यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, १७ असार । सूर्यविनायक नगरपालिका वडा नं ५ बाइजुटारमा एमालेबाट नेकपा भएका जिल्ला समन्वय समितिका सदस्य कमला पोखरेलले स्थानीय जग्गाधनीको सहमतिबिना जबरजस्ती सडक चौडा गरेपछि विवाद उत्पन्न भयो । सो विवादमा स्थानीय कटुञ्जे प्रहरी चौकीमा जग्गाधनीको सहमति र सीमाङ्कन नगरिकन बाटो चौडा नगर्ने तथा भएको तत्काल स्थगित गर्ने कागज भएको थियो ।
चौकीमा सहमति गरेका पोखरेलले एक घण्टापछि नै रोलर ल्याई सो बाटो पेलेका थिए । स्थानीय जग्गाधनीहरूले सहमतिबिना बनाइएको सो बाटो असार १६ गते बोरा चाङ हटाइदिएका थिए । ८ वर्ष यता सो ठाउँमा गोरेटो बाटो भएको जग्गा खरिद गरी घर बनाएका पोखरेलले सरकारी बजेट रू. ५ लाख ल्याएर स्थानीय जग्गाधनीको सहमतिबिना बाटो चौडा गर्न खोजेका थिए ।
त्यसपछि पोखरेलले जगाती चौकीमा महिला हिंसा, गाली गलौज, घर तोडफोड गरिएकोजस्ता झूटा व्यहोरा लेखी ज्यान सुरक्षाको निवेदन दिएको स्थानीय जग्गाधनीलाई प्रहरीले फोन गरेपछि मात्र थाहा भयो । प्रहरी चौकी कटुञ्जेमा असार १५ गते भएको समझदारी उल्लङ्घन गरी बोरामा गिट्टी राखी रोलर लगाउने निज पोखरेललाई कुनै कारबाही नगरी प्रहरी प्रशासन निज पोखरेलको झूटो निवेदनको आधारमा स्थानीय जग्गाधनीलाई जगाती चौकीमा बोलाई त्रास र तनावमा पार्नु कानुनको शासनविपरीत छ ।
निज पोखरेलले स्थानीय जग्गाधनीहरूलाई खाते, गधा, ज्यापू भनी सामन्ती व्यवहार देखाएका थिए । प्रहरी प्रशासन निष्पक्ष हुनु आवश्यक छ । जनताको करबाट सेवा सुविधा पाउने प्रहरी प्रशासनले सत्ताको वरिपरि घुम्ने सत्ता पक्षका मानिसहरूको उक्साहतमा लागेर सर्वसाधारण जनतालाई धम्क्याउने र थुन्ने काम गर्नुहुँदैन । निज पोखरलेका लोग्ने सूर्यविनायक नगरपालिकाको सहकारी शाखाका प्रमुख कार्यकारी हुन् । जगाती प्रहरी चौकीमा एमालेका सदस्य र कार्यकर्ताहरू झुन्ड नै पुगेर प्रहरीलाई दबाब दिई स्थानीय जग्गाधनीलाई पेल्न लगाएका थिए ।
सर्वोच्च अदालतको फैसलाअनुसार मुआब्जा नदिइकन कसैको जग्गामा बाटो बनाउन पाइँदैन । यसलाई सरकारका सबै अङ्गले कार्यान्वयन गर्नु आवश्यक छ ।
Leave a Reply