भर्खरै :

नेपालमा भोट युद्ध तयारी – ७

वाडापट्टिबाट लड्नलाई गुम्बा गुम्बाबाट आउने फौज बेतालिमी जम्मा १०,०००
ल्हासा भोट मुलुकभरमा गुम्बाका वाडाका हाजिरी जम्मा ८,००,०००
ल्हासाको हिफाजतका निमित्त श्री ५ चिन् बादशाहबाट जग्गा जग्गामा राखिबक्स्याका ठुला साना दर्जाका चिनियाँ जम्मा जवान अन्दाजी २५००
यिनमा ठुला दर्जाका अम्वा २ ल्हासामा रहेका छन् २
ल्हासा भोट मुलुकभरमा जम्मा झुम् अन्दाजी छ १७५
ल्हासाका गैह्र मुलुकबाट तहसिल भई आउन्या नगद जिन्सीको तपसिलवार खोलियाको जम्मा ११,००,०००
लवराङ् चांजे अड्डा २ ठाउँमा बुझाउने काठि घ्यू, गहुँ वबर्नुन् भोल्टो छ्यारा थाक्पा खारि छुरु, सुकुटी, मासु, दाउरा, गुइँठा, चुन् वज्रर्टिवा, सिटा पेम्वा, कालो मोटो, रातो माटो फलामको त्रिसुल जात जातका नम्चु चिया यस्तै जिन्सी माल धेरै किसिमका यस अड्डाले
बुझ्दोरहेछ (पहिलो)
पोताला चितुछयांगे अड्डामा बुझाउनेमाथि लेखियाबमोजिमका जिन्सी मालहरू र सुन अड्डैपिच्छे बुझाउनु पर्दोरहेछ (दोस्रो)
लव्रां निचाङ् अड्डामाथिको सदर (तेस्रो)
वैनिचाङ् अडामाथिको जस्तै बुझाउँदो रहेछ (चौथो)
मिमुन् रुस्या ऐ सदर (पाँचौँ)
पहिला सेठे काजिको जागिर खुवा ३ गाउँ नगर धोज ३०
दोस्रो काजीको ऐ.ऐ. सदर नगद धोज २५
तेस्रो काजीको ऐ.ऐ. सदर नगद धोज २५
चौथो काजीको ऐ.ऐ. सदर नगद धोज २५
पहिला धैवुन् २ ल्हासामा रहनेको जागीर खुवा
काजीको भन्दा कम छ नगद धोजे १८
दिगर्चाको ऐ.ऐ. २ को ऐ.ऐ. सदर नगद धो. १८
ज्ञानचिको धैवुन २ को ऐ. सदर नगद धो. १८
टिङ्ग्रिमा रहने धैवुन्को. ऐ. सदर नगद धोजे १८
पोतलामा सुनको चिभाल ५ नम्बरको १२ वटा छ ।
चाँदीको पनि छन् १२
तेङ्गेल्ङिमा सुन अलि अलि लागेको चाँदीको चिभाल् अन्दाजी १०
कुंडलिङ्मा चाँदीको चीभाल् ५
हिदुमा चाँदीको चीभाल् ५
छुंवलिङ्मा चाँदीको चीभाल् ७
छुचलिङ्मा ऐ. चीभाल् ४
मरुधितुलव्राङ्मा चाँदीको चीभाल् ३
दिगर्चामा सुनको अलि अलि काम भएको चाँदीको चीभाल् अन्दाजी १२।१३
ल्हासा सहरमा रहेको नामि सेठ् वाडा अफिसर दुनियाँ महाजन जम्मा नगद हुन्ये–
वान्डे चिनियाँसित अन्दाजी जम्मा ४,००,००० (यसको छेउमा पछिबाट कसैले अङ्ग्रेजीमा लेखेको छ – “यी भोटका कालामोहरको पहिले नेपालमा टकमारी हुन्थ्यो, अचेल भोटमै हुन्छ । यी कालामोहरहरू देख्ता नेपाली मोहरकै रुपरङका हुन्छन् ।”
ल्हाकाछाअ् खम्बासित अन्दाजी ७,००,०००
ग्याकुंछाअ् खम्बासित अन्दाजी २,००,०००
छुम्बे वाडा भैवुन् गुम्बासित अन्दाजी १,००,०००
लुदाखि गुलास् महमद् मिञ्यासित अन्दाजी १,००,०००
तेङ्गेलिङ् राजा लामाको असख्य धन् भएको हुनाले सेठे नै छुं भिम्सिन् महागुरू मिलिबाट लगाई निज राजाको धनमाल् मैह्रा डेड्सम्म बराबर पोतलामा वसारी लगे भनी दुनियाँ भन्थे निजका भाइ दाजीलाई सुगुर्टोल्मा घर्वनाइ थुनि राख्याको थियो । काजीहरू धनी चाहिँ, सेठे अन्दाजी १,४०,०००
काजी सोकांसितमा अन्दाजी १,१०,०००
भैभुन् गुम्बामा पनि वाडाहरू धेरै धनी छन् ––
सारा गुम्बामा पनि ऐजनहरूसित धेरै धन छ ––
गन्दे गुम्बामा पनि वाडाहरूसँग धेरै धन छ भन्दछन् ––
दौलथ् ल्हासामा धेरै वाडाहरूसितै छ भनी दुनियाँ भन्छन् –
अरू साना–साना गुम्बामा पनि धेरै धन छ भनी भन्छन् –
अफिसरहरूमा धनीहरू जम्मा –
कास्याल्को ल्होके नाम्बा खरदारसित अन्दाजी १,००,०००
अरू पनि यस्तै एक दुई तीनसम्मका छन् ––
ल्हासादेखि नेपालसम्मका बाटो बास्को अहवाल् वयान –
ल्हासाबाट निस्केपछि स्पोर्ट मैदान कोसीका तीरैतिर बलौटा गेगर मटेलो कोस अन्दाजी १।।. आएपछि भैमुन् गुम्बा छ । त्यहाँदेखि पहाडको नजिक काखकाख कोसीतिर ढुंगेन् बलौटो गेग्रेन बाटो अन्दाजी कोस् १।। आएपछि पहाडका काखमा १०।१२ घर भएको सिङ्घोङ्गा भन्या गाउँ छ । खरिद गर्नालाई अनाज् १०।८ जवानलाई छ । दाउरा, घाँस पनि त्यस्तै हो धेरै किन्न पाइँदैन, जङ्गल रुख केही छैन । त्यहाँदेखि आएपछि बाटो ढुङगेन गेग्रेन बलौटो अलिकति हिँडेपछि वायेव्ये कुनाबाट आएको खहरे खोला ढुङ्गाको पुल छ । हिउँदमा सो खोला सानु देखिन्छ । वर्षामा जहाँ तहाँबाट जानु हुँदोरहेनछ । त्यहाँदेखि दाहिने बायाँतर्फ पहाड बीचमा काही ढुङ्गेन गेग्रेन बलौटो बाटो ४।५ घर १०।८ घर केही कमोद कोसीको तीरतिर आएपछि सानु घाँटी पहाड सानुको मैदानमा पर्दोरहेछ । सोही घाँटीबाट सानु कुलो काटी ल्यायाको छ । त्यहाँदेखि मैदान मटैलो बाटो अलि कति आएपछि निटाङ् भन्ने गाउँ रहेछ । घर अन्दाजी ३०० जति रहेछ । अन्नाज खरिद गर्नप¥यो भने सो गाउँभरमा जम्मा गरे २००० जवानलाई पुग्छ । घाँस पनि छ । दाउरा छैनन् । गुइँठा छ । वास १ ल्हासादेखि जम्मा कोस अन्दाजी ५।। नीटाङ् वास ––१ ल्हासादेखि कुवामा वहीता गए दिन १ मा छुं सुर्पुक्दो रहेछ –
ल्हासादेखि निटाङ् नैरित्ये कुना पर्दोरहेछ ––
निटाङ्बाट निस्केपछि कोसीको तीरैतिर अलिकति मट्यैलो मैदान हिँडेपछि अनि माटो कति नभएको ढुङ्गैढुङ्गाको पहाडका काखमुनि कोसी अड्वड् खड्वड् परेको बाटो अन्दाजी कोस २ हिँडेपछि गेग्रेन बलौटो मैदान हिँडेपछि पहाडका पहराको काख कोसी रेती जोरियाको घाँटीबाट निस्केपछि पश्चिमतिरबाट आयाको खहरे छ मटिलो केही कमोद् २।४ घर छन् । त्यहाँबाट मैदान अलिकति हिँडेपछि फेरि केहीँ कमोद तेस्रो उकालो पहाडका काख अड्वड् बाटो काटेपछि फेर मैदान कहीँ कहीँ कमोद २।४ घर छन् । सो मैदान हिँडेपछि ४०।५० घर भएको ग्याङ् गाउँ छ । त्यहाँदेखि वासलाई आदा हुँदोरहेछ । सो गाउँदेखि मैदान बाटो कमोद साना–साना गाउँ भेटिदै आएपछि ल्हासाको सिर ब्रह्मपुत्रको दोभान परेको छुसु भन्या गाउँ अन्दाजी २५।३० घर भएको वास छ । वेसाहा किन्न पाइन्छ । घाँस पनि छ । दाउरा छैन । गुइँठा छ । जङ्गल छैन । जम्मा कोस ७ छ वास ––२
छुसुर्भन्ये गाउँबाट हिँडेपछि ब्रह्मपुत्रको तीरैतिर पहाडको काख गेग्रेन मैदान किनार अलिकति ब्रह्मपुत्रको वर्ग हिँडेर घाट पुग्यो ब्रह्मपुत्रको चापट् अन्दाजी १००० गज जति पानी छ । गैह्रो २ हात्ती जति होला । पानीको बीचमा १ टापु ढुङ्गाको चीभाल् बनाइएको छ । वारिपट्टि च्याप
स्यान छयोरे नाम भएको गाउँ र सानु गुम्मा रहेछ । सो गाउँबाट झोलुङाको सिक्री ४ सो पानीको बीचको चीभाल्को टापुसम्म पु¥याई टागिराख्याको रहेछ । तर्ने काठको स्याम २ छालाको कुवा १०।८ छ । त्यहाँदेखि वास आधा हुन्छ । सो च्यापस्यान् छयोरे गाउँको पहाडमाथि पोखरी १०८, साना–साना गुम्बा १०८, चीभाल् १०८, मसान १०८ छ भन्छन् । त्यहाँदेखि ब्रह्मपुत्रका तीरैतिर बगर मैदान कमोद सानु–सानु गाउँ हिँड्दै आयापछि पहाडको काखमा कामाभाजि नाम भएको २५ घर जति होला । जङ्गल छैन । अन्नाज अलि–अलि किन्न पाइन्छ । दाउरा छैन । गुइँठा छ । घाँस पनि अलि–अलि छ । जम्मा कोस ४ छ । वासको नाम कामाभाजि वास ––३
कामाभाजिबाट हिँडेपछि वासैदेखि तेपाइ तेपाइ उकालो खहरेको तीरैतिर आधा कोस हिँडेपछि २।४ घर भएको गाउँ भेटिदै उकालो उकालोको फेदी पुग्छ । त्यहाँदेखि ठुलो उकालो बाटो गेग्रेन फराकै छ, भञ्ज्याङ् पुग्न कोस ३ छ भञ्ज्याङ् पुगेपछि तेर्छो ओरालो गेग्रेन बाटो कोस अन्दाजी ।। ओर्लेपछि पर्टे भन्ने पोखरी पुग्यो । सो पोखरीको किनार मैदान गेग्रेन बलौटो पहाडको काख काखै १।२ गाउँ भेटिँदै कोस अन्दाजी ४ हिँडी आएपछि सो पोखरीका कीनारैमा खहरेका दोभानमा एक झुम भएको गाउँ घर अन्दाजी २२५ छ । सो गाउँको नाम पर्टेझुम भन्दारहेछन् । अन्नाज खरिद गर्नुप¥यो भन्या १५।१६ सय मानिसलाई पुग्ला । घाँस छ । दाउरा र जङ्गल छैन । पेर्टेझुम वास जम्मा कोस ७ ।।. पर्छ, वास ––४
पर्टे पोखरी ठुलो रहेछ । चापट् फराक्. कहीँ १ हजारगज । कहीँ २ हजार गज । कहीँ ३ हजार गज होला, गैह्राको अन्दाजै छैन, लमाइ हिँडे एकतर्फ मात्र दिन ४ लाग्ला । सिर्पनी देखिँदैन । निकास पनि देखिँदैन । पानी बहुतै निर्मल छ । हाँसहरू जातजातका देखिए । सो पोखरीमा घोडा, मान्छे, गाई भनी बयान पनि गर्दारहेछन् । हामीले देखिएन घोडा ता । एउटा हिमाल चुलोपछि दिसामा नजिकै जोरीयाको रहेछ । सो जग्गामा हावा बहुत जेहासित चल्दोरहेछ । सो हावा बहुत खराब आँखा पोली घोच्दोरहेछ । जिउ पनि गलानि गरी दिँदोरहेछ । मुख सुनिइ वेरुप् गराइदिने । पेचिन् जाँदा जोरो आई विसेक भइसकेको सिपाहीँ १ सोही हावाले ४।५ घडीका बीचमा मारिदियो वडो पाजि । हावा छ । जाडो पनि बहुतै छ ।
पर्टे झुमबाट हिँडेपछि पहाडको कोख पोखरीको किनारै किनार, मैदान गेग्रेन बाटो कोस १।१।। मा १।२ घरभयाको गाउँ भेटिँदै कोस अन्दाजी ७ आएपछि नागचेँझुं पुगियो । हावा बहुतै लाग्दोरहेछ । मुख फुलाइ बेरुप गराइदियो । वास नागर्चेझुम कोस ७ वास पाँच ––
नागर्चेझुंबाट हिँडेपछि बाटो मैदान वगर्गेग्रेन खहरेका तिर्दाहिना बायाँ ठुलो हीमा जोरी घाटी परेको अन्दाजी कोस ३ आइपुगेपछि झारा भन्ने नाम गरेको गाउँ एक घर छ । त्यहाँबाट तेस्रो मैदान उकालो कोस ३ आएपछि ठुलो ठुलो हिमाल दाहिने बायाँ भई घाटी पारि जोरीयाको देउराली पुग्यो । त्यहाँदेखि मैदान अलि–अलि ओरालो खहरेका तीरै तिर्कोस् अन्दाजी १।। मा सानु गाउँ ४।५ घर भएको छ । त्यहाँदेखि अलि–अलि ओरालो मैदान सानु खोलाका तीरैतिर अन्दाजी ३ कोस जति आएपछि रलुङ् नाउँ गरेको वास कोस १०।। –– ६
यहीँ वासबाट बायाँपट्टि केहीँ पूर्व लागी न्याह्रीम्हे भन्ने गाउँ रहेछ । त्यहाँदेखि फेरि दिन चारमा पुग्छ । वलान्चुङ् दिन १० मा पुग्छ भनी दुनियाँ भन्थे । सो रलुङ् वासमा घर वरपरको गरी जम्मा २५।३० छ । वेसाहा झुम्ले समेत भई मद्दत गरे २००० जवानलाई पुग्ला । घाँस छ । दाउरा छैन । गुइँठा छ । सो रलुङ् वासबाट हिँडेपछि सानु खोलाका तीरैतिर पहाड काख काखै अलि–अलि ओरालो बगर मैदान ठाउँ–ठाउँमा कमोद साना–साना गाउँ भेटिँदै कोस अन्दाजी ५ आएपछि दुई खोलाका दोभानमा २ साँघु रहेछ । घुप्सी भन्ने गाउँ घर अन्दाजी ७ भएको बीच वास रहेछ । वेसाहा किन्न अलि–अलि छ । घाँस पनि त्यस्तै हो अलि–अलि पाइन्छ । दाउरा छैन । गुइँठा छ । कोस ५ वास – ७
झुम् उठे लेखियाबमोजिम बेसाहा किन्न पाइएला । नत्र पाइँदैन । सब इ वास त्यस्तै होला । यहाँबाट पनि फेरि वलाङ्चुङ् जाने बाटो रहेछ र लुङ्बाट भन्दा एक दिन टाढा पर्छ ––
घुप्सी वासबाट हिँडेपछि खोलाका तीरैतिर पहाडको काखकाखै ढुङगेन् बलौटो गेग्रेन भएको अलि–अलि ओरालो मैदान बाटो अन्दाजी २ कोस आएपछि साँघु १ तरी सो साथी लेखियाबमोजिमको मैदान बाटो कहीँ–कहीँ कमोद र ४।५ घर भेटिँदै पहाडको काख र खोलाको तीर मैदान हिँडिआएपछि ज्ञानचि भन्या झुम् पुग्यो । सो झुम्मा घर अन्दाजी २०० छन् भोटेका सिपाहीँ ५०० र घैवुन् १ बसेको रहेछ । हाम्रो खच्चर जना २० र नीबार जना ५ कोठी थापी बसेका रहेछन् । यो ठाउँमा गलैँचा बन्दोरहेछ । उहाँबाट पनि बलान्चुङ् फेरि जाने बाटो रहेछ । यो झुम् स्पोटर्स मैदानमा छ बेसाहा किन्नलाई झुम्ले मद्दत दिए ४।५ हज्जार्जवानलाई छ । घाँस पनि छ । दाउरा अलि–अलि छ । गुइँठा पनि छ । पानी खराब छ । हावा चल्दोरहेछ । जम्मा कोस ६ वास –– ८
ज्ञानचि झुमबाट हिँडेपछि गेग्रेन बलौटो मैदान खोलाका तीर । कमोद् ठाउँ–ठाउँमा २।४ घर भयाको गाउँ भेटिँदै सानु पहाडका काख काख मैदान बलौटो ढुङ्गेन हिँडी आएपछि वास पुग्न आधा कोस जति बाँकी छँदा उत्तरतिरबाट आएको एउटा खोलो रहेछ । सो खोलाका तीर तर्फबाट हामी आएको बाटो छोडी उत्तरतर्फ लागी गयो । दुई दिन आधामा पर्टे झुम पुग्दोरहेछ । ब्रह्मापुत्र रिंवु झुम् गए । १ दिनमा पुग्दोरहेछ । ज्ञान्चीबाट आयापछि ६ कोसको अन्दाजमा ताकचे भन्ने गाउँमा आइपुगी वास प¥यो । सो वासमा वरपर गरी घर जम्मा २० छ । कमोद खुप रहेछ । बेसाहा किन्नलाई २०० जवानलाई पुग्ला । घाँस छ । दाउरा छैन । गुइँठा छ । झास् छ । कोस् छ वास ––– ९ ज्ञान्चीमा चिनियाँ च्यूचिये १ सिपाहीँ जना ३ छ –––
ताक्चोबाट हिँडेपछि कामोद् मैदान । साना साना गाउँ र सानु पहाडको काख काख खोलाका किनार मैदान अन्दाजी ३ कोस आयापछि बाटाका बीचमा सानु १ गाउँ रहेछ । सो गाउँदेखि दक्षिणतर्फको खोल्सोबाट पैदल गए ९ दिन । घोडा चढी गए ६ दिनमा फेरि पुग्छ भन्थे सो गाउँदेखि कमोद । मैदान खोलाका तीरैतिर वारिपारि गाउँ देखिँदै अन्दाजी कोस २ ।। आयापछि पेनाझुम भन्ने गाउँमा वास प¥यो सो गाउँमा वरपर गरी घर अन्दाजी १५० होला । झुमले मद्दत गरे । ६०० जवानलाई वेसाहा किन्न पाइएला । घाँस छ । दाउरा छैन । गुइँठा झीक्रा छ । कोस ५ । ।. वास––– १०
पेनाझुम्बाट हिँडेपछि कमोद मैदान । घुमाउरो बाटो केही घुमी अन्दाज कोस २ हिँडेपछि बीच मैदानमा सानु पहाड १ र सो पहाडमा पेनाझुमतिरबाट देखिने । यतातिरबाट खाली पहाडमात्र देखिने गरी बनायाको धेरै घर भयाको गुम्बा रहेछ । सो वासबाट सीधा बाटो आउँ भने सो मैदानमा पानी जमी सानु ताल ढाप रहेछ । सो बाटो झन् घुमाउरो रहेछ । सो गुम्बाबाट केही तेर्छाे उकालो खहरेका गेगर्भयाको बाटो अन्दाज २ कोस उक्लेपछि भञ्ज्याङ पुग्यो । सो भञ्ज्याङबाट तेर्छाे तेर्छाे ओरालो अलिकतिसम्म । दाहिने बायाँतर्पm खाडीखुडी पर्न गयाको रहेछ । त्यहाँबाट बलौटो पानी भएको खोल्सो अलि झरेपछि एउटै खहरे भेटियो । सो खहरेदेखि बलौटो तेर्साे ओरालो अन्दाजी कोस ३ ओर्लेपछि फेदी पुग्यो । सो फेदीमा अन्दाजी घर ६ होला । त्यहाँबाट मैदान ७ पाउ जति आयापछि पुल र खोला दिगर्चा महागुरुको हावाघर कुङकेलिङ भन्ने बगैँचा भेटियो । त्यहाँबाट १ पाउ जमिन हिँडी आयापछि दिगर्चा सहर पुगियो । सो सहर मैदानमा रहेछ । सहरमा घर अन्दाजी १ हजार जति होला । हाम्रा महाजन कोठि थापी बसेको ४० र खच्चर ८० घर ४१ रहेछ । सो सहरबाट महागुरु बनेका गुम्बा आधा पाउ जति रहेछ । सो गुम्बामा वाडा ३८०००, घर अन्दाजी १२००० जति होला । भोटे सिपाहीँ १ हजार, घैवुन २, रीपुन ४, ग्यापुन ८, स्याङु भन्ने २४ रहेछ । चिनियाँँतर्फबाट फापुङ १, थोङलिङ तालोय १, सिपाहीँ जवान १२०, पाचुइ १ र ध्यान्चुइ १ बसेका रहेछन् । यस ठाउँमा ज्यादुगर्लाेग्ने स्वास्नी धेरै रहेछन् । यहाँबाट पनि फेरि घोडा चढी जाने दिन ५ र हिँडी पैदल जाने दिन ७ मा पुग्दछ भनिन्छ । बजारमा माल बेच्नेहरूले पनि अङ्ग्रेजी माल धेरै बेचेको देखियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *