्ध भएको हो । भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रमअन्तर्गत स्थानीय मौलिक खेलमा समावेश गरिएको कसिमला पाँय् खेल भक्तपुर नगरपालिकाका सबै विद्यालयमा कक्षा ६ मा खेलाइने गरिएको छ ।
कसिमला पाँय् गुगलको प्लेस्टोरमा उपलब्ध भएसँगै अब सो खेल खेल्न चाहनेले मोबाइलको गुगल प्लेस्टोरबाट डाउनलोड गरी इन्स्टल गर्न सकिने भएको छ । हाललाई सो खेल अनलाइन खेल्न सकिने छैन । तर, दुई जना खेलाडी र कम्प्युटरसँगै भने सो खेल खेल्न सकिने सुविधा छ ।
“केही समयअघि ड्रात्मै राखेर कसिमला पाँय्को मोबाइल एप सार्वजनिक गरेको थिएँ । धेरैले प्लेस्टोरमा पनि उपलब्ध गराउन सल्लाह दिए । सोहीअनुसार अहिले उपलब्ध गराएको हुँ”, रमेश प्रजापतिले भन्नुभयो ।
उहाँले विद्यालयमा कसिमला पाँय् खेल्न सिकेका विद्यार्थीले मोबाइलमा पनि खेल्नसक्ने विश्वास व्यक्त गर्नुभयो । मोबाइल एप सार्वजनिक भएपछि धेरैले खेल खेल्ने तरिकाबारे जानकारी मागेको उहाँले बताउनुभयो । हाल कम्प्युटर साइन्स विषयमै विभिन्न कलेजमा अध्यापन गराइरहनुभएका प्रजापतिले अखःछें, हाउस अफ आइटी नामको कम्पनीमार्फत विभिन्न प्राविधिक काम गर्दै आउनुभएको छ ।

2 responses to “अब कअब कसिमला पाँय् मोबाइल एपमा”

  1. Napit GomishDas says:

    मलाई खुसी लाग्यो यो समाचार पढेर , हुन त मैले नै सुझाव दिएको थिए सो एप भक्तपुर ईन्जिनियर कलेजका कोही विद्यार्थी ले सृजना गरुन भुनेर, अझ राम्रो गर्दै जानुस्, सो पोष्टमा भनिएको वाचा म पनि पूरा गर्छु।
    हाल मसँग अन्द्रवाईद स्मार्ट फोन नभएका कारण सो एप चलाउन सकिएन, तर मैले लिंक भने सुरक्षित राखेको छु । धन्यवाद छ रमेश जी।

  2. कृष्ण भक्त गैडा says:

    प्लेस्टोरमा कसिमला पाँय एप्प देखाएको छैन त खोइ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *