राजनीति, सरकार र सुशासनको नारा
- श्रावण ११, २०८३
नयाँ दिल्ली, २९ असार । भारतमा मोदी सरकारले राजनीतिक विचार र आस्थाका आधारमा बन्दी बनाएका राजनीतिक कार्यकर्ता र अभियन्ताहरू जेलमा बिरामी परेका छन् । उनीहरूमध्ये केहीमा कोभिड–१९ को सङ्क्रमणसमेत पुष्टि भएको छ । कोही गम्भीर बिरामी रहेको बताइएको छ । मोदी सरकारले उनीहरूको स्वास्थ्यमा कुनै चासो नदिएको भन्दै भारतका बौद्धिक समुदाय आक्रोशित छन् ।
मोदी सरकारले ल्याएको नागरिक संशोधन ऐनको विरोधमा गत वर्ष पक्राउ गरेका मणिपुरका किसान नेता अखिल गोगोई नोबेल कोरोना भाइरस सङ्क्रमित भएको टाइम्स अफ इन्डियाले लेखेको छ । गोगोई हाल गुवाहातीको कारागारमा कैद थिए । गोगोईलाई कार्ल माक्र्सको ‘कम्युनिस्ट घोषणापत्र’, फ्रेडरिक एङ्गेल्स र लेनिनका कृति, माओ त्सेतुङको जीवनी पढेको र आफ्ना साथीहरूलाई ‘कमरेड’ सम्बोधन गरेको भनी मुद्दा दायर गरिएको छ । जेलका अन्य ५५ कैदीमा पनि नोबेल कोरोना भाइरस देखिएको बताइएको छ । कृषक मुक्ति सङ्ग्राम समिति (केएमसीसी) का नेताहरू बिटु सोनोवल र धैर्य कोनवर पनि जेलभित्रै सङ्क्रमित भएका छन् । हाल उनीहरूलाई स्थानीय अस्पतालमा उपचारको लागि स्थानान्तर गरिएको समाचारमा उल्लेख छ ।
त्यस्तै लेखक तथा वामपन्थी कार्यकर्ता वरवर रावको पनि स्वास्थ्य गम्भीर भएको भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीले एक वक्तव्यमार्फत जानकारी सार्वजनिक गरेको छ । मानव अधिकारवादी कार्यकर्ता गौतम नौलखा, आनन्द तेलतुम्बडे, सुधा भारद्वाज, शोमा सेनलगायत विभिन्न राजनीतिक मुद्दा दायर गरी कैदमा राखिएको छ । जेलको क्षमताभन्दा बढी कैद राखिएको हुनाले अन्य बन्दीसँगै राजनीतिक बन्दीहरू पनि सङ्क्रमित हुने सम्भावना छ । सरकारले बन्दी बनाएका केही बन्दीहरू भने उमेरमा पाका छन् । ९० वर्षका प्राध्यापक साईबाबाले १९ किसिमका रोगसँगै लड्दै जेल जीवन बिताइरहेका छन् । सङ्क्रमण तीव्ररूपमा फैलिरहेको समयमा ज्येष्ठ नागरिकप्रति सरकारको यस्तो व्यवहारप्रति भारतीय बौद्धिक समुदायले निन्दा गरेको छ । संयुक्त राष्ट्र सङ्घका विशेष दूतले प्राध्यापक साईबाबाको कमजोर स्वास्थ्य अवस्थालाई ध्यानमा राखी रिहा गर्न सरकारसमक्ष आग्रह गरेका थिए । तथापि फासीवादी मोदी सरकारले उनीहरूलाई रिहा गरेको छैन । बरु विभिन्न झूटा मुद्दामा विद्यार्थी तथा युवा कार्यकर्तालाई पक्राउ गर्ने काम अझै जारी राखेको छ ।
Leave a Reply