तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर ७, साउन । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले अविरल वर्षाको कारण चाँगुनारायण नपाका विभिन्न क्षेत्रमा पहिरोले पु¥याएको क्षतिको बुधबार स्थलगत अध्ययन गर्नुभयो ।
बाढी–पहिरोको अध्ययनसँगै सांसद् सुवालले रोकथामको लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय प्रमुखसँग फोन सम्पर्क गरी समाधानको निम्ति आवश्यक कदम उठाउन ध्यानाकर्षण गराउनुभयो ।
पहिरो नियन्त्रण अनुगमनमा नेमकिपा भजिसका अध्यक्ष न्हुछेभक्त फोजू, नेमकिपा ताथलीका नारायणभक्त न्हेमाफुकी, वडाध्यक्ष गणेश त्यात, कमला गिरी, कृष्णराम बासुकला, हेलबहादुर छुकां, सुडालमा केशवप्रसाद तिमिल्सेना, छालिङमा वडा सदस्य रोशन खत्री, मनोज खत्रीलगायत संलग्न हुनुभएको थियो ।
सांसद सुवालले भक्तपुर जिल्लाको नगरकोट, बागेश्वरी, छालिङ, भक्तपुर नगरलगायतमा वितरण भइरहेको खानेपानी मुहानको स्थलगत अध्ययन गर्नुभयो । खानेपानी कार्यालयका प्रमुखले खोलाको पानी धमिलो भएकोले एक हप्तादेखि वितरण रोकिएको बताउनुभयो ।
स्थानीय खानेपानी उपभोक्ताहरूले भङ्गेरीडाँडामा खेलमैदान बनाउन चाँगुनारायण नगरपालिकाको बजेटले डोजर चलाएकै कारण मुहान खोलाको पानी वर्षासँगै हिलो भएको र जनस्वास्थ्यमा प्रतिकूल असर परेको गुनासो सांसद सुवालसँग गर्नुभयो ।
सांसद सुवालले खानेपानी मुहान खोला हिलो भएको विषयबारे प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउनुभयो ।
Leave a Reply