के ‘गाँसे गुसे एकै नासे’ हो ?
- असार १५, २०८३
काठमाडौँ, २७ असार । कोरोना भाइरसविरुद्धको खोप तथा औषधि पत्ता नलागेको सन्दर्भमा यसबाट आफू र अरूलाई जोगाउन जनस्वास्थ्यका मापदण्ड पालना गर्न नेपाल सरकारले सबैमा अपिल गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा शनिबार आयोजना गरेको नियमित पत्रकार भेटघाटमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी कोरोनालाई भयावह हुने अवस्था आउन नदिन आह्वान गर्नुभयो । उहाँले सबै प्रकारको जमघट तथा भेलामा कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, घरबाहिर जाँदा मास्क अनिवार्य प्रयोग गर्ने, सबै सार्वजनिक स्थल तथा कार्यालयले परिसरमा हात धुने तथा स्यानिटाइजरको अनिवार्य व्यवस्था मिलाउने र भवन प्रवेश गर्दा हात धोएको वा स्यानिटाइजर प्रयोग गरेको सुनिश्चित गर्न आग्रह गर्नुभयो ।
प्रत्येक दिन कार्य प्रारम्भभन्दा पहिला अनिवार्यरूपमा ज्वरो नाप्ने र १००.४ डिग्री फरेनहाइटभन्दा बढी तापक्रम भएमा काममा नलगाउने, दैनिक हाजिरी राख्ने कार्यालयले ‘फेस रिडिङ’ बाट हाजिर गर्ने व्यवस्था मिलाउन तथा खोकी तथा श्वासप्रश्वास भएका व्यक्तिलाई काममा नलगाउन पनि उहाँले अनुरोध गर्नुभयो ।
हात धुने बेसिन, शौचालय तथा स्नानघरबाट कोरोना सङ्क्रमणको जोखम हुने भन्दै उहाँले दाँत माझ्नेलगायत दैनिक प्रयोगका सामग्री बेसिनमा नराख्न पनि अनुरोध गर्नुभयो । प्रवक्ता प्राडा गौतमले धेरै प्रयोग हुने ढोका, मेसिनका ह्यान्डिल, टेबल तथा अन्य सामग्रीहरू ‘डिसइन्फेक्टेड’ गरी नियमित सफा गर्न सुझाव दिनुभयो ।
कोभिड–१९ लाई महामारीको रुप लिन नदिन आवश्यक तयारी गर्ने समय आएको उल्लेख गर्दै उहाँले सबैको सामान्य सावधानी र तयारीले कोरोना महामारी रोकथाम गर्न सहयोग पुग्ने बताउनुभयो । “अहिले लिएको सामान्य सावधानीले मानव जीवनलाई जोगाउन ठुलो सहयोग पुग्दछ”, उहाँले भन्नुभयो ।
७० जनामा कोरोना सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा ७० जना कोरोना सङ्क्रमित थपिएका छन् । विभिन्न २५ वटा प्रयोगशालामा गरिएको तीन हजार ६४८ नमुना परीक्षणमा ७० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
प्रदेशअनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा १६, बाग्मती प्रदेशमा १४, प्रदेश नं १ मा १३, प्रदेश नं ५ मा १०, कर्णाली प्रदेशमा सात तथा प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा पाँच÷पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
शनिबार सबैभन्दा बढी सिन्धुपाल्चोक र दाङमा पाँच÷पाँच, सुनसरी, उदयपुर, स्याङ्जा, तनहुँ र कञ्चनपुरमा चार÷चार, मोरङ, काठमाडौँ, धादिङ, सर्लाही, बागलुङ र सुर्खेतमा तीन÷तीन, झापा, म्याग्दी, कास्की, बाँके, बर्दिया र जुम्लामा दुई÷दुई, सिरहा, नुवाकोट, चितवन, सिन्धुली, रौतहट, पर्वत, पाल्पा, रुकुम पश्चिम, सल्यान र अछाममा एक÷एक सङ्क्रमित भेटिएका छन् ।
थप तीनको मृत्यु, मृतकको सङ्ख्या ३८ पुग्यो
कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँका दुई र सिन्धुपाल्चोकका एकजना छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका–१० शङ्खमूलका ६० वर्षीय पुरुष र गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुष तथा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–६ का ४५ वर्षीय पुरुष छन् ।
शङ्खमूलका सङ्क्रमित फोक्सोमा पानी जमेको तथा मिर्गौला रोगका कारण असार १६ गते पाटन अस्पतालमा भर्ना भई उपचाररत थिए । उहाँमा असार १७ गते कोरोना ‘पोजेटिभ’ देखिएको थियो । उहाँको असार २६ गते मृत्यु भएको हो ।
यस्तै गोकर्णेश्वर–४ का पुरुष मिर्गौला रोगका उपचारका लागि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका थिए । उहाँको यही असार २५ गते मृत्यु भएको हो ।
यसैगरी सिन्धुपाल्चोकको पाँचपोखरी–६ का सङ्क्रमित क्षयरोगको उपचारका लागि असार १८ गते पाटन अस्पतालमा भर्ना भएका थिए । उहाँमा असार २२ गते कोरोना ‘पोजेटिभ’ देखिएको थियो । उहाँको असार २५ गते मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ ।
यससँगै कोरोना सङ्क्रमितको कुल सङ्ख्या १६ हजार ७१९ पुगेको छ । छ जिल्लामा ५०० बढी सक्रिय सङ्क्रमित छन् । महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा गराइरहेका ४३१ जना कोरोना सङ्क्रमण मुक्त भई ‘डिस्चार्ज’ भएको प्रवक्ता प्राडा गौतमले जानकारी दिनुभयो ।
हालसम्म कुल सङ्क्रमितको ५०.५ प्रतिशत डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल सङ्ख्या आठ हजार ४४२ पुगेको छ । क्वारेन्टिनमा रहनेको सङ्ख्या २४ हजार ९७ छ भने आइसोलेसनमा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार २३९ छ ।
Leave a Reply