भर्खरै :

ब्यासीमा ‘मजदुर–किसान’ को अन्तरक्रिया सम्पन्न

भक्तपुर, २७ असार । नेपाल मजदुर किसान पार्टीको मुखपत्र ‘मजदुर–किसान’ वर्ष १०, अङ्क १, पूर्णाङ्क २४ को अन्तरक्रिया प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईको आतिथ्यमा बासु मावि प्राङ्गणमा सम्पन्न भयो ।
उहाँले पार्टीको सिद्धान्त र नीति पालना गर्नु पार्टी सदस्यहरूको कर्तव्य एवम् जिम्मेवारी भएको बताउनुभयो । देश र जनताको सेवा नगरी पद र पैसाको भागबन्डाको लागि काम गर्ने राजनीतिले देशमा अस्थिरता निम्तिने उहाँले स्पष्ट गर्नुभयो । पार्टी प्रकाशन, लेख, रचना, किताबको अध्ययनले पार्टीका सदस्यहरू बौद्धिकरूपमा सक्षम हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टी नगर समिति भक्तपुरका अध्यक्ष नारायणबहादुर दुवालले नवउदारवादको सकारात्मक र नकारात्मक प्रभावबारे प्रस्ट्याउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले वडाका विभिन्न गतिविधिहरूबारे प्रकाश पार्नुभयो ।
स्थानीय गणेशप्रसाद सुवालको सभापतित्वमा भएको अन्तरक्रिया कार्यक्रममा विश्वमोहन जोशी, विष्णुभक्त राजचल, राजकुमार लघु, कृष्णराम पहिजू, कृष्णगोपाल आचार्य, अजेन्द्रकुमार लघु, सिद्धिराम सुवाल, राजु लासिवा, उमेश दुवाललगायतले लेख रचनाबारे आ–आफ्नो धारणा प्रस्तुत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *