भर्खरै :

के साँच्चै भक्तपुर नगरमा गैरसरकारी संस्था छिर्न नदिएको हो ?

भक्तपुर नगरपालिका देशको ७५३ स्थानीय तहमध्ये नमुना स्थानीय तहको रूपमा चर्चा चलिरहेको छ । यही असार महिनामा भक्तपुर नगरपालिकाद्वारा ङातापोल (पाँचतले मन्दिर) पुनः निर्माण कार्य सम्पन्न गरियो । यो एक नमुना कार्य भन्न सुहाउँछ । भक्तपुर नगरपालिकाको ६५ लाख रकम बजेट छुट्याइएकोमा ३८ मा खर्च गर्दा सम्पूर्ण कार्य सम्पन्न गरियो । उपभोक्ता समितिमार्फत जीर्णाेद्धार गरिएको उक्त पुनः निर्माण कार्यमा चार हजारभन्दा बढी जनाको श्रमदान भयो भने १२ लाख ८० हजार रूपैयाँ आर्थिक सहयोग प्राप्त भएको खबर छापियो । यो सा¥है प्रशंसनीय कार्य हो ।
भक्तपुर नगरपालिकाले सात वटा शैक्षिक संस्था सञ्चालन गरी इन्जिनियर, ओभरसियर र नर्स उत्पादन कार्य गरिरहेको छ । विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्रलगायतका सङ्कायहरूको स्नातकोत्तर तहसम्मको पढाइ गराइराखेको सराहनीय कार्य हो । यसले ‘एक घर एक स्नातक’ गर्ने भक्तपुरको लक्ष्य पूरा गर्न मद्दत ग¥यो । भक्तपुरलाई शिक्षा क्षेत्रमा अब्बल ठाउँको रूपमा परिचय दिलाउन सक्यो ।
भक्तपुर नगर एनजीओ र आईएनजीओ निषेधित क्षेत्रको रूपमा परिचित छ । यहाँ कुनै गैरसरकारी संस्थाले स्वतन्त्ररूपमा काम गर्न पाइँदैन । कुनै गैरसरकारी संस्थाले काम गर्न चाहेमा त्यसको बजेट सबै नगरपालिकामार्फत नगरपालिकाको निर्णय गरेको ठाउँमा नगरपालिकाकै नीति नियममा चल्नुपर्दछ । नभए कुनै गैरसरकारी संस्थाले काम गर्न सकिँदैन र पाउँदैन । तर, नगरपालिकाअन्तर्गतको एक स्वास्थ्य केन्द्रमा गैरसरकारी संस्थाले दुईवटा कोठा नगरपालिकाकै मातहतकै भवनमा लिई औषधिजन्य सामग्री राखी सञ्चालन गरिरहेको सुनिएको छ । दुई कोठा केही दिनअगाडि मात्र उठेर गएको चर्चा छ । वास्तविकता के हो भक्तपुर नगरपालिकाले प्रस्ट पार्दा राम्रो हुन्छ । साँच्चै भक्तपुर नगरपालिकाभित्र गैरसरकारी संस्था छिर्न नसकेको हो भन्ने कुरा सर्वसाधारणलाई जानकारी दिन आवश्यक छ । गैरसरकारीमार्फत के चालै नपाउने गरी स्वास्थ्य क्षेत्रमा कार्य गरिराखेको हो ?
नगरपालिकाको राम्रो उद्देश्य रहेर पनि नपाद्वारा सञ्चालित स्वास्थ्य संस्थामा सुधार्नुपर्ने पक्ष पनि छ । कतिपय स्वास्थ्यकर्मीले आफ्नो क्षेत्रको समस्या कार्यालय प्रमुखसँग राख्दा त्यसको उचित सुनुवाइ नहुने गरेको सुनिन्छ । भक्तपुर जिल्लाका विभिन्न स्थानबाट नयाँ नयाँ बिरामी दैनिकरूपमै थपिरहन्छन् । एउटा ‘सोधपुछ’ कार्यकक्ष नहुँदा धेरै नयाँ बिरामीले दुःख पाएको अवस्था छ । एक्सरे लिनुपर्ने टिकट लिने लाइनमा परेर, टिकट लिनुपर्ने मान्छे औषधि लिने लाइनमा, बीमाको टिकट लिने पैसा तिर्ने लाइनमा परेर पनि मान्छेले दुःख पाइरहेको अवस्था छ । यो सबै ‘सोधपुछ’ नहुँदाको परिणाम हो ।
पचीसौँ वर्ष चलिसकेको स्वास्थ्य संस्थामा राम्रो प्रशासन र राम्रो व्यवस्थापन देखिँदैन । ‘स्टाफ बैठक खासै हुँदैन एक कर्मचारी भने । कर्मचारीको हितमा नेतृत्वले कहिल्यै कुरा नउठाएको, व्यक्तिगत (गैसस) औषधि पसल सञ्चालन गर्न दिएको, नपा कर्मचारीलाई गैससको काममा लगाएर फाइदा लिइरहेको चर्चा भएपछि दुई वर्षदेखि दुई कोठा लिई चलाइराखेका कोठाहरू केही दिन अगाडि छोडेको चर्चा स्थानीयवासीमाझ छ । नपाले प्लाष्टिक प्रयोग गर्न नदिने निर्णय गरी झोला उत्पादन ग¥यो । तर, त्यो झोला प्रयोगमा ल्याइएन भन्ने टिप्पणी पनि स्थानीयले गरिरहेका छन् । करोडौँ खर्च गरी १०० सैय्याको ख्वप अस्पताल सञ्चालन गर्ने लक्ष्यसहित भवन निर्माण कार्य गर्दै गरेको भक्तपुर नगरपालिकाले समयमा नै यस्ता कमजोरीहरूबाट मुक्ति पाउने उपाय गर्नुपर्छ । नगरपालिकाको उद्देश्य राम्रो भए पनि कोही कर्मचारीले आफ्नो पदको दुरूपयोग गर्नसक्छ । पैसा पाउने बाटोमा अप्रत्यक्षरूपमा लाग्न सक्दछ । जनताको स्वास्थ्य सेवा पु¥याउने लक्ष्य राखी अगाडि बढिरहेको भक्तपुर नगरपालिकाले समयमा आवश्यक अध्ययन गरी उचित कदम चालेर बढीभन्दा बढी जनताको सेवा गर्न सकोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *