भर्खरै :

सरकारले बेवास्ता गर्दा जनता बाढी पहिरोको मारमा

हेटौँडा, ४ साउन । नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले सरकारको बेवास्ताले बाढी पहिरोको कारण नेपाली जनताले दुःख भोग्नुपरेको बताउनुभएको छ । बाग्मती प्रदेशसभाको आइतबार बसेको विशेष समयमा उहाँले असार–साउनमा वर्षा र बाढी हुने थाहा हुँदाहुँदै पूर्वतयारी नगर्नु खेदजनक भएको बताउनुभयो ।
सांसद गोसाईले भन्नुभयो, “विषम परिस्थितिमा आवश्यक पूर्वतयारी गरोस्, धनजनको क्षति हुन नदिन हरसम्भव सम्पूर्ण उपाय गरोस्, सङ्कट पर्दा साथ पाइयोस् र जनताको जीवन रक्षा गरोस् भनेर नै जनतालाई सरकार चाहिएको हो ।”
उहाँले जनताको समस्याबारे केही नबोल्ने प्रदेश सरकारको काम के भनी प्रश्न गर्दै भन्नुभयो, “कोभिड पैmलिन्छ सरकार बोल्दैन, बाढी आउँछ बिउझिदैन, पहिरो जान्छ प्रदेश सरकार केही प्रयास गर्दैन ! अनि बर्बराउनेबाहेक बाग्मती सरकार गर्छ चाहिँ के ?”
लकडाउनको कारण शिक्षा क्षेत्र चार पाँच महिनादेखि बन्द रहेको चर्चा गर्दै उहाँले विद्यालय र शिक्षक बाँच्ने परिस्थिति बन्नुपर्ने बताउनुभयो ।
सांसद गोसाईले प्रश्न गर्नुभयो, “ठग ठेकेदार, गुन्डा, माफिया, लुटेरा, अपराधी मज्जाले हाँस्ने तर शिक्षक चाहिँ मर्दा पनि ठिक्कै हुने ¤ के कमिसन खुवाउन नसक्ने र ब्रिफकेश बुझाउन नसक्ने समुदाय भएकैले शिक्षकका समस्यामा ध्यान नदिइएको हो ? ”
खोकना र बुङ्गमतीका किसानहरूको सङ्घर्षप्रति ऐक्यबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, “किसानलाई आँसुमा डुबाएर र जनताको गाँस, बास खोसेर बनाइने भौतिक संरचना निर्माण विकास होइन, शासकको कुकर्म, अपराध र नरसंहारको स्मारक बन्नेछ । अहङ्कारी शासकहरूले हेक्का राखून् ।”
देशमा बेरूजु र भ्रष्टाचार बढिरहेको चर्चा गर्दै उहाँले राज्य स्वयम्ले ठेकेदारलाई पोस्ने काम गरिरहेको बताउनुभयो । राज्यलाई ठग्ने र ठेकेदार पोस्ने सरकारको उहाँले भत्र्सना गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *