के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
ललितपुर, २३ असार । गत असार १५ र २० गते खोकनाको खुदोलमा धान रोप्न गएका स्थानीय किसानलाई शक्तिको दुरुपयोग गरी लाठीचार्ज, अश्रुग्यास र हवाई फायर गरेको विरोधमा मङ्गलबार जनसरोकार समिति खोकनाले ललितपुर महानगरपालिका वडा नं. २१ को वडा कार्यालयमा तालाबन्दी ग¥यो ।
राष्ट्रिय गौरवको नाममा तराई मधेश फास्ट ट्राय्क, १३२ केभी हाइटेन्सन लाइन, बाहिरी चक्रपथ, बाग्मती करिडोर, स्मार्ट सिटी, पेट्रोलियम भण्डार, काठमाडौँ रेलवेलगायतका योजनाका कारण ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्व बोकेको खोकनाको स्वाधीनता सकिन लाग्दा समेत वडा कार्यालय मौन रही सरकारको अन्यायपूर्ण कदमविरुद्ध आवाज नउठाएको कारण वडा कार्यालय बन्द गरेको जनसरोकार समिति खोकनाले जनाएको छ ।
असार १५ गते रोपाइँ चलिरहेको बेला वडा कार्यालयले किसानसँग सहमति नलिइकन जिल्ला प्रशासन कार्यालयको वार्तामा बाँकी जग्गामा खेती कार्य नगर्ने नगराउने सहमति गरेर किसानहरूलाई धोका दिएको थियो ।
स्थानीय सरकार (वडा) को कुनै सिफारिस तथा स्थानीयहरूको सहमतिबिना जनताको स्वायत्त अधिकार हनन गरी सरकारले मनपरी जग्गा अधिग्रहण गरी मुआब्जा नलिएको जग्गामा सेनाले कब्जा गरिरहेको अवस्थामा वडा कार्यालय मौन रहेको जनसरोकार समितिको दाबी हो ।
सबै विकासका परियोजनाहरू खोकनाले धान्न नसक्ने हुँदा ऐतिहासिक नगरी खोकनालाई बचाउने अभियानको क्रममा जनसरोकार समितिले वडा कार्यालयमा तालाबन्दी गरेको हो ।
तालाबन्दीपछि आयोजित कोणसभामा समितिका अध्यक्ष नेपाल डङ्गोल, उपाध्यक्ष कृष्णभक्त डङ्गोल, सदस्यद्वय दुर्गाराम महर्जन र नरेश महर्जनले प्रहरी प्रशासनको दमनको निन्दा गर्दै वडा कार्यालयको द्वैधचरित्रको विरोध गर्नुभयो ।
Leave a Reply