सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
गत सोमबार लद्दाख क्षेत्रस्थित रणनीतिकरूपमा महत्वपूर्ण गलवन उपत्यकामा भारत र चीनबीच भएको सिमाना विवादको क्रममा भारतीय पक्षबाट २० जना सिपाहीँको निधन भयो । चीनले आफ्नोतर्फबाट भएको क्षति सार्वजनिक गरेको छैन । चीनले शान्ति मिसनमा गएका सिपाहीँबाहेक अन्यत्र आफ्नोतर्फबाट भएको क्षति सार्वजनिक गर्ने गरेको छैन । भारतले आफ्नो भूमिमा चीनले भौतिक संरचना बनाइरहेको दाबी गरेको छ । चीनले पनि भारतीय सेना पटक–पटक चिनियाँ भूमिमा प्रवेश गरेको बताएको छ ।
चीन र भारतबीचको यो द्वन्द्वलाई सामान्यरूपमा लिन सकिन्न । तर, दुवै पक्षले संयमता अपनाएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिकरूपमा दिएको एक सन्देशमा शान्तिपूर्ण सहअस्तित्वको भारतीय नीतिमा जोड दिएका छन् । त्यस्तै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले संयमित भाषामा चीन र भारत दुवैले आपसी संवादमार्फत समस्या समाधान गर्न र अवस्था सहज बनाउने सहमति भएको प्रस्ट पारे ।
चीन र भारतबीचको लामो सम्बन्धको चर्चा गर्दा दुई देशबीचको सीमा विवादका घटना छन् । त्यसकारण दुवै देशले अहिले दिएको प्रतिक्रिया गम्भीर किसिमको छ । प्राचीन इतिहास बोकेका दुई ठुलठुला सभ्यताको देश भएकाले तिनीहरूबीच धेरै कुरामा समानता छन् । दुवै देश आफ्ना नागरिकलाई समृद्ध बनाउने साझा र कठिन लक्ष्यमा अघि बढिरहेका छन् ।
दुवै देशको आपसी बजारमा पहुँचले विकासलाई अझ गति प्रदान गरेको छ । भारतीय वाणिज्य विभागअनुसार हङकङसहित चिनियाँ मूलभूमि भारतको दोस्रो सबभन्दा ठुलो निर्यात बजार हो । भारत चीनको सातौँ सबभन्दा ठुलो निर्यात गन्तव्य हो । चीनबाट भारतमा निर्यातको परिमाण बढ्ने क्रम जारी छ ।
आपसीमा निकट सम्बन्ध भएका भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङ बृहत् क्षेत्रीय आर्थिक साझेदारीका लागि उत्सुक छन् । यसले भारतीय परियोजनाहरूमा चीनको पुँजीगत लगानी बढाउनेछ । वैज्ञानिक क्षेत्रमा थप सहकार्य अघि बढ्नेछ । चीनले भारतीय सामानको आयात बढाउनेछ जसले चीनसँग भारतको व्यापार घाटा न्यून गर्नेछ ।
भूराजनीतिक परिदृश्यमा दुवै देश एकअर्काको मनसायप्रति सजग छन् । यसले दुई देशबीचको सिमाना विवादमा थप दबाब र सजगता बढाउनेछ । तथापि, दीर्घकालीन भूराजनीतिक कोणबाट भारत र चीन दुवैका आपसी हित एकअर्कासँग नजिकबाट गाँसिएका छन् ।
चीनको बेल्ट एन्ड रोड परियोजनाप्रति भारत सशङ्कित छ । बेल्ट एन्ड रोड परियोजनाअन्तर्गत पाकिस्तानमा पूर्वाधार निर्माण र श्रीलङ्गामा बन्दरगाह निर्माणका काम भएका छन् । त्यस्तै, संरा अमेरिकी सैनिक आधारहरूबाट घेरिएको चीन आफूविरुद्ध अमेरिकी हिन्द–प्रशान्त रणनीतिमा भारत लाग्ने हो कि भनी सजग छ । चीनले वैज्ञानिकरूपमा अपुष्ट भन्दै आएको कोभिड–१९ बारे संरा अमेरिका प्रायोजित समाचारहरू भारतीय सञ्चारमाध्यमले जोडतोडका साथ प्रचार गरेको हुनाले पनि चीनको मनमा चिसो पसेको छ ।
यद्यपि, दुवै देश असंलग्न आन्दोलनका सदस्य हुन् । त्यसकारण दुवै देश प्रभुत्ववादको विरोधमा उभिएका देशहरू हुन् । आफ्नो राजनीतिक–आर्थिक प्रणालीमा हस्तक्षेप गरेको न भारतले मनपराउनेछ न चीनले नै मनपराउनेछ । भारत र चीन दुवै ब्रिक्स र साङ्घाई सहकार्य सङ्कठनका सदस्यहरू हुन् । भारत र चीन दुवै बहुध्रुवीय विश्व व्यवस्थाको पक्षमा छन् । त्यस्तो विश्व व्यवस्थाले नै दुवै सभ्यतालाई फल्ने फुल्ने मौका प्रदान गर्नेछ ।
त्यस अतिरिक्त चीन र भारतबीचको सिमाना विवादको पृष्ठभूमि बुझ्दा पनि तनाव कम गर्न केही मद्दत पुग्नेछ । ऐतिहासिकरूपमा चीन र भारतबीचको सिमाना विवाद बेलायती उपनिवेशवादी विरासतसँग जोडिएको कुरा दुवै पक्षले बुझ्न आवश्यक छ । इतिहासले छोडेका यी समस्या समाधान गर्न दुवै देशकै काँधमा अझै जिम्मेवारी बाँकी नै भए पनि यसको निम्ति उनीहरू दुवैले एक आपसमा आरोप प्रत्यारोप गर्न मिल्दैन । दुवै देशले एक अर्काले दाबी गरेको भूमिलाई मान्यता दिइनसकेको हुनाले दुवैबीच प्रस्ट परिभाषित सिमाना छैन । वास्तवमा दुवैले निकै खराब तरिकाले सीमाङ्गन गरिएको लाइन अफ एक्चुएल कन्ट्रोल(एलएसी) का दुईतिर तैनाथ छन् । परिणामतः कहिलेकाहीं दुर्घटना भने अवश्यम्भावी छ ।
सीमा विवाद निकै जेलिएको समस्या हो । त्यसमाथि दुई देशबीच आपसमा अविश्वासको अवस्था छ । यो समस्या समाधान गर्नु कुनै सुन्दर बगैँचामा विचरण गर्नुजस्तो सहज पक्कै हुनेछैन । आज चीन र भारत दुवै जनता नेहरूको नारा ‘हिन्दी–चिनी भाइ–भाइ’ भन्दा निकै पर छन् । तथापि दुई देशले आपसमा मिल्नुपर्ने कारण अरू धेरै छन् । दुई शक्तिबीच सहकार्यका अवसर पनि अथाह छन् । दुई आणविक हतियार सम्पन्न विशालकाय देशहरूबीचको द्वन्द्व भए त्यसको परिणाम भयावह बन्नसक्छ ।
एक्काइसौँ शताब्दीको सुरुवातमा धेरै मानिसले यदि सबै कुरा सामान्य रहेमा यो शताब्दीको नेतृत्व चीन र भारतले गर्ने विश्लेषण गरेका थिए । यस अवस्थामा दुई देशबीचको वार्ता नै एकमात्र विकल्प हो । बुद्धिमत्तापूर्ण विवाद समाधानमार्फत दुई देशले भविष्यको ठुलो शक्ति सम्बन्धको ढाँचा प्रस्तुत गर्नसक्छन् । त्यसले अघिका विश्व व्यवस्थाका गल्ती सच्याइएको हुनेछ ।
सीमा विवादबाहेक भारत र चीनबीच कुनै अरु दीर्घकालीन समस्या छैन । दुवै देशमा बुद्ध दर्शनको लामो ऐतिहासिक सम्बन्ध छ । बुद्ध दर्शनको विकास भारतबाट भयो । तर रेशममार्गमार्फत चीनमा शान्तिपूर्वक फैलियो । चीनको साहित्य कृति ‘जर्नी टु द वेस्ट’ (पश्चिमको यात्रा) मा अझै पनि भारतका बौद्ध सम्पदा र आकर्षणबारे अध्ययन गरिन्छ ।
आज दुई देशबीचको सम्बन्धमा केही समस्या आइपरेको छ । अहिले भएको घटना दुःखद छ । तथापि, यो द्वन्द्वलाई दुई पक्षबीचको झडपको रूपमा मात्र व्याख्या गरिएको छ । हातहतियार प्रयोग दुवै पक्षबाट भएको छैन । दुई देशबीचको विवादको क्रममा सबभन्दा पछिल्लो पटक गोली सन् १९७५ मा चलेको थियो । दुई देशबीचको इमान्दार सहकार्यले मात्र दुवै पक्षले हतियार नबोक्ने निर्णय सम्भव भएको हो । संसारकै सबभन्दा विवादास्पद सीमा क्षेत्रमा उनीहरूबीचको यो सामान्य झडप तुलनात्मकरूपमा सकारात्मक कुरा हो ।
अबको पहिलो प्राथमिकता भनेको अहिलेकै निःशस्त्र यथास्थितिको निरन्तरता हो । दोस्रो प्राथमिकता भनेको सबै तहमा चीन र भारतबीचको सहकार्यलाई अझ बलियो बनाउँदै लानु हो । ताकि पुरानो सीमा विवादलाई दीर्घकालीन विस्तृत सहकार्यले विस्थापन गर्न सकियोस् ।
स्रोतः सीजीटीएन
नेपाली अनुवादः सुशिला
Leave a Reply