भर्खरै :

सक्वको म राजदास – ३७ रुसी कवि अलेक्जेन्डर पुश्कोन

रुसी कवि अलेक्जेन्डर पुश्कोन
            सन् १९१७ मा अक्टोबर क्रान्ति सम्पन्न हुनुअगाडि रुसी साम्राज्यमा जार शासकहरूले राज्य गर्दथे । प्राकृतिक सम्पदा र खनिज पदार्थहरूले भरिपूर्ण रुसी भूमि कृषिजन्य पदार्थहरूमा पनि धेरै उन्नत थियो । रुसी साम्राज्यमा साहित्य, संस्कृति पनि धेरै फस्टाएको थियो ।
            रुसी साहित्यकार महान कवि अलेक्जेन्डर पुश्कोनलाई रुसमा रुसी साहित्यका पिता सम्झन्थे । सन् १७९९ मा रुसको मस्कोमा जन्मेका रुसी आदिकवि अलेक्जेन्डर पुश्कोनको सन् १८३७ मा ३८ वर्षको अल्पायुमै मृत्यु भयो, एक दुखान्त घटनाले गर्दा ।
            अलेक्जेन्डर पुश्कोन एक क्रान्तिकारी स्वभावका लेखक थिए । उनले तत्कालीन सामन्ती शासकहरूको विरोधमा आफ्ना कविताहरू लेख्ने र वाचन गर्ने गर्दथे र त्यसकारण जार शासकहरूको आँखाका कसिङ्गर बनेका थिए अलेक्जेन्डर पुश्कोन ।
            अलेक्जेन्डर पुश्कोन महान कविको रूपमा चिनिन्छन् । उनले नाटक (ड्रामा), उपन्यास र कथाहरू पनि लेखेका थिए । ‘युगेन अनेगीन’ भन्ने उनका उपन्यास धेरै प्रख्यात थियो र विश्वभर पढिन्थ्यो ।
            अठारौँ शताब्दीको अन्तिम साल जन्मेका अलेक्जेन्डर पुश्कोनले थोरै उमेर बाँचेर पनि रुसी साहित्य जगतमा तहल्का मच्चाइदिएका थिए । रुसी साहित्यिक भाषाशैलीमा पुश्कोनले एक नयाँ परिवर्तन ल्याएर तहल्का मच्चाएका थिए । पुश्कोनको उदय हुनुभन्दा पहिले रुसी साहित्यमा क्रिश्चियन धर्मको बाइबलको ठुलो प्रभाव थियो र धार्मिक ग्रन्थ बाइबलको भाषाशैली प्रयोग गरेर साहित्य कृति संरचना गरिन्थ्यो भने कवि पुश्कोनले धार्मिक ग्रन्थको प्रभावबाट मुक्त भएर रुसी जनजीवनमा बोलिने भाषा प्रयोग गर्नु नै पुश्कोनको ठुलो देन थियो रुसी साहित्यको नवीकरणमा । यस कार्यले गर्दा रुसी समाजमा रुसी जनजीवनमा अलेक्जेन्डर पुश्कोन धेरै लोकप्रिय र जनप्रिय भए । तर, तत्कालीन जार शासकहरूको लागि उनी एक ठुलो विद्रोहीको रूपमा उदाए । हुनसक्छ, उनको भित्री रगतमा नै सामन्ती शासकहरूको विरोधमा ज्वालामुखी उम्लिरहेको थियो । उनी रुसमा जन्मेका भए पनि उनको रगत विशुद्ध रुसी थिएन । उनका हजुरबुबा रुसी शासक ‘पेटर द ग्रेट’ को पालामा अफ्रिकाबाट ल्याइएका एक दास थिए ।
            पुश्कोनको रूप, रङ र उनको शिरको कपालले पनि देखाउँछ कि उनी बहुसङ्ख्यक रुसीजस्ता देखिँदैनथे बरु एक अफ्रिकीजस्तो नै देखिन्थे । यही कारण पनि हुनसक्छ पुश्कोनको रगतमा रुसी शासकहरूको विरोधमा आगो जलिरहेको थियो । पुश्कोनको पुर्खा उत्तरपूर्वी अफ्रिकी देश युथोपियाबाट आएको भन्ने सुनिन्छ । पुश्कोनको बुबाको बाजे अब्राम गानीबाल टर्कीस साम्राज्यको इस्तानबुल सहरमा बसोबास गर्दै थिए एक सुल्तानको राजदरबारमा । तत्कालीन टर्कीका लागि रुसी राजदूतले अब्रामलाई रुसी बादशाह पेटर प्रथमको लागि एक उपहारस्वरुप दासको रूपमा ल्याएका थिए ।
            जार पेटर एक सुधारवादी महाराजा थिए । रुसको पिटर्सबर्गमा उनको निवास थियो । त्यसबेला पिटर्सबर्ग रुसको राजधानी थियो । पिटर्सबर्गबाट नै जारहरूले राज्य सञ्चालन गरेका थिए । अन्तिम जार निकोलस द्वितीयलाई सन् १९१७ मा भएको फेबु्रअरी क्रान्तिले अपदस्थ गरेको थियो ।
            रुसमा सन् १९१७ मा महान अक्टोबर क्रान्ति सम्पन्न हुनुपूर्व फेब्रुअरी क्रान्ति भएको थियो । यही १९१७ र क्रान्तिको यस पहिलो चरणमा रुसी शासक जार निकोलस गद्दीमुक्त भएका थिए । जार निकोलस द्वितीयको सत्ताच्युतसँगै रुसमा रमानोभ वंशको शासन अन्त भएको थियो ।
            सन् १६८२ मा रुसी सामन्ती शासक पिटर प्रथमलाई रुसी जार भनिन्थ्यो । सन् १७२१ देखि उनलाई रुसी साम्राज्यको प्रथम सम्राट पिटर महान भन्न थालियो ।
            उनी पिटर जारको पालामा ल्याइएका थिए पुश्कोनको बुबाको हजुरबुबा अब्राम रुसमा ।
            पिटर प्रथम एक सामन्ती शासक भए पनि उनले राम्रो शिक्षा दीक्षा पाएका थिए । उनले आफ्नो राज्यकालमा १७ औँ शताब्दीमा युरोपका विकसित देशहरूको भ्रमण गरी रुसमा विशेष गरेर तत्कालीन राजधानी विटर्सबर्गमा धेरै राम्रा सुधारका कामहरू गरेका थिए । सन् १७२५ फेब्रुअरी ८ तारिखमा पिटर्सबर्गमा उनको ५७ वर्षको उमेरमा मृत्यु भएको थियो ।
            उनले गरेका सुधारका कामहरूमध्ये रुसी अर्थाेडक्स चर्चले निषेध गरिराखेका सांस्कृतिक सभ्यताजस्तै सङ्गीतका वाद्यवादन, थियटरका नाट्य सामग्री र चित्रकला रुसमा भित्याएका थिए युरोपका विभिन्न देशहरूबाट मुख्यतया जर्मनी र बेलायतबाट र फ्रान्सबाट ।
            पिटरले आफ्नो देशको आर्थिक तथा सांस्कृतिक विकासको साथसाथै सैनिक क्षेत्रमा पनि धेरै सुधार गरे । त्यसबेला रुस कृषि उब्जनीमा धेरै धनी थियो । रुसी कुलाक (जमिनदार) हरूसँग धेरै पैसा थियो । रुसमा धनीमानी वर्ग र ठुलाठालुहरू लामा–लामा दार्‍ही जु·ा पालेर हिँड्थे । त्यसमध्ये प्रायः सबै जमिनदारहरू पनि पिटरले आफू युरोपमा देशहरूको भ्रमणबाट फर्केपछि आफ्नो देश–सहर पनि त्यस्तै हिसाबले विकास तथा सुधार गर्ने इच्छाअनुसार आफ्नो दरबारमा धनी मानिएका कुलाकहरूलाई बोलाएर सबैको लामा–लामा दार्‍ही जु·ाहरू काट्न लगाए । सभ्य र सफा सुग्घर देखिनको लागि भनेर र उनै जमिनदारहरूबाट धेरै पैसा सापट लिएर पिटर्सबर्गमा पानीजहाजहरू ल्याउने र पुलहरू बनाउने काम गरे र आधुनिक महलहरू पनि बनाए । साङ्गीतिक र सांस्कृतिक क्षेत्रमा पनि धेरै सुधार गर्ने निर्देशन दिए ।
            पिटर धेरै उद्धार हृदयका राजा थिए । उनले आफ्नो जीवनको अन्तिम समयमा सेन्टपिटर्सबर्गको नीभा नदीमा डुब्न लागेकी एक बालिकाको उद्धार गरेका थिए । पिटर प्रथम राजाले आफू स्वयम् नदीमा हामफालेर बालिकाको ज्यान त जोगाए । तर, पिटर स्वयम्को निमोनिया रोग लागेर मृत्यु भयो । जार पिटरले आफ्नो शासनकालमा सन् १७१२ मा पिटर्सबर्गलाई एक नयाँ स्वरुप दिएर रुसको नयाँ राजधानी बनाएका थिए । सन् १९१७ मा भएको रुसी अक्टोबर क्रान्तिपछि पिटर्सबर्गलाई ‘लेनिन ग्राड’ भनिएको थियो । सोभियत सङ्घको विघटनपछि आजकल फेरि पिटर्सबर्गलाई ‘सेन्ट पिटर्सबर्ग’ नाम दिइएको छ ।
            जार पिटर प्रथमले पुश्कोनका पुर्खा अब्रामलाई धेरै मनपराए र उनलाई फ्रान्सको राजधानी सहर पेरिसमा पढ्न पठाए । पछि अब्राम धेरै धनी भए । जार पिटरले आफ्नो हजुरबुबाको लागि गरेको गुणको लागि पुश्कोन धेरै कृतज्ञ भए । उनले आफ्नो हजुरबुबा अब्राम र पिटर प्रथमको बारेमा एउटा उपन्यास नै लेखे, ‘द नेग्रो अफ पिटर द ग्रेट’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *