अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
भक्तपुर, ४ असार । भक्तपुर नगरपालिका वडा नं ६ चोछेँ, मुलाछेँ बस्ने २२ वर्षका एक जना युवकमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि सो क्षेत्र बन्द (सिल) गरिएको छ । सङ्क्रमित युवकलाई उपचारको लागि बिहीबार बिहान १ बजे स्थानीय जनप्रतिनिधि र प्रहरीको समन्वयमा एम्बुलेन्समा पाटन अस्पताल पु¥याइएको वडाका वडाध्यक्ष हरेराम सुवालले जानकारी दिनुभयो । सङ्क्रमण फैलिन नदिन मुलाछेँका कम्तीमा ३० घर सिल गरिएको छ । सङ्क्रमित युवकको प्रत्यक्ष सम्पर्कमा आएका १७ जना व्यक्तिको ट्रेसिङ गरी उनीहरूलाई घरमै क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ ।
फूटबल खेल्ने क्रममा खुट्टा मर्किएपछि उपचारको लागि सङ्क्रमित युवा असार १ गते भक्तपुर अस्पताल पुगेका थिए । चिकित्सकले मर्किएको खुट्टाको एक्स–रे हेरेपछि शल्यक्रिया गर्नुपर्ने बताएको थियो । शल्यक्रियाको लागि नियमानुसार उनको कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गरिएको थियो । असार ३ गते साँझ उनी कोरोना सङ्क्रमित भएको टेकुस्थित प्रयोगशालाले जानकारी दिइएको थियो ।
वडाध्यक्ष सुवालले हाल सङ्क्रमित युवक र उनका परिवारका सदस्य सबैको अन्य स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो । सङ्क्रमित युवक पेशाले सिकर्मी हुन् ।
त्यस्तै महानगरीय प्रहरी परिसर, भक्तपुरको सञ्चार कक्षमा कार्यरत एक जना प्रहरीमा पनि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय प्रहरी जवानलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सञ्चार कक्ष सिल गरी त्यहाँ रहेका १२ प्रहरीलाई क्वारेन्टिनमा राखिएको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।
सङ्क्रमित प्रहरीलाई खोकी लागेपछि गत जेठ ३१ गते स्वाब सङ्कलन गरी पीसीआर गरिएकोमा बुधबार आएको रिपोर्टमा कोरोना सङ्क्रमण देखिएको हो ।
त्यस्तै गत जेठ ३० गते कुबेत सरकारको आममाफीमा सहभागी भएर कुबेतबाट फर्किएर खरीपाटीस्थित क्वारेन्टिनमा राखिएकी नवलपरासी गैँडाकोटकी २२ वर्षीया युवतीलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वदेश फर्किएर विमानस्थलमा ज्वरो देखिएपछि विमानमा रहेका सबैलाई खरीपाटीस्थित क्वारेन्टिनमा राखिएको र थप लक्षण देखिएपछि भक्तपुर अस्पतालको आइसोलेसनमा राखिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिनुभयो ।
Leave a Reply