भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, ८ साउन । भक्तपुरमा मनाइने दसैँको लागि भनपा वडा नं. ९ स्थित नवदुर्गा द्योछेँ (मन्दिर) मा बिहीबार खमेँ (राँगो) भित्र्याइएको छ । भनपा वडा नं. २ बालाखु निवासी बिजेन्द्र पुलाछेँले नवदुर्गा द्योछेँमा यस वर्ष खमेँ चढाएका हुन् । नवदुर्गा गणले जानकारी दिएअनुसार उक्त खमेँ नब्बे हजार रुपैयाँ मूल्य तिरेर काठमाडौँको गोकर्णबाट ल्याइएको हो । नवदुर्गाका पुजारी न्हुछेमाया बनमाला (नंकी) ले विधिवत पूजा गरी खमेँ भित्र्याइएको थियो । खमेँलाई हेरचाह एवम् स्याहार सुसारको लागि नवदुर्गा गणका नंकी, नाइके र देवगण खटिएका हुन्छन् । दसैँको नवमीको दिन खमेँ जात्रा गरी नवमीकै दिन ब्रह्मायणी पीठमा खमेँको वध गरी भक्तपुरमा दसैँ मनाउने गरिन्छ ।
Leave a Reply