अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
किमलाई भियतनामको बाटो पछ्याउन आग्रह
वाशिङटन अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आइतबार प्रजग कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई भियतनामको उदाहरण पछ्याउन आग्रह गरेको बताइयो ।
पोम्पेओले कुनै दिन भियतनामजस्तै प्रजग कोरियासँग पनि एउटै तहको साझेदारी बाँड्ने विश्वास व्यक्त गरेको रोयटर्सले जनायो ।
सन् १९८५ देखि भियतनामसँग अमेरिकाको व्यापार दुई दशकमा ८ हजार प्रतिशत बढेको र अर्बौँ डलर भियतनाममा लगानी भएको पोम्पेओको भनाइ रोयटर्सले जनायो ।
“यस्तो चमत्कार प्रजग कोरियाको पनि हुनसक्छ”, पोम्पेओको कुरा रोयटर्सले उद्धृत गर्यो ।
(नागरिक दैनिक, २५ असार २०७५)
तर, प्रजग कोरियाले मात्रै होइन भियतनामी जनताले पनि अमेरिकी साम्राज्यवाद कस्तो राक्षस हो भन्नेबारे दक्षिण–पूर्वी एसियाका जनतालाई थाहा छ । तेस्रो पुस्तासम्म पनि अमेरिकी आक्रमणको रासायनिक बमको विषबाट विकला· केटाकेटी जन्मँदै छन् । अमेरिकी विदेशमन्त्री पोम्पेओ एक कूटनैतिक व्यक्तिभन्दा पनि एक अशिष्ट, हुल्याहा र डाँकुजस्तो व्यक्ति हुन् भनी एसिया, अफ्रिका र ल्याटिन अमेरिकी जनता अनुभव गर्छन् ।
अभिभावक मित्रहरू, अमेरिकाको वास्तविक स्थिति खुल्दै छ । अमेरिकी स्वतन्त्रता आन्दोलनको विजय भएको झन्डै अढाइ सय वर्ष भयो । पुँजीवादी प्रजातन्त्रको नमुना सम्झिएको र ‘सपनाको देश’ सम्झिएको अमेरिका दलित र पीडित जनता अनेक आँसु र सुस्केरासँगै अपमान र भेदभावको बीचमा मरीमरी बाँचेका थिए । वास्तवमा संरा अमेरिकी जनता भित्रभित्र बिस्फोटको आगोलाई संयममा लपेटेर रगतको आँसु पिएर बाँचेका छन् ।
१२ जेठ २०७७ अर्थात् २५ मे २०२० को दिन संरा अमेरिकी उत्तरको राज्य मिनिसोटाको मिनियापोलिस नगरमा जर्ज फ्लोयड नाउँका एक अश्वेत अमेरिकी नागरिकलाई डेनेक चौभिन भन्ने एक प्रहरी अधिकृतले ८ मिनेट ४६ सेकेन्डसम्म घुँडाले घाँटी थिचेर मारे । त्यस घटनामा प्रहरी थोमस लेन, जे सलाम्सान्द्र क्युङ र ताओ चाओको पनि सहयोग थियो । यसप्रकार ती चारै जना अभियुक्तविरुद्ध मुद्दा चलेको छ ।
अश्वेतहरूमाथि हुने यातना, पक्षपात र अपमानप्रति अमेरिकी प्रशासन यन्त्र सदा असंवेदनशील रहेको इतिहास छ– २ सय वर्षभन्दा बढी समयदेखि । श्वेत अपराधीहरूमाथि मुद्दा नलाग्ने, सजाय भए पनि सार्है कम सजाय हुने र मुद्दा लामो समयसम्म झेलतान गर्दै थन्काउने र अपराधीहरू छुट्ने धेरै–धेरै घटनाहरू उल्लेख गर्दै आएका छन्– त्यस विषयप्रति संवेदनशील नागरिकहरू ।
१२ जेठ (२५ जून) मा भएको जर्ज फ्लोयडको हत्या भएको ४ दिनसम्म सरकार र प्रशासन मौन रहेको हुँदा मिनियापोलिस नगर र त्यहाँको राजधानी सेन्ट पाउलमा जनताको असन्तोष बिस्फोटको रूपमा बाहिर आयो र प्रहरी कार्यालयमा आगो लाग्यो, प्रहरी वाहनहरू र अन्य वाहनमा आगो लाग्यो । पसल र घरहरूमा आगो लाग्यो । सरकारले विरोध प्रदर्शनकारीहरूलाई दोष दियो भने जनताले स्वाभाविकरूपले एजेन्ट प्रभोकेटरहरू (उत्तेजना फैलाउने प्रहरीहरू) प्रति शङ्का गरे ।
त्यस घटनाको खिचिएको भिडियो (दृश्य चित्रहरू) को टी.भी. मा प्रदर्शन गरेपछि जनता आक्रोशित भएका थिए । त्यसको विरोध जङ्गलमा आगो लागेसरह वाशिङ्टनदेखि क्यालिफोर्निया र पश्चिमदेखि पूर्वसम्म अर्थात् ५० राज्य र सयौँ अमेरिकी सहरमा फैलिए । १९ जेठ अर्थात् १ जूनसम्ममा अश्वेत, आदिवासी, हिस्पानियाली (दक्षिण अमेरिकी प्रवासी), रङ्गीन प्रवासीहरूलाई गर्दै आएको पक्षपात, घृणा र यातनाको विरोधमा बेलायत, फ्रान्स, जर्मनी, इटाली, स्पेन, पोर्चुगल आदि युरोपका सम्पूर्ण देश र मुख्य–मुख्य नगरमा ठुल–ठुला विरोध प्रदर्शन भए ।
२८ जेठ २०७७ (१० जून २०२०) सम्ममा प्रदर्शनकारीहरूले बेलायतका पूर्वप्रधानमन्त्री चर्चिलको सालिक ढाले, मिनीसोटा राज्यको राजधानी सेन्ट पाउल नगरपालिकामा ‘अमेरिका पत्ता लगाउने’ क्रिस्टोफर कोलम्बसको सालिक ढाले ।
बेलायतको क्रिस्टोल नगरमा प्रदर्शनकारीहरूले १७ औँ शताब्दीका दास व्यापारी एडवार्ड कोलस्टोनको सालिक ढाले ।
बेल्जियमका राजा लियोपोल्ड दोस्रोको सालिकलाई ढाल्दै प्रदर्शनकारीहरुले आधा दर्जन नगरमा विरोध प्रदर्शन गरे । उनी कङ्गोमा एक करोड जनतालाई दास बनाएका हत्याराको रूपमा चर्चित थिए । जनताका आखाँमा उनी रबर, हात्तीका दाँत र अन्य प्राकृतिक स्रोतहरू आफ्नो नाफाको निम्ति एक शताब्दीभन्दा बढी समय लुटेर लाने व्यक्ति थिए ।
घटनाको भिडियो नखिचिएको र प्रसारण नभएको भए ट्रम्प प्रशासनले त्यस मुद्दालाई अरू मुद्दाजस्तै लुकाउँथ्यो भन्ने अमेरिकी जनताको मत सुनियो ।
न्युजिलायन्डको चौथो ठुलो सहरमा बेलायती जल सेनाको अफिसर क्याप्टेन जोन मिल्टनको नाममा राखिएको सो सालिकलाई पनि प्रदर्शनकारीहरूले ढाले । सन् १८६० तिर जोन मिल्टनले माओरी जातिका आदिवासी जनतालाई हत्या गरेका थिए । (द राइजि· नेपाल, ३१ जेठ २०७७)
अमेरिकी प्रजातन्त्र एक ठट्टा
२५ मे अर्थात् १२ जेठ २०७७ को दिन मेनियापोलिस र त्यहाँको राजधानी सेन्ट पाउलमा हतकडी लगाइएका जोर्ज फ्लोयडको हत्या गरिएको विरोधमा भएको जनताको आक्रोशमा भएका घटनाहरूलाई सीएनएन टी.भी. मा देखाएकोमा त्यस संस्थानका कर्मचारी, रिपोर्टर ओभार जिमेनेद र फोटो पत्रकारलाई पक्राउ गरी हतकडी लगाएर प्रहरीले घिसार्दै लगे । (१७ जेठ २०७७, राइजि· नेपाल)
न्युयोर्क टाइम्सका स्तम्भकार निकोलस क्रिस्टोभले प्रश्न गरे– जर्ज फ्लोयडको हत्याको भिडियो नखिचिएको भए के हुन्थ्यो ?(नयाँ पत्रिका, २६ जेठ २०७७) प्रस्ट छ घटना फासफुस हुन्थ्यो ।
अमेरिका, युरोप र अन्य महादेशमा भएका विरोध प्रदर्शनमा प्रदर्शनकारीहरूले ‘अश्वेतको जीवनको पनि महत्व छ’, ‘मलाई सास फेर्न गार्हो भयो’, ‘मलाई सास फेर्न देऊ’, ‘अश्वेतले पनि बाँच्न पाउनुपर्छ’, ‘संसारलाई बदल्नुपर्छ’ आदि नारा लगाए, ती नाराहरू लेखिएका पताकाहरू बोके, भित्ता–भित्तामा ती नाराहरू लेखे ।
राष्ट्रपति ट्रम्पले आन्दोलनलाई ‘द·ा’ को नाम दिए र खबरदारी गरे, “जहाँ लुटपात हुन्छ त्यहाँ गोली चल्छ ।” व्यापकरूपमा अश्रुग्यास र लाठी बर्सायो र ठाउँठाउँमा गोली हानेर प्रदर्शनकारीहरूलाई ‘राष्ट्रिय गार्ड’ नामको सेनाले मार्यो । ट्रम्पले ठाडै गोली हान्न आदेश दिए ।
राष्ट्रपतिले प्रदर्शनकारीहरूलाई ‘आतङ्कवादी, अराजकतावादी र वामपन्थी’ भन्दै सेना बोलाउने धम्की दिए । एकजना प्रदर्शनकारीले अमेरिकी सङ्घीय झन्डालाई उल्टो फहराएर आफ्नो आक्रोश पोखे । (द राइजिङ्ग नेपाल, ३० जेठ २०७७)
Leave a Reply