नेता किम जोङ उनद्वारा क्रान्तिकारी सहिदहरूको स्मारकमा माल्यार्पण
- श्रावण ११, २०८३
‘माना रोपेर मुरी फलाउने’ रोपाइँ यो वर्ष देशैभरि अघिल्ला वर्षको तुलनामा चाँडै सकियो । काठमाडौँ उपत्यकामा रोपाइँ सकिएसँगै विभिन्न सांस्कृतिक गतिविधि सुरु हुनेगर्छ । अब क्रमशः काठमाडौँ उपत्यकामा विभिन्न सांस्कृतिक बाजागाजाका धुन सुनिन थाल्नेछ । सदियौँदेखिको यो परम्पराको सिलसिला यो वर्ष पनि पक्कै जोडिने छ । तर, कोभिड–१९ को विश्वव्यापी महामारीको कारण काठमाडौँका संस्कृतिका साधक जनताले अझै केही समय परिस्थितिसँग सम्झौता गर्नुपर्नेछ । संस्कृति सभ्यताको प्रतिबिम्ब हो । सभ्य र सुसंस्कृत समाजमा मात्र संस्कृति गतिशील हुन्छ । काठमाडौँ उपत्यकामा मनाइने विभिन्न मौलिक चाड–पर्व र जात्रा यहाँको सभ्य संस्कृतिको द्योतक हो ।
कोभिड–१९ को महामारीविरुद्ध नेपाली जनताले लड्न थालेको पाँच महिना पुग्दै छ । तथापि अझै पनि महामारी नियन्त्रणमा आइसकेको छैन । त्यसकारण अझै पनि सावधानी र पूर्वतयारी जारी राख्नुपर्ने अवस्था छ । कोभिड–१९ मानिसबाट मानिसमा सर्ने सङ्क्रामक रोग भएकोले मानिसको भीडभाडबाट जोगिनु नै यो रोगबाट जोगिने सबभन्दा प्रभावकारी उपाय हो । जात्रा, चाड–पर्वमा स्वभावतः मानिसको भीडभाड हुनेगर्छ । त्यसकारण त्यस्ता भीडभाडले धेरै मानिसमा रोग सर्ने सम्भावना अत्याधिक हुन्छ । स्पेनमा फूटबल म्याचको कारण यो रोग धेरै फैलिएको थियो । फूटबल म्याचलाई जात्राकै रूपमा मनाउने स्पेनी जनताले सावधानी नअपनाउँदा महामारीले त्यहाँ भयानक रूप लियो । युरोपका अधिकांश देशमा अझै पनि समुद्री तटमा घुम्न जान, ठुलठुला भेला र जमघट गर्न निषेध गरिएको छ ।
भक्तपुरकै परिचय बनेको बिस्का जात्रा पनि नगरपालिकाले महामारीकै कारण रोकेको थियो । देवाली पूजा पनि औपचारिकतामा मात्र सीमित गरेको थियो । अझै महामारी नियन्त्रणमा आइनसकेको अवस्थामा आगामी दिनका चाड–पर्वलाई पनि त्यसरी नै भीडभाड नगरी औपचारिकतामा सीमित राख्नुपर्छ ।
जर्मनी सरकारले कोभिड–१९ अहिले नियन्त्रणमा आइसकेको भए पनि सावधानी नअपनाउने हो भने त्यहाँ तेस्रो लहरको सङ्क्रमण फेरि पनि आउनसक्ने बताएको छ । त्यसकारण जर्मन जनतालाई गर्मीयामको बिदामा लामो यात्रा नगर्न र भीडभाडमा नजान औपचारिकरूपमै आग्रह गरेको छ ।
काठमाडौँ उपत्यकामा पछिल्ला दिनमा सङ्क्रमणको सङ्ख्या क्रमशः बढिरहेको छ । त्यसकारण साउनको पहिलो सातादेखि काठमाडौँ उपत्यकालगायत देशभर सुरु हुने विभिन्न मेला र जात्रा–पर्वलाई अधिकतम सावधानीका साथ मनाउनु उपयुक्त हुन्छ । साउन महिनाको पहिलो दिनबाटै देशैभरिका मन्दिरमा पूजा गर्नेहरूको भीड लाग्ने गर्छ । तराईका विभिन्न जिल्लाबाट मानिसहरू धार्मिक यात्रामा जाने समय पनि यही हो । त्यसकारण त्यस्ता पर्व र धार्मिक गतिविधि यो वर्ष सकेसम्म नियन्त्रित र औपचारिकतामा मात्र सीमित राख्नु बुद्धिमानी हुनेछ ।
भक्तपुर नगरपालिकाले मङ्गलबार नगरको मौलिक जात्रा गथामग पर्व र सापारु पर्व औपचारिकतामा मात्र सीमित गर्न नगरवासीलाई आह्वान गरेको छ । भक्तपुरकै परिचय बनेको बिस्का जात्रा पनि नगरपालिकाले महामारीकै कारण रोकेको थियो । देवाली पूजा पनि औपचारिकतामा मात्र सीमित गरेको थियो । अझै महामारी नियन्त्रणमा आइनसकेको अवस्थामा आगामी दिनका चाड–पर्वलाई पनि त्यसरी नै भीडभाड नगरी औपचारिकतामा सीमित राख्नुपर्छ ।
आवेशबाट हुने एउटा गल्तीको कारण भविष्यमा पछुताउनुपर्ने अवस्था आउनेबारे पहिले नै सावधानी अपनाउन जरुरी छ । समग्र मानव समुदायकै निम्ति चुनौती बनेको महामारीबाट जोगिन हामी आफैँले बुद्धिमानी व्यवहार गर्नु राम्रो हुन्छ । जिद्दी गरेर पूर्वसावधान अपनाउँदा भोग्नुपर्ने क्षति अपूरणीय हुनसक्छ । स्थानीय सरकारले जिम्मेवारीपूर्वक नगरवासीसमेतको सल्लाहमा परेको निर्णय पालना गरौं । यसमा द्वेष र पूर्वाग्रहभावले होइन, समझदारी र आपसी ऐक्यबद्धताका साथ कार्यान्वयनमा जानु उपयुक्त हुनेछ ।
Leave a Reply