के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
भक्तपुर, १५ असार । पुरानो व्यवस्थापन समितिका पदाधिकारी र अस्पतालका विरोधीहरूको उक्साहटमा एक–दुई जना चिकित्सक र केही कर्मचारीहरू लागे पनि अस्पतालका बाँकी सबै चिकित्सक, नर्स तथा कर्मचारीहरू अस्पतालको सेवा सुचारू राख्ने पक्षमा देखिएका छन् । भक्तपुर क्यान्सर अस्पतालको विरोधमा केही स्वार्थी तत्वहरू लागिरहेको बताउँदै अस्पतालको कर्मचारी कल्याणकारी सङ्घले एक विज्ञप्ति जारी गरी स्थितिबारे प्रस्ट पारेको छ ।
सङ्घका अध्यक्ष शिवराम धुख्वाले जारी गरेको विज्ञप्तिमा भक्तपुर क्यान्सर अस्पतालबारे विभिन्न पत्रपत्रिकामा प्रकाशित झूटा र भ्रामक समाचारको खण्डन गर्दै तथ्य स्पष्ट पारिएको छ ।
विज्ञप्तिमा गत चैत र वैशाख महिनाको तलबभत्तामा कुनै कटौती नगरी सम्पूर्ण कर्मचारीहरूले कर्मचारी कल्याणकारी सङ्घको पहलमा प्राप्त गरेको र कर्मचारीको सञ्चय कोष र नागरिक लगानी कोषमा पनि रकम जम्मा भइसकेको, जेठ महिनाको तलब र अन्य सुविधा सम्पूर्ण कर्मचारीहरूले प्राप्त गरेको, संस्थासँग जेठ महिनाको विशेष भत्ता दिनलाई रकम नभएकोले संस्थाको आर्थिक स्थिति राम्रो भएपछि दिने गरी सङ्घले निर्णय गर्न लगाएको प्रस्ट पारेको छ ।
त्यस्तै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूको आग्रहमा भक्तपुर नगरपालिकाद्वारा गठित व्यवस्थापन समितिले प्रा.डा. ऋषिकेश नारायण श्रेष्ठलाई २०७६ भदौ १ देखि लागू हुने गरी ३ वर्षको लागि नयाँ मेडिकल डाइरेक्टरको नियुक्ति दिएको र उहाँले मेडिकल डाइरेक्टरले पाउने भत्ताहरू नलिई अस्पतालको प्रशासनलगायत चिकित्सकीय जिम्मेवारी निर्वाह गर्दै आउनुभएको, अस्पताल व्यवस्थापन समितिबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको, अर्कोतिर पुरानो व्यवस्थापन समितिले नियमित कर्मचारीलाई करार सेवाको कर्मचारी बनाई भ्रमपूर्ण सूचना गोरखापत्रमा जारी गरी अस्पतालको कर्मचारी नियमावलीभन्दा बाहिर गई पक्रिया नपु¥याई प्रतिशोधात्मक कारबाही गरेकोमा सङ्घले स्वीकार नगर्ने पनि स्पष्ट पारेको छ ।
Leave a Reply