के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
जनताप्रतिको आफ्नो दायित्व पूरा गर्न शासकहरू असफल बन्दा उनीहरू जनताको विरोध अन्यत्र मोड्न कुनै न कुनै नयाँ विषय उछाल्ने गर्छन् । जनताभन्दा आफू माथि ठान्ने संसारका जोसुकै शासकहरूले यस्तै धूर्त खेल खेल्ने गर्छन् । कोरोना भाइरस महामारीले उग्र लिइरहेको अवस्थामा संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘उहान भाइरस’ र ‘चाइना भाइरस’ को कुरा उछालेर भाइरस नियन्त्रणमा आफ्नो असफलता छोप्न खोजे । उनी कतिबेला हाइड्रोक्लोरोकुइन औषधिले नोबेल कोरोना निको हुने झूठ बोलेर त कतिबेला प्रजग कोरियासँग वार्ताको बेप्रसङ्गको कुरा गरेर नोबेल कोरोना नियन्त्रणमा आफ्नो असफलता अन्यत्र मोड्न खोजे ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कोरोना नियन्त्रणमा आफ्नो सरकार पाइला पाइलामा असफल भएपछि गलवन उपत्यकामा चीनसँगको सीमा विवादलाई उछालेर आत्मरक्षा गर्ने प्रयास गरे । नोबेल कोरोना भाइरसको प्रतिरोधमा संसारभर एकजुट हुनुपर्ने समयमा उनले चीनसँग वैमनस्यता बढाएर चिनियाँ सामान बहिष्कार भन्दै अन्धराष्ट्रवादी भावना फैलाउन खोजे ।
महाभारत दक्षिण एसियाका विशिष्ट साहित्यिक कृतिमध्ये पर्ने कृति हुन् । साहित्यिक कृतिमा लेखकको कल्पनशीलताको पनि ठुलो भूमिका हुने गर्छ । रामायण र महाभारत दक्षिण एसियामा निकै चर्चित र प्रभावशाली कृति भएको हुँदा त्यसबाट प्रभावित भएर मानिसले आफ्नो वरपरका स्थानको नामकरण गर्नु र अनेक थरी कथा र किंवदन्ती बनाउनु स्वाभाविक हो । त्यस्ता कथा र किंवदन्तीको दक्षिण एसियामा कमी नहोला । रामायणको कथाका पनि अनेकन रूप छन् ।
नेपालका प्रधानमन्त्री केपी ओली पनि यो मामिलामा कति फरक निस्केनन् । कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकार असफल भए बन्दै गएपछि उनले पनि बेप्रसङ्गका कुरा उछालेर प्राथमिकताको विषयान्तर गर्न खोजे । बाढीले तराईका नेपाली भूमि डुबानमा परेर जनता पीडित बनेको अवस्थामा ओलीले बेप्रसङ्ग राम जन्मभूमिको कुरा उछालेर विषयान्तर गर्न खोजे । रामायण र महाभारत दक्षिण एसियाका विशिष्ट साहित्यिक कृतिमध्ये पर्ने कृति हुन् । साहित्यिक कृतिमा लेखकको कल्पनशीलताको पनि ठुलो भूमिका हुने गर्छ । रामायण र महाभारत दक्षिण एसियामा निकै चर्चित र प्रभावशाली कृति भएको हुँदा त्यसबाट प्रभावित भएर मानिसले आफ्नो वरपरका स्थानको नामकरण गर्नु र अनेक थरी कथा र किंवदन्ती बनाउनु स्वाभाविक हो । त्यस्ता कथा र किंवदन्तीको दक्षिण एसियामा कमी नहोला । रामायणको कथाका पनि अनेकन रूप छन् । इन्डोनेसिया, थाइल्यान्ड, म्यानमारलगायत देश र दक्षिण भारतमा समेत रामायण र महाभारतका कथाका फरक–फरक रूप छन् । उत्तर भारतमा राक्षसको रूपमा चर्चा गरिने रावणलाई भारतकै दक्षिणी भूभागमा सकारात्मक पात्र मान्ने चलन छ । रावणलाई नायकको रूपमा बुझ्ने भारतमा धेरै आदिवासी समूह छन् ।
चतुर शासक ओलीले चुल्होमा बाढी पस्न रोक्न नसकेपछि जनता र सञ्चारमाध्यमको ध्यान अन्यत्र मोड्न राम जन्मभूमिको प्रसङ्ग उछालेका हुन् । जनताको सेवा गर्ने जनप्रतिनिधि यस्तो परिस्थितिमा सम्पूर्ण राज्यको ध्यान जनताको हितमा केन्द्रित गर्ने गर्छ । तर, जनताको सेवा गर्नभन्दा शासन गर्ने शासकहरू यसरी नै भ्रम र झूठको अनैतिक खेल खेलिरहेका हुन्छन् ।
नेपालमै पनि रामायण र महाभारतको कथासँग जोडिएका धेरै स्थानका नाम छन् । तर, ती सबै स्थानलाई नामकै आधारमा रामायण र महाभारतको वास्तविक कथासँग जोड्नु भने सही नहुन सक्छ । त्यसकारण प्रधानमन्त्री ओलीले बेप्रसङ्ग यतिबेला यो प्रश्न उठाएका छन् । प्रधानमन्त्री ओलीले भानुभक्त जयन्तीको दिनमा यो प्रसङ्ग उठाए । भानुभक्तको विषयमा चर्चित कुवाको कथा नै वास्तविक हो वा होइन भन्ने विषयमा नेपाली साहित्यमा बहस र मतभेद छन् ।
रामको जन्मभूमि अयोध्या भारत वा नेपाल वा अन्यत्र जहाँ भए पनि बाढीको कारण तराईका जिल्लाका जनताको उठिबास भएको कुरा भने सत्य हो । पहाडमा पहिरोको सन्त्रासले जनता आजित छन् । प्रधानमन्त्रीले यो समयमा रामको जन्मभूमिबारे बोल्ने हो वा जनताको चुल्होमा पसेको बाढीको समस्या समाधान गर्ने हो ।
चतुर शासक ओलीले चुल्होमा बाढी पस्न रोक्न नसकेपछि जनता र सञ्चारमाध्यमको ध्यान अन्यत्र मोड्न राम जन्मभूमिको प्रसङ्ग उछालेका हुन् । जनताको सेवा गर्ने जनप्रतिनिधि यस्तो परिस्थितिमा सम्पूर्ण राज्यको ध्यान जनताको हितमा केन्द्रित गर्ने गर्छ । तर, जनताको सेवा गर्नभन्दा शासन गर्ने शासकहरू यसरी नै भ्रम र झूठको अनैतिक खेल खेलिरहेका हुन्छन् ।
Leave a Reply