काठमाडौँ र ललितपुरका बुद्धिजीवी, संस्कृतिकर्मी तथा सम्पदाप्रेमीलाई भक्तपुर नगरपालिकामा स्वागत
- श्रावण ११, २०८३
भैरहवा, १ साउन । नेपाली र भारतीय नागरिकहरूले आ–आफ्नो देशमा रुपन्देहीको सुनौली नाकाबाट सहजताका साथ प्रवेश पाइरहेका छन् । कोरोना सङ्क्रमण रोकथाम गर्न भारत तथा नेपालले छुट्टाछुट्टै सीमा नाका बन्दको घोषणा गरेको थियो । लकडाउनलाई खुकुलो बनाएपछि दुवै देशले सुनौली नाकाबाट आ–आफ्ना नागरिकको प्रवेशलाई सहज बनाएको हो । तर, नेपालीलाई भारतमा र भारतीयलाई नेपालमा प्रवेश गर्न दिइएको छैन ।
भारतीय एसएसबीका जवानहरूले दशगजामा पुगेका भारतीय नागरिकलाई भारतीय रासन कार्ड वा भोटर्स कार्ड वा गोर्खा रेजिमेन्ट (भारतीय सैनिक) परिचय पत्र परीक्षण गरेरमात्र भारततर्फ प्रवेश दिइरहेको छ । नेपालका सशस्त्र प्रहरीले नेपालीहरूलाई नेपालतर्फ आउन दिइरहेको छ । नेपालतर्फ सबैको परिचयपत्र परीक्षण गर्ने गरिएको छैन । सीमामा खटिएका प्रहरी जवानहरूलाई नेपाली होइन कि भन्ने शङ्का लागेमात्रै नेपाली नागरिकता वा कागजपत्र खोज्ने गरिएको बताएका छन् । नेपालतर्फ आउने कसैको परिचयपत्र खाज्ने कसैको नखोज्ने गर्दा विभेद भएको गुनासो छ । भारततर्फ जस्तै नेपालतर्फ पनि सबैको परिचयपत्र अनिवार्यरूपमा परीक्षण गर्नु आवश्यक रहेको पर्यवक्षेकहरूको भनाइ छ ।
खुला सीमाको कारण दैनिक उपभोग्यवस्तु किनमेल गर्न, नेपालमा मजदुरी गर्न दैनिकरूपमा नेपाली र भारतीय नागरिकहरू एक अर्को देशमा विना कुनै कागजपत्र सहजताकासाथ आवतजावत गरिरहेका थिए । विश्वव्यापी महामारी कोरोना सङ्क्रमण फैलिएपछि भारतले नेपालसँग जोडिएका चार राज्यको लागि चार नाकाबाहेक सीमा बन्दको घोषणा ग¥यो । नेपालले पनि सीमा बन्द ग¥यो । जो जहाँ छ त्यही क्वारेन्टिनमा राख्नुपर्ने डब्लुएचओको मान्यताअनुसार नेपालमा रहेका भारतीयहरूलाई नेपालमै र भारतमा रहेका नेपालीहरूलाई भारतमै क्वारेन्टिनमा राख्ने समझदारी बनेको थियो । भारतले नेपालसँग समन्वय नगरी क्वारेन्टिनमा रहेका नेपालीहरूलाई पनि सुनौली नाकामा छोड्न ल्याएपछि दशगजामै अलपत्र परेका नेपालीहरूले नेपाल प्रवेश पाउन नाराबाजी गर्नुपरेको थियो ।
हिजोआज दैनिक दुई तीन सय जना नेपालीहरू सुनौली नाकाबाट नेपालमा आइरहेका छन् । समूहमा आएका नेपालीहरू आ–आफ्नो पालिकाको सिफारिसमा गन्तव्यतर्फ नै गइरहेका छन् । समूह नभएका र आफैँ गाडी बन्दोबस्त गर्न नसक्नेहरूलाई मात्र नाकामै क्वारेन्टिनमा राख्ने गरिएको बताइएको छ । सुनौली नाकादेखि तीन चार किलोमिटर पूर्व अर्को नाका भगवानपुर सानो नाकामा नेपाल भारतबीच आउजाउ पूरै ठप्प छ । लकडाउनअघि भगवानपुर नाकाबाट हुलाकी राजमार्गसम्म दैनिक ६० वटा अटो चल्थ्यो । भगवानपुर नाकामा दशगजाबाट छुटिएका दुई देशका छिमेकी नागरिकबीच सानोतिनो लेनदेन पनि दशगजामै उभिएर भइरहेको छ । दुबै देशका सुरक्षाकर्मीहरूले एक अर्को देशमा प्रवेश गर्न दिइरहेका छैनन् ।
Leave a Reply